All Posts By कोशी प्रेस

    Showing ३,१४१-३,१५० of १३,६५२ items.
  • झुम्का कारागारमा १४९ जना कैदीबन्दीले गरे मतदान

    इटहरी। सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ । झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् । कारागारभित्र रहेको केन्द्रमा कुल १४९ मतदाता रहेकोमा सबैले कारागार भित्रैको मतदान केन्द्रमा सहभागी थिए । कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २४३ पटक पढिएको
  • मोरङमा ५२ प्रतिशत खस्यो मत

    इटहरी । प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा करिब ५२ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१.९४ प्रतिशत मत खसेको हो।मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन्। जिल्लाभरका कुल ८८८ मतदान केन्द्र छन्। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १८३ पटक पढिएको
  • इटहरीमा मतदानको दिन सडकहरू शान्त, सवारी सञ्चालनमा पूर्ण रोक

    सृजना ठाकुर   -इटहरी । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का दिन इटहरीमा सार्वजनिक र निजी सवारीसाधनमा कडाइ गरिएको छ । फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्वाचन आयोगको निर्णय अनुरुप कडाइ गरिएको हो। नियमअनुसार केवल अत्यावश्यक सेवा सवारी र आयोगबाट पास प्राप्त सवारीलाई मात्रै आवतजावतको अनुमति दिइएको छ।आज बिहानदेखि सहरका मुख्य सडकहरू शान्त देखिए । सामान्यतया व्यस्त मानिने चोक, बजार र मुख्य सडकहरूमा पनि सवारी चाप अत्यन्त कम छ । सुरक्षाकर्मीले पास र परिचयपत्र जाँच गरी सवारीलाई अनुमति दिइरहेका छन्। निर्वाचन सुरक्षाको जिम्मेवारीका लागि सहरभर ने

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २८९ पटक पढिएको
  • ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान

    इटहरी । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फुङलिङ नगरपालिका–९, हाङ्देवास्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको हो।१०३ वर्षीया नर्वदा कार्कीलाई छोरा नेत्रप्रसाद कार्कीले पिठ्युँमा बोकेर मतदान केन्द्र पुर्‍याउनुभएको थियो। जिल्लामा बिहीबार दिउँसो २ः१० बजेसम्म ३८ हजार ५ सय ५४ मत खसेको छ। जसमा २० हजार ६२८ पुरुष र १७ हजार ८९६ महिला रहेका छन्। जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन्।ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन्। मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदा

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १९९ पटक पढिएको
  • झापामा ४१ प्रतिशत मत खस्यो

    इटहरी । झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालसम्म दुई लाख ९२ हजार ८५८ जनाले मतदान गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।झापामा उत्साहजनक रूपमा मतदाता  मतदान केन्द्रमा आएका छन् । झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २४७ पटक पढिएको
  • धनकुटामा २ बजेसम्म ३१ प्रतिशत मत खस्यो

    इटहरी । धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ३१ प्रतिशत हो । १२ बजेसम्म निकै कम मत खसे पनि त्यसपछि मतदानको दर केही बढेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।जिल्लाका एक सय १९ मतदान स्थलका १ सय ६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मतदान केन्द्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १९३ पटक पढिएको
  • भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खस्यो

    इटहरी । भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ । जिल्लाका कुल १ लाख २३ हजार ३ सय ७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १ सय ७४ पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । यो कुल मतदाता संख्याको करिब २७ प्रतिशत हो । जिल्लामा हाल १ सय ६१ मतदान केन्द्रमा मतदान जारी छ । मतदान केन्द्रहरूमा मतदान गर्न मतदातामा उत्साह देखिएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २१८ पटक पढिएको
  • सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खस्यो

    इटहरी। सङ्खुवासभा जिल्लामा जारी मतदानका क्रममा दिउँसो १ बजेसम्म २७ हजार ८३९ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो कुल मतदाताको २३ दशमलव २७ प्रतिशत हो ।कार्यालयका अनुसार खसेको मतमध्ये महिला मतदाता १२ हजार ३०५ र पुरुष मतदाता १५ हजार ५३४ रहेका छन् ।जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन् भने कतिपय केन्द्रमा मतदाताको लाम देखिएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २०४ पटक पढिएको
  • इलाममा १०७ वर्षीया वृद्धाद्वारा मतदान

    इटहरी । इलामको चुलाचुुली गाउँपालिका (६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ । आफन्तका साथ मतदान स्थल आउनु भएकी बानियाँले दिउँसो मतदान गर्नुभएको हो ।यता इलाम नगरपालिका–६ स्थित सत्यनारायण आविमा ९८ वर्षीय घनेन्द्र भट्टराईले बिहान सात बजे मतदान गर्नुभएको हो । भट्टराईद्वारानै यहाँको मतदान शुुरुवात गरिएको थियो । उता माइजोगमाई गाउँपालिका–४ को नेपाल ज्योति माविमा रहेको मतदान स्थलमा ९२ वर्षीया महेश्वर ढुङ्गानाले मतदान गर्नुभयो ।यस्तै सन्दकपुर गाउँपालिका–१ आलुुबारी स्थित चन्द्रोदय आविमा ८७ वर्षीया मित्रकुुमारी राईले मतदान गर्नुभ

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २०४ पटक पढिएको
  • गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गृह मन्त्रालयले देशभरको निर्वाचन सुरक्षा गतिविधिको केन्द्रीय रूपमा अनुगमन गरिरहेको छ।गृह मन्त्रालयका अनुसार गृहमन्त्रीको संयोजकत्वमा रहेको केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, गृह सचिवको संयोजकत्वमा रहेको केन्द्रीय कमाण्ड पोस्टका पदाधिकारी तथा प्रदेश समन्वय डेस्कमा खटिएका सहसचिव तथा विभागीय प्रमुखहरूको टोलीले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० बाट देशभरका निर्वाचन सुरक्षा गतिविधि तथा अन्तरगत निकायबाट प्राप्त प्रतिवेदनबारे जानकारी लिएका छन्।मन्त्रालयका अनुसार निर्वाचन अवधिभर शान्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]