इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महत्वपूर्ण अग्रता कायम गरेको छ। पछिल्लो परिणामहरूले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव अझ प्रष्ट देखाएको छ।

हालसम्मको तथ्यांक अनुसार रास्वपाले ९४ स्थानमा अग्रता लिएको छ र १ स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ। अन्य प्रमुख दलहरू भने यसबेला तुलनात्मक रूपमा पछाडि देखिएका छन्।

पछिल्ला विवरणअनुसार नेपाली कांग्रेसले १ क्षेत्रमा जित निकाल्दा ११ क्षेत्रमा अग्रता बनाएको छ। नेकपा एमाले ९ स्थानमा अग्रता बनाएको छ।