All Posts By कोशी प्रेस

    Showing ३,५८१-३,५९० of १२,८५७ items.
  • अस्थायी–करार कर्मचारी हटाउन अस्वीकार, धनकुटाका पाँच पालिकामाथि अवज्ञाको आरोप

    इटहरी । सङ्घीय सरकारले स्थानीय तहहरुलाई अस्थायी र करार सेवाका कर्मचारी हटाउन निर्देशन गरेको थियो ।  सङ्घीय सरकारले दिएको उक्त निर्देशन धनकुटाका पाँच स्थानीय तहले आजका दिनसम्म पनि कार्यान्वयनमा ल्याएका छैन । सरकारले दिएको निर्देशन धनकुटाका पालिकाले अवज्ञा गरिरहेको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा राजनीति आडमा गरिएको अनावश्यक कर्मचारी हटाउन निर्देशन दिएको थियो । तर धनकुटाका ५ वटा पालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउन आनाकानी गरिरहेका छन् । गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ८ ग

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ३३६ पटक पढिएको
  • धनकुटाको पाख्रिवासमा माइक्रो दुर्घटना, एकको मृत्यु, १४ घाइते

    इटहरी ।  धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ । उहाँको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट खाँदबारीतर्फ आउँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पानीको हाइस माइक्रो अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाख्रिबासका प्रवक्त नारायणप्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली पुगेर

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २४८ पटक पढिएको
  • सिद्धकाली शक्तिपीठ , धार्मिक पर्यटनको आकर्षणमा बढ्दो चहलपहल

    इटहरी ।  भोजपुरको  प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ । स्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् । सिद्धकालीको दर्शन गरेमा रोगव्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ । शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधा

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २१२ पटक पढिएको
  • झापा कारागारका एक जना कैदीको मृत्यु

    इटहरी ।  जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • १७९ पटक पढिएको
  • खैरो हिरोइनसहित एक पक्राउ

    इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरञ्जीवी खण्डाको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा तीन वटा प्लास्टिकका पोकामा ३१० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की धनकुटा नगरपालिका –१ स्थित त्रिसुलेस्थित अस्पताल प्लान्टमा काम गर्ने कामदार गर्ने रहेको खुलेको छ । लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उह

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २७४ पटक पढिएको
  • अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप मंसिर १५ गतेदेखि सुरु हुने

    मोरङ | मोरङको  सुन्दरहरैचा गछियामा गछिया युवा समाजको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण ANNE प्रथम गछिया गोल्डकप–२०८२ मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। कुल ८ टिमको सहभागितामा हुने प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकहरूले बताएका छन्।“लागुऔषधले लिन्छ ज्यान, गछिया समाजको आह्वान— स्वस्थ रहन खेलमा ध्यान” भन्ने मुख्य नाराका साथ सुरु गर्न लागिएको यो प्रतियोगिताबाट समाजमा सकारात्मक ऊर्जा फैलाउने, युवाहरूलाई अनुशासन तथा स्वास्थ्यप्रति सचेत बनाउने र स्थानीय प्रतिभालाई मंच प्रदान गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका संयोजक प्रलाद थोप्रा लिम्बुले जानका

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३५३ पटक पढिएको
  • ताप्लेजुङमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट दुई सय ६ जनाको फर्कियो गुमेको ज्योति

    इटहरी । ताप्लेजुङमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका हुन् । शिविरमा २ सय ६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर मार्फत १ हजार ६ सय बढीले परीक्षण तथा उपचार सेवा पाएका छन् । ति मध्ये २ सय ६ जनाको मोतियाबिन्दुको र ३ जनाको साधारण शल्यक्रिया गरिएको छ । विश्व विख्यात नेत्र विशेषज्ञ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २५३ पटक पढिएको
  • झापाको दमकबाट लुटिएको हतियार पाँचथरको ओडारमा फेला

    इटहरी । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान बन्दुक सहित गोली प्रहरीले बरामद गरेको छ । झापाको दमकमा हतियार लुटेर पाँचथरको मिक्लाजुङको एक ओडारमा लुकाईएको अवस्थामा बन्दुक सहित त्यसमा लाग्ने केही गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाँचथरको मिक्लाजुङ(३ आरुबोटेमा रहेको ओडारबाट प्रहरीले म्यागेजिनसहितको ३०३ मार्क(३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र ह्यान्ड(ग्रिप, इन्सासको एक थान जंगी राउण्ड, र एसएलआरका तीन थान जंगी राउण्ड बरामद गरेको हो । प्रहरी कार्यालय आगजनी र लुट

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • १९३ पटक पढिएको
  • तोडफोड, आगजनीमा संलग्न २९ जना पक्राउ

    इटहरी। जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बिर्तामोड र दमक क्षेत्रमा प्रहरीले यस प्रकारको घटनामा संलग्नको निगरानी र नियन्त्रण कार्य तिब्र बनाएको प्रहरी श्रोतको भनाइ छ । यस क्रममा प्रहरीले लुटिएका हतियार तथा गोलीहरू पनि नियण्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अस्थायी प्रहरी चौकी गरामनीमा गरिएको तोडफोड तथा आगजनीमा संलग्न गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र मुसहरडाँडाका १९ वर्षीय सेशेहाङ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २२२ पटक पढिएको
  • भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

    इटहरी ।  भोजपुरका किसान यो समयमा कोदो थन्क्याउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यावसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ । पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापाले बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, को

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • २८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]