All Posts By कोशी प्रेस

    Showing ३,७५१-३,७६० of १२,८६० items.
  • फिदिम नगरपालिकाको संयोजनमा SEE तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु

    फिदिम / फिदिम नगरपालिकाको संयोजन र घुन्सा फाउन्डेसनको सहयोगमा एसईई (SEE) तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु गरिएको छ।यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी स्तरको शिक्षा अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु रहेको छ। नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूले निःशुल्क अनलाइन कक्षा, इन्टरनेटमा आधारित अध्ययन सामग्री र प्रत्यक्ष सिकाइका माध्यमबाट एसईई परीक्षाको तयारी गर्न सक्ने व्यवस्था गरिएको छ।कार्यक्रमको शुभारम्भ गर्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले भन्नुभयो “शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ। प्राविधिक युगमा पछाडि परेका विद्यार्थ

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ५०१ पटक पढिएको
  • ‘राष्ट्रिय मावि आइडल’ मा सेमिफाइनलका लागि २७ जना विद्यार्थी छनोट

    इटहरी । शिक्षाको काम सिकारु वा बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनु हो । प्रतिभाको पहिचान गरि प्रस्फुटन गराउने काम शिक्षकको हो । यसै क्रममा इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता चलिरहेको छ ।  गायन, नृत्य, साहित्य लगायतका विधामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने दृढताका साथ चलिरहेको आइडल प्रतिस्पर्धाको मंगलबार भएको क्वाटरफाइनलको सेलेक्सन चरणमा २७ जना विद्यार्थी छनोट भएका छन् । गायनमा १७ जना मध्ये ११ जना छानिएका छन् । यस्तै, नृ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ५०१ पटक पढिएको
  • धरानमा लागूऔषध र नगदसहित तीन जना पक्राउ

    इटहरी । धरानमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको भन्दै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५, निराजन बस्ती, झण्डा पार्कस्थित लक्ष्मण परियारको घरमा छापा मारेको थियो । प्रहरीले घरमा खानतलासी गर्दा ट्रमाडोल २१० क्याप्सुल र नगद एक लाख तीन हजार बरामद पारेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान १५ निवासी २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई र १९ वर्षीय सन्देश गुरुङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३४६ पटक पढिएको
  • बीपी प्रतिष्ठानले बाह्य चिकित्सकको सिफारिसमा पनि प्रयोगशाला तथा रेडियोलोजिकल सेवा उपलब्ध गराउने

    इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य चिकित्सकको सिफारिसका आधारमासमेत आफ्नो प्रयोगशाला तथा रेडियोलोजिकल जाँच सेवा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ। प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार, बिरामीले सामान्य बाह्य बिरामी विभागमा उपस्थित भई आवश्यक कागजात र निर्देशन प्राप्त गरेपछि सम्बन्धित काउण्टरमा बिलिङ प्रक्रिया पूरा गरी केन्द्रीय प्रयोगशाला र रेडियोलोजी विभागमा जाँच गराउन सक्ने छन्। प्रतिष्ठानका अस्पताल निर्देशक डा। जगत नारायण प्रसादका अनुसार यो सुविधा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम तथा अन्य नेपाल सरकारका सहयोगमा सञ्चालित कार्यक्रमहरूका बिरामीका लागि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३५३ पटक पढिएको
  • मोन्था चक्रवातबाट कोशी प्रदेशमा दुई अर्ब पाँच करोडको धान र तरकारी बाली नोक्सान

    इटहरी । मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो । निर्देशनालयका अनुसार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७।२६ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले दिएको जानकारी अनुसार समग्रमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार ७९० रुपियाँ बराबरको क्षति भएको छ । तथ्य

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३३७ पटक पढिएको
  • कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको विचार “साहित्य र सिर्जना बन्दै इटहरी”

