इटहरी । तिहार अन्तर्गत भाइटिका नजिकिदै जाँदा उपत्यका छाड्ने यात्रुहरुको संख्या बढेको छ । उपत्यकाका बिभिन्न नाकाका साथै बसपार्कहरुमा यात्रुहरुको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहान सम्ममा करिव ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उपत्यका बाहिरने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरुको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिदा ४० हजार ४ सय ८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष नेपालले सञ्चारकर्मी संग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । उहाले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेत
इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताउनुभएको छ । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रिया सम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेट अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिनुभयो । छलफलका क्रममा जेनजी आन्दोलनका घ
इटहरी | आगामी कार्तिक १० र ११ गते मनाइने हिन्दुहरूको महान पर्व छैठ (बैठ पर्व)को तयारी इटहरीमा पुरा भएको छ। छैठ पर्व सेवा समिति, इटहरीले पत्रकार सम्मेलनमार्फत पर्वको तयारी र कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरेको हो।समितिका अनुसार इटहरीको बुढीगंगा जमुना मुक्तिधाममा यो पर्व निरन्तर ३५ वर्षदेखि मनाइँदै आएको छ र यस वर्ष ३६ औं वर्षमा प्रवेश गरेको छ। देशको विषम परिस्थितिमा समेत समितिले धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न गर्दै आएको उल्लेख गर्दै यस वर्ष पनि भव्य, सभ्य र सुरक्षित रूपमा पर्व मनाउने तयारी भएको जानकारी दिइएको छ।समितिका सचिव मुकेश कुमार चौधरीका अनुसार यस वर्ष करिब २ लाखभन्दा बढी व्रता
सुनसरी - सुनसरीको वराहक्षेत्र-५ स्थित एक विद्यालयको माइन्युट च्यातेको आरोपमा पक्राउ परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अदालतले धरौटीमा छाडेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ (१) २ ७२ बमोजिम मुद्दा पुर्पक्षको लागि सुनसरी जिल्ला अदालतले २५ हजार धरौट माग गरेको हो । न्यायाधीश चन्द्रमणि चापागाईंको एकल इजलासद्वारा जारी आदेश पर्चामा विव्यस अध्यक्ष प्रतिवादी पुष्कल पराजुलीलाई प्रमाणका आधारमा निर्दोष भनी मान्न मिल्ने नदेखिएको उल्लेख छ । बयानका क्रममा पराजुलीले 'माइन्युट समाउन खोज्दा सोरिएर दुई पाना च्यातिन पुगेको मात्र थियो' भन्ने बयान दिएको साथै माइन्युटसहित
इटहरी । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आउनुभएको छ । अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ । धरानका सडकहरू अहिले तिहारको रौनकले चम्
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ का एक युवा हतियारसहित भारतमा पक्राउ परेका छन् । देवानगञ्ज ७ राजगञ्ज सिनुवारीका २५ वर्षीय गणेश मेहतालाई नेपाल भारतको फुलकाह बजार सिमा क्षेत्रबाट पेस्तोल र ब्राउन सुगरसहित भारतीय प्रहरी र सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरेका हुन् ।मेहताको साथबाट एक थान पेस्तोल र १३.५५ ग्राम ब्राउन सुग फेला परेको जनाएको छ । भारतीय एसएसबी कैंपको प्रभारी सहायक सेना नायक राणा कुमारको निर्देशनमा अपर थाना प्रभारी गुलशन कुमारको नेतृत्वमा पक्राउ गरेको थियो । पक्राउ परेका मेहताविरूद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको एसएसबी कैंपको सहायक सेना नायक र
इटहरी । आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ र०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिबृद्धि करबाफत ३१ करोड नौ लाख २४ हजार अन्तःशुल्क बाफत १८ करोड ६९ लाख ५२ हजार रुपायाँ राजश्व सङ्कलन गरेको छ । गत आव २०८१र०८२ को पहिलो
भोजपुर — पछिल्ला वर्षहरूमा बाँदरको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यहाँका किसानहरू समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिपिने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानहरूले बताएका छन् ।बाँदरको हुलले बगैँचामा आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने मात्र होइन, कतिपय बोट भाँचेर समेत नोक्सान पुर्याउने गरेको स्थानीयहरूको गुनासो छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार, “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ । तर्साउन ढुंगा हाने पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप पारिदिन्छ,” उनले भने ।ज
इटहरी । बराहक्षेत्र १० प्रकाशपुरमा आयोजना गरिएको प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिताको उपाधी आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लबले हात पार्न सफल भएको छ । फाइनल खेल “ जनता भेट्रान्स फुटबललाई २–० गोल अन्तरले हराउदै प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेको हो । दुबै टिम जितको अभिलाषा लिएर मौदानमा उत्रेकाले खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । खेलमा जनता भेट्रान्स फुटबल क्लबले पटक पटक पाएको अवसर गुमाउन पुगेपछि उपबिजेतामा चित्त बुझाउनु परेको हो । प्रतियोगिताको विजेता प्रकासपुर भेट्रान्स फुटबल क्लबले नगद ५० हजार १ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । उपवि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.