इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नरसिंहमा ठुलो संङख्यामा  महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस भोक्राह नरसिंह गाउँ कार्यसमितिले पार्टी प्रवेश कार्यक्रमलाइ अभियानको रुपमा आयोजना गरि राखेको छ । सोही अभियान अन्तर्गत विभिन्न पार्टीमा आबद्ध तथा स्वतन्त्र नागरिकहरुको ठुलो संङ्याको समुहनै कांग्रेसमा प्रबेश गरि रहेको र यसले मदेशमा नेपाली कांग्रेस प्रति बिश्वास , भरोसा बढ्न थालेको संन्देश गएको नेपाली कांग्रेसका भोक्राह नरसिंह गाउँ कार्य समितिका सभापति युवराज दाहालले बताउनुभयो ।

मङ्गलवार भोक्राह नरसिंह गाउँपालिका–६ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा २०७९ सालको सम्पन्न स्थानीय तह निर्वाचनमा  नेकपा एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार बन्नुभएकी सविता देवी मेहता नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । मेहतासंगै नेकपा एमाले, जनमत सहित विभिन्न पार्टी परित्याग गरि भोक्राह नर्सिङ्ग वडा नं ६ मा २ सय भन्दा बढिको संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेस गरेको नेपाली कांग्रेसका भोक्राह नर्सिङ्ग गाउँ सभापति युवराज दाहालले बताउनुभयो ।

त्यस्तै मङलवारनै भोक्राह नर्सिङ्ग गाउँपालिका  वडा नं ७ का गत स्थानिय तहको निर्वाचनमा जनमत पार्टीबाट वडाध्यक्षको उम्मेवार भएर उपबिजेता बन्नुभएका चन्दन कुमार मण्डलको नेतृत्वमा १ सय ८० भन्दा बढिको संङ्यामा नेपाली कांग्रेस प्रबेश गरेका छन् ।

वडाको मण्डल टोलमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीबाट वडाध्यक्षको उम्मेवार भएर उपबिजेता बनेका चन्दन कुमार मण्डल सहितको टोलीलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की ,  समानुपातिक उम्मेद्वार जमिल अख्तर आजात , कोशी प्रदेस सरकारका पर्यटन , वन तथा वातावरण मन्त्री हाजि इस्राईल मन्सुरी, पुर्व प्रदेश मन्त्री तथा प्रदेस सभा सदस्य सदान्नद मण्डल लगायत नेपाली कांग्रेसका नेताहरुले अवीर , माला , खादा लगाएर पार्टीमा स्वागत गरेको सभापति दाहालले बताउनुभयो ।