All Posts By कोशी प्रेस

    Showing ३,२११-३,२२० of १२,८१४ items.
  • उद्योगको उत्पादन जोगाउन विद्युत् आपूर्ति प्राथमिकता दिन उद्योग सङ्गठन मोरङको आग्रह

    इटहरी ।  उद्योग सङ्गठन मोरङले नजिकिँदै गरेको सुक्खा मौसममा उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत् आपूर्तिको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी हिउँदमा हुन सक्ने विद्युत् आपूर्तिको समस्यासँगै आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू राखेको हो । भेटका क्रममा सङ्गठनले सुक्खायाममा उद्योगमा हुन सक्ने विद्युत् कटौतीले उत्पादनमा प्रत्यक्ष असर पार्ने भन्दै

    • प्रकाशित मितिः पुस २, २०८२
    • २३३ पटक पढिएको
  • चित्रेबाट खैरो हिरोइनसहित दुई जनलाई प्रहरीले पक्राउ

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–८, स्थित चित्रेबाट खैरो हिरोइनसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ शङ्का लागि चेकजाँच गर्दा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित कोपी चोक बस्ने अन्दाजी ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका–२, स्थित हुलाक टोल बस्से अन्दाजी ३१ वर्षीय तुलसी पौडेल रहेका छन् । उनिहरुको साथबाट प्लाष्टिकमा प्याक गरेको ४३० मिलिग्राम खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार प्रहरी चौकी

    • प्रकाशित मितिः पुस २, २०८२
    • २३१ पटक पढिएको
  • कामधेनु सहकारीमा कारबाहीपछि विवाद चर्कियो, अध्यक्ष ढकालमाथि अनियमितता आरोप

    इटहरी । कोशी प्रदेशकै दुग्ध उत्पादन तथा विकासको क्षेत्रमा नमुना सहकारीको रूपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था विवादमा फसेको छ । संस्थाका अध्यक्ष यादप ढकालले मनोमानी र एकपक्षीय रुपमा संस्थाको संस्थापक सेयर सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका अध्यक्षसहित दुईजना सेयर सदस्य र संस्थामा कार्यरत एक स्थायी कर्मचारीमाथि कारबाही गरेको भन्संदै संस्था विवादमा फसेको हो । संस्थामा पछिल्लो समय  विकृति विसंगति, आर्थिक अनियमितता र संस्थाका अध्यक्ष यादप ढकालको मनोमानी भएको भन्दै संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक सेयर सदस्य कृष्णप्रसाद अधिकारी, सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्

    • प्रकाशित मितिः पुस २, २०८२
    • १६० पटक पढिएको
  • निर्माण भएर पनि चल्न सकेन हिलेको शीतभण्डार

    इटहरी ।  धनकुटाको हिलेमा उच्च क्षमताको शीतभण्डार निर्माण भएको सात वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । कृषिजन्य उत्पादन भण्डारण गरी बेमौसममा बिव्रmी गर्ने उद्देश्यसहित निर्माण गरिएको थियो । निर्माण भएर पनि सञ्चालनमा नआउँदा कृषक र उपभोक्ता दुवै निराश छन् । शीतभण्डार सञ्चालनमा नआउँदा दाताको लगानी बालुवामा पानी जस्तै भएको छ । यो शीतभण्डार करिब तीन करोड २९ लाख रुपियाँमा २०७५ सालमै  बनेको हो । यस परियोजनामा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यव्रmम र उद्योग वाणिज्य सङ्घ धनकुटा तथा नेपाल अलैँची व्यवसायी महासङ्घ धनकुटाको संयुक्त लगानी रहेको छ । अलैँची भण्डारण पहिलो प्रा

    • प्रकाशित मितिः पुस २, २०८२
    • १८३ पटक पढिएको
  • बराहक्षेत्र–११ मा बाललैङ्गिक, अपाङ्गमैत्री आधुनिक शौचालय निर्माण सम्पन्न

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ JFPR प्रयोजनाअन्तर्गत बाललैङ्गिक, अपाङ्गमैत्री तथा आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य सम्पन्न भएको छ । सार्वजनिक शैचालय निर्माण कार्य सम्पन्न भएको  नगर प्रमुख रमेश कार्की  साथमा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , स्थानिय जनप्रतिनिधि , प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई , वडा अध्यक्ष कृष्ण कुमार महतोसहित अन्य जनप्रतिनिधिहरूले अनुगमन गरेका छन्। शौचालय परियोजना विशेषगरी बालबालिका, दिव्याङ्ग र सर्वसाधारणलाई लक्षित गरी सहज, सुरक्षित र स्वच्छ शौच सुविधा उपलब्ध गर

    • प्रकाशित मितिः पुस २, २०८२
    • ३६५ पटक पढिएको
  • तरहरा गोल्डकप पुस ५ देखि तरहराको बहुभाषी खेलमैदानमा हुने

    इटहरी | योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यहीँ पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलबार तरहरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन लिम्बुले बताउनु भयो । गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुट

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३१८ पटक पढिएको
  • द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को उपाधि वन क्रू ओडिशालाई

    सुनसरी | स्पिन्स डान्स स्कुलद्धारा आयोजित द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को उपाधि वन क्रू ओडिशाले जितेको छ । सोमबार राती मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा सुन्दरहरैचा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न ग्रान्ड फिनालेमा उपाधि वन क्रू ओडिशाले जितेको हो। उपाधि जितेसंगै वन क्रू ओडिशाले ८० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ । यस्तै दोश्रो स्थान हासिल गर्दै बुटवलका साजन गुरुङले नगद ५० हजार र मुम्बईका किशन आउजीले तेश्रो स्थान हासिल गर्दै नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको स्पिन्स डान्स स्कुलका डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी

    • प्रकाशित मितिः पुस १, २०८२
    • २९७ पटक पढिएको
  • सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

    इटहरी ।  झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फ०ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो । गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८

    • प्रकाशित मितिः पुस १, २०८२
    • २९५ पटक पढिएको
  • स्टिकर अभियान रोकिँदा पर्यटकलाई सास्ती‘कोशी पर्यटन वर्ष २०८२’ लक्षित सुरक्षा जाँच स्टिकर अभियान तीन महिनामै रोकियो

    इटहरी । कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ । भारतीय पर्यटकको सहजताका लागि भन्दै गत वैशाख १ देखि सुरु गरिएको अभियान सुरुमा बजेट अभावको कारण स्टिकर छपाइ नहुँदा बन्द भएको भनिएको थियो तर गत वर्ष छापिएको स्टिकर थोरै मात्र खप

    • प्रकाशित मितिः पुस १, २०८२
    • २४० पटक पढिएको
  • स्थानीय पहल, श्रम र सहयोगमा भोजपुरको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण

    इटहरी। स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो । हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर न

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]