इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ मनाइएको छ । शुक्रबार ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नगरकी जेष्ठ स्वयंसेविका सरस्वती खनाललाई लामो समयदेखि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ७० हजार नगद तथा दोसल्ला प्रदान गरी सम्मान सहित विदाई गरिएको थियो । स्वयंसेविका खनालले २०४७ सालदेखि पथरी शनिश्चरेमा स्वयंसेविका भएर निरन्तर सेवा प्रदान गर्दै आउनुभएको थियो । स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आय व्यय विवरण सार्वजनिक भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा रहेको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका लागि भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा क्लबका सचिव केशर थुलुङले प्रतियोगिताको लागि कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको, ४२ लाख ३६ हजार २ सय खर्च भएको र क्लबको खातामा ३ लाख ३ हजार ९५० रुपैयाँ वचत रहेको जानकारी दिनुभयो । सो खुल्ला नकआउट फुटबल प्रतियोगिता गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म&n
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ स्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हसिना सिमसारमा हसिनापार्क टुरीजम होटल एण्ड हसिना खाजा घर संचालनमा आएको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु–सम्पन्न भएको टुरीजम होटल एण्ड हसिना खाजा घर स्वेदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको होटलका संचालक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो । बिशेष गरी हसिना सिमसार घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढीरहेको र यस ठाउँमा सुविधा सम्पन्न होटल नभएकाले घुम्न आ
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले खेलेको सक्रिय भूमिकाको कदर स्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो । नागरिकस्तरमा महिला स्वयम सेविकाहरुले पु¥याएको कदरसँगै मनोवल उच्च बनाउने लक्ष्यले नौ वटै वडाका स्वयमसेविकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो। स्वयमसेविकाहरूले परिवार नियोजन, मातृ स्वास्थ्य, खोप अभियान, पोषण सुधार तथा स्वास्थ्य सचेतनामा देखाएको सक्रियता महत्वपूर्ण रहेक
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्र्नुुभएको हो । शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख
इटहरी । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित एक पोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । आज (शनिबार) बिहान करिब ८ बजे स्थानीयले पोखरीमा करिब ४५–५० वर्षको महिला डुबेको अवस्थामा देखेपछि घटना सम्बन्धी जानकारी प्रहरी चौकी मझारेमा दिएका थिए। सूचना पाएपछि प्रहरी चौकी मझारेका प्रहरी साहयक निरीक्षक शेखर कार्कीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। थप प्राविधिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन मोरङ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया अघि बढाइरहेका बेला मृतकको परिचय खुलेको छ।
इटहरी। ओखलढुंगाको ढेबुवाका स–साना विद्यार्थी ‘रबरबोट’को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुंगे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुवाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् । गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थी छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थी लामो समय पढाइबाट वञ्चित
इटहरी। जनस्तरसम्म स्वास्थ्य सेवा पु(याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पु(याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वा
इटहरी । झापाको शिवसताक्षीमा मध्यराति श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ११ झिलझिलेमा शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले ३३ वर्षीय श्रीमान टंकबहादुर सुब्बामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बाम्फोक प्रहारबाट टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको र बिएण्डसी अस्पता बिर्तामोडमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घटनामा संलग्न श्रीमति कमल
इटहरी । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने फाइनल खेलमा मेरिङदेन र फुङलिङ आमने सामने हुने भएको हो । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मेरिङदेन फाइनलमा प्रवेश गरेको हो । यस्तै फुङलिङले बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.