इटहरी । धनकुटाको महालक्ष्मी र छथर जोरपाटी क्षेत्रका किसानको कृषि उपज बजारसम्म पु¥याउन सहज बनाउने उद्देश्यले सिधुवा–जितपुर सडक कालोपत्रे गर्ने काम औपचारिक रूपमा सुरु भएको छ।
महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने यस रणनीतिक सडकको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । धनकुटा दूध र बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध मानिन्छ। तर पक्की सडकको अभावमा विशेषगरी वर्षायाममा किसानले उत्पादन समयमै बजार पु¥याउन नपाउँदा दूध र तरकारी बाटोमै बिग्रिने तथा ढुवानीमा ठूलो सास्ती खेप्दै आएका थिए।
सडक कालोपत्रे भएपछि यो समस्या समाधान हुने विश्वास लिइएको छ। पूर्वाधार विकास कार्यालय धनकुटाका अनुसार पहिलो चरणमा सिधुवा बजारदेखि जितपुरतर्फ चार किलोमिटर सडक अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्रे गरिनेछ। कुल १९ करोड ९९ लाख ९९ हजार रुपैयाँ लागत अनुमान गरिएको यो योजनाको निर्माण ठेक्का ११ करोड ९ लाख २५ हजार रुपैयाँमा याशुकीर भानुमती जेभीले पाएको छ। साढे पाँच मिटर चौडा रहने यस सडकमा नाली, कल्भर्ट, कजवे र पर्खाल निर्माणसमेत समावेश छ । २०८५ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले स्थानीय अर्थतन्त्र, कृषि बजार तथा पर्यटकीय क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