    एपेक राष्ट्रिय काव्यमहोत्सव तथा काव्यचित्र सिर्जना शिविर–२०८२ को आयोजनाको जिम्मेवारी पाउँदा मैले एउटा सपना देखेँ—साहित्य, कला र सिर्जनाको संगमस्थल इटहरीमा एउटा एतिहासिक क्षण सृजना गर्ने सपना।शुरुमा असोज ४ गतेका लागि तय गरिएको कार्यक्रम पछि कार्तिक १५ गते सारियो। म कार्तिक १ गते नै काठमाडौंबाट इटहरी आइपुगेँ—हल बुकिङदेखि खानपान, साउन्ड सिस्टम, ब्यानर, मिडिया पार्टनर, फोटोग्राफी–भिडियोग्राफीसम्म सबै व्यवस्थापन पूरा भयो।कार्तिक १३ गते एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ र कार्यकारी निर्देशक आउनुभयो। कार्तिक १४ गते वरिष्ठ साहित्यकार उषा शेरचन इटहरी आइपुग्नुभयो। त्यतिबेला मलाई लाग्यो—अब यो कार्यक

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ५३७ पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण

    इटहरी। सशस्त्र प्रहरीले ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा र ओलाङ्चुङगोला बिओपी बोर्डर आउट पोस्टको टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो। कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो। ओलाङ्चुङगोलास्थित चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमा क्षेत्र सशस्त्र प्रहरीले निरीक्षण गस्ती गरेको हो। यही कात्तिक ११ देखि १६ गतेसम्म सीमा क्षेत्रको निरीक्षण गरेर सशस्त्र प्रहरी टोली सदरमुकाम फुङ्लिङ फर्फिएको सप्रनाउ पाठकले जान

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • २२८ पटक पढिएको
  • झुम्का कारागारबाट भागेका पाँच सय ७२ कैदीबन्दी अझै सम्पर्कविहीन

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भएपनि अझै पाँच सयभन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् । भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबिच झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठुलो सङ्ख्यामा पुनः कारागार फर्किएका कारगार प्रशासनले जनाएको छ । कारागारका प्रमुख जेलर सुवास लामिछानेका अनुसार हालसम्म एक हजार २५९ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन् । तर, कार्तिक १८ गतेसम्म अझै पाँच सय ७२ जना फरार रहेका छन् । फरारमध्ये  ४९ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ । झुम्का कारागारबाट फरार रहेका ६१ भारतीय कैदीमध्ये केवल १२

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ३३३ पटक पढिएको
  • श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग : स्वास्थ्य शिविरबाट १ हजार बढि लाभान्वित 

    इटहरी । कोशी प्रदेशको इटहरी–२ आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापनासंगै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले आयाेजना गरेकाे श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम अन्तरगत स्वास्थ्य शिविरबाट हाल सम्म १ हजार बढिले निशुल्क सेवा लिएका छन । गत १४ गते देखि जारी श्रीमद्भागवतकाे पाचाै दिन सम्म आइपुग्दा १ हजार भन्दा बढिले शिविरबाट निशुल्क स्वास्थ्य परामर्स ,तथा बिभिन्न राेगकाे चेकजाच गराएका हुन । सत्सङ स्थलमा इटहरी आइडल ग्रुपले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाे छ । उक्त शिविरमा प्रेसर , सुगर , मुटु ,पेट एवम बिभिन् राेगहरूकाे निशुल्क परामर्स , चेकजाच र केहि अाैषधीहरू पनि प्रदान गरिदै आएक

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • १८२ पटक पढिएको
  • भानु जन माविलाई पूर्वविद्यार्थीबाट साढे पाँच लाखको अक्षयकोष हस्तान्तरण

    इटहरी ।  ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे पाँच लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । बि.स. २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विद्यालयको जेहेनदार विद्यार्थीको प्रगतिका लागि स्थापित अक्षयकोषमा सोमबार पाँच लाख ५२ हजार ६८१ रुपियाँ हस्तान्तरण भएको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक राई र विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष भक्तबहादुर येङदेनलाई भानु जन माविबाट २०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका विद

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ३२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]