इटहरी । सुनसरीको इनरुवा नगरपालिका–६ भोटेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। बुधवार साँझ ५ बजेतिर धरानबाट राजविराजतर्फ जाँदै गरेको म।प्र। ०१–००१ज–०१२६ नम्बरको म्याजिकबाट झर्दै गर्दा इनरुवा–६ मधेशा निवासी ५५ वर्षीय टंक विश्वकर्मा घाइते भएका थिए। उनलाई घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो । थप उपचारका क्रममा आज ९बिहीवार० बिहान ६ः५० बजे विराटनगरस्थित न्यूरो अस्पतालमा विश्वकर्माको मृत्यु भएको
मोरङ । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार बिहानका राति तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मोटरसाइकलमा विराटनगर–६ का ३५ वर्षीय हरिओम राजवंशी, ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी सवार थिए । जसमध्ये चालक हरिओमलाई कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । बाँकी दुई जनालाई विराट नर्सिङ होममा उपचार भइरहेको छ। प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्र
इटहरी । २४ भदौमा झुम्का कारागारबाट भागेका तीन कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले फरार कैदीहरूलाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको हो। सुनसरीको झुम्का कारागारबाट भागेका धरान उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय जीवन श्रेष्ठ र धरान–१४ निवासी २० वर्षीय अस्मित कार्कीलाई अमरहाट र पत्रङबारीबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। दुवै जना लागूऔषध मुद्दामा सजाय काटिरहेका थिए। त्यस्तै, कारागारबाट भागेका अर्का कैदी उदयपुरगढी गाउँपालिका–६ चिपचिपे निवासी ४२ वर्षीय भक्तबहादुर राई भोलाराजलाई आज बिहीवार बिहान ४ः३० बजेतिर नेपालटारस्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। उनी वन म
इटहरी । सुनसरीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । दसैँको टीकाको दिन ९१६ असोज० सुनसरीको बर्जु गाउँपालिका ६ मा बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चिमडी मेला घुम्न गएको बेला बालिकामाथि बर्जु गाउँपालिका ६ स्थित चन्दा मोहन बाँधमा लगेर जबरजस्ती करणी गरेको आरोपमा बर्जु ६ का २१ वर्षीय बुधनारायण चौधरी, २१ वर्षीय विजय साह र अर्का एक १५ वर्षीय एक बालकलाई पक्राउ गरिएको छ । घटना भएको तीन दिनपछि गत शनिबार उनीहरूलाई पक्राउ गरिएको हो। १६ असोजको राति १० बजेतिर उनीहरूले बालिकामाथि जबरजस्ती करणी गरेको प्रहर
इटहरी । सुनसरीको विभिन्न स्थानमा अवैध रूपमा आतसबाजी पटकाहरू बरामद गरिएको छ । ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी अनुसन्धानले ठूलो परिमाणमा आतसबाजी बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले असोज २१, २२ र २३ गते सुनसरीका विभिन्न क्षेत्रमा गरेको चेकजाँचका क्रममा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ लाख ६० हजार बराबरका विभिन्न प्रकारका आतसबाजी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद गरिएका पटकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पटका ओसारपसार तथा कारोबारम
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नुभएको छ । ७० वर्षीय पूर्व वडा अध्यक्ष नरबहादुर दाहाल मृत अवस्थामा फेला पर्नुभएको हो । बिहीबार बिहान करिब ७ः३० बजे दाहाल घर नजिकैको बाटो हिँड्ने क्रममा बाटोभन्दा करिब पाँच फिट तल रहेको कोदो बारीमा लडी घोप्टो अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी सोही वडाका वडा अध्यक्ष पूर्णकुमार लिम्बूले बिहान करिब ८ः४५ बजे टेलिफोन मार्फत दिनुभएको थियो । मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत करिब एक सय जनाभन्दा बढी प्रहरीको निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस तथा ७० औं प्रहरी दिवसको अवसरमा आँखा जाँच तथा चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ डा। रामप्रसाद आँखा अस्पताल धनकुटाको आयोजनामा आँखा जाँच कार्यक्रममा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी पोष्टमा कार्यरत करिब एक सयभन्दा बढीको निशुल्क जाँच गरी चस्मा समेत वितरण गरिएको थियो । दैनिक जनताको सेवामा खटिने प्रहरीलाई सहज र सरल होस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको डा।रामप्रसाद पोख्रेल अस्पतालका केन्द्रीय
सुनसरी | केही समयदेखि बन्द रहेका अदालतका नियमित काम–कारवाहीहरू आगामी मिति २०८२ साल असोज २६ गते (आईतबार) देखि पुनः सुरु हुने भएका छन्। मिति २०८२/५/२४ गतेको घटनाका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो।यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भर (server) समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल (manual) प्रणालीमार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो। अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ
रामधुनी– सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. ६ मैनि मा एक अत्यन्तै दुखद र मार्मिक घटना घटेको छ। आर्थिक अभावको कारण आफ्नै नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेको एक गरीब परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले ठूलो सहयोग गर्नुभएको छ।निरज रिसिदेब र उनकी श्रीमती मन्जल रिसिदेबको कोखबाट जन्मिएको नवजात बच्चाको बिराटनगर स्थित बिराट नरसिंह होस्पिटलमा उपचारक्रममै मृत्यु भएको थियो। बच्चाको जन्म र उपचारको क्रममा नै परिवारको आर्थिक स्थिति नाजुक भएपछि मृतक शिशुलाई घर ल्याउन असमर्थ थिए।यस्तो विषम परिस्थितिमा समाजसेवी दिनेश श्रेष्ठले रिसिदेब परिवारलाई सहयोग गर्ने ठूलो पहल गर्नुभयो। उनको पहलमा न
इटहरी । संघीय सरकारको निर्देशनअनुसार खाँदबारी नगरपालिकाले करार र दैनिक ज्यालादारी सेवामा कार्यरत २९ जना कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ।नगरपालिकाले २०८२ कात्तिक १ गतेदेखि लागू हुने गरी सो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ। नगरपालिकाको कार्यालयबाट बुधबार जारी सूचनामा भनिएको छ,‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ भन्ने मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा निर्णय गरिएको हो। कार्यालयअन्तर्गत स्वीकृत दरबन्दी बाहेकका १
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.