All Posts By कोशी प्रेस

    Showing ३,५५१-३,५६० of १२,८६८ items.
  • श्यामशिलामा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता

    इटहरी ।   पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ । पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताउनुभयो । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उहाँको भनाइ छ । यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • २२५ पटक पढिएको
  • कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक

    इटहरी । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर यही मङ्सर १३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । भानु जन माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मङ्सिर १३ गते सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिच प्रतिस्पर्धा हुने चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो खेलमा १४ गते पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिका विच प्रतिस्पर्धा हुने छ । यस्तै, मङ्सिर १५ गते फुङलिङ नगरपालिका र

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • २०९ पटक पढिएको
  • देखावटी खुशी!

    रेडियोकर्मी दिपेन्द्र खनिया जि को मृत्यु पछि आत्महत्या को चर्चा देखे, केहि दिन अघि नितु बैनीले आगो लगाईन आफैलाई, कसैको आत्महत्या हुन्छ अनी पटक पटक किन गरीन्छ आत्महत्या ? भन्ने प्रश्न तेर्सिन्छ, हिजो राती निकै खुल्दुली भयो र एक जना साथी संग सोधे पनि " किन रहेछ है? केहि सुसाईड नोट, लेटर हरु? " थाहा भएन भन्ने उत्तर थियो । आफैलाई मार्नुको कारणहरु बुझ्छु र अवाक् हुन्छु । माँया सहानुभूति को ओइरो ! बाफरे! !  त्यहि सहानुभूति बाचेको बेलामा सास फेर्न गार्हो हुदाँ साथ देओ समाज, संसार ।मान्छे जिउदो हुदाँ बाच्न गार्हो हुदाँ साथ नदिने, संकटमा परेको जानकारी भएछि नजिक मा साथीहरु आफन्त टाढिने समाज छ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ३६२ पटक पढिएको
  • चौधरी फाउण्डेसनका निर्वाण चौधरीले गढीको बर्थिङ सेन्टरलाई दिए महँगा उपकरण

    इटहरी/ ग्रामीण भेगका आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै र ‘सुरक्षित मातृत्व’ को नारालाई सार्थक बनाउने उद्देश्यले चौधरी फाउण्डेशनले सुनसरीमा एक प्रशंसनीय कदम चालेको छ । फाउण्डेशनले सुनसरीको गढी गाउँपालिकास्थित एक स्वास्थ्य संस्थालाई अत्यावश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउँदै स्थानीय स्वास्थ्य सेवामा नयाँ आयाम थपेको हो ।गढी गाउँपालिका–२, सत्तेरझोरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक महँगा र आधुनिक उपकरणहरू हस्तान्तरण गर्नुभयो

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • २६४ पटक पढिएको
  • बराहक्षेत्र–१० प्रकासपुर स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे सहितको सक्रिय क्षयरोग खोजपड्ताल

    सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकासपुर स्वास्थ्य चौकीमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै डिजिटल एक्स–रे मेसिनमार्फत छाती परीक्षण (Digital X-Ray with AI Screening Camp) सहितको सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको छ।यस स्वास्थ्य शिविरबाट स्थानीय स्तरमा उल्लेखनीय संख्यामा नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा नवीनतम प्रविधिसहितको एक्स–रे परीक्षणबाट प्रारम्भिक चरणमै क्षयरोग पत्ता लगाउन मद्दत पुर्‍याएको स्वास्थ्य शाखाले जनाएको छ।कार्यक्रम बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा त

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ५२५ पटक पढिएको
  • खोटाङमा बुवाखोला पुल समयअगावै सम्पन्न

    इटहरी ।  खोटाङको वराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल गत वर्ष मङ्सिर ६ गते शिलान्यास भयो । जिल्लाका नागरिकले सोचिरहेका थिए, शिलान्यास भएर अलपत्र पर्नेमा अर्को एउटा पुल थपियोे । किनकी खोटाङमा विकासको चिनारी त्यसरी नै भएका छन्, सडक र पुलहरु शिलान्यास हुने तर अलपत्र पर्ने । खोटाङको विकासको खराब इतिहासलाई तोड्दै बुवाखोला पक्की पुलले नयाँ इतिहास रचेको छ । शिलान्यास भएको एक वर्षमा १ सय ४८ मिटर लामो पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो। बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान जोड्ने उक्त पुल निर्माणका लागि २०८१ साल वैशाख ३०

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ४४१ पटक पढिएको
  • स्थानीय भत्ता नपाएको भन्दै शिक्षक महासङ्घद्वारा फिदिममा ध्यानाकर्षण

    इटहरी । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् । फिदिम नगरपालिकामा महासङ्घका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण बुझाइएको महासङ्घले जनाएको छ । महासंघले आर्थिक कार्य

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ३४८ पटक पढिएको
  • दाउरा विवादमा कान काटिँदा एक जना गम्भीर घाइते

    इटहरी । सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा काट्ने विषयलाई लिएर झडप भएको छ। सोमबार दाउरा सगोलमा काटेका स्थानीय आयुष विश्वकर्मा र दिपु परिवारबीच दाउरा बिक्रीको विषयमा विवाद चर्किएपछि झडप भएको हो। बटुलेर राखिएको दाउरा आयुषले तीन भारी दाउरा दिपुलाई जानकारी नदिएर बेचेपछि झडप भएको जनाइएको छ। झडपमा दिपुले धारिलो हतियार प्रयोग गरी आयुषको बायाँ कान काटेको प्रहरीले जनाएको छ।  कान काटिएका आयुष गम्भीर घाइते भएका छन्। उनको बायाँ कान तर्फको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट घोपाका प्रमुख प्रहरी नायव निरीक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २६५ पटक पढिएको
  • तेम्बा बजार आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग

    इटहरी । ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागीपीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आगलागीपीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोस्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागीपीडितलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ । मिक्वाखोल

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २५६ पटक पढिएको
  • पौवादुङमाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान

    इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो । यहाँ पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उहाँको भनाइ छ । यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिकामा ठूला–साना विभिन्न खानेपानी योजना सञ्

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • २३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]