इटहरी । भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ ।
जिल्लाका कुल १ लाख २३ हजार ३ सय ७९ मतदातामध्ये १५ हजार ७० महिला र १८ हजार १ सय ७४ पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
यो कुल मतदाता संख्याको करिब २७ प्रतिशत हो । जिल्लामा हाल १ सय ६१ मतदान केन्द्रमा मतदान जारी छ । मतदान केन्द्रहरूमा मतदान गर्न मतदातामा उत्साह देखिएको छ ।


