स्मृति केशी इटहरी। भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लास्थित सबै स्थानीय तहहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारी गर्न परिपत्र गरिएको जानकारी दिए
इटहरी । मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको शव आइतबार दिउँसो मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरमा घोप्टिएको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानबाट खड्काको हत्या छिमेकीले नै गरेको खुलेको छ। हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार आरोपित सीताको घरमा खानतलासी गर्दा मृतकले लगाएको सुनको गहना फेला परेको छ। गहनाको लोभमा वृद्धाको हत्या गरिएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान अगाडि बढ
युमि राईइटहरी । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म असार–भदौ सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडिसिडीको तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण
इटहरी। कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रूपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । नौ वटा स्थानीय तह रहेको ताप्लेजुङको हरेक पालिकाले छनोट गरेर पठाएको एक–एक जना उत्कृष्ट कृषकलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको केन्द्रका कार्यालय प्रमुख विमला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा याङवरक गाउँपालिकाका उत्कृष्ट कृषक सन्तोष खिम्दिङ, फक्ताङलुङ गाउँपालिकाका भक्तबहादुर कार्की, फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की र सिरीजङ्घा गाउँपालिकाका छत्रमान
इटहरी। कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सोमबार सम्पन्न भएको छ । प्रदेश विपत् परिषद्को सो बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विपद् बिमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण
इटहरी । मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नुपरेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । उक्त पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाम मार्फत पुनः जडानका लागि बोल पत्र आह्वान गरी काम अगाडि बढाइएको हो । सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ ।
इटहरी । सङ्खुवासभा जिल्लाको उत्तरी भेग भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको सीमा स्तम्भ बगाएको छ । निरन्तरको वर्षापछि जेठ १८ गते दोङगोप्पा खोला र छोकाङ खोलामा आएको बाढीले ७१ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बगाइएका सीमा स्तम्भ किमाथाङ्का नाका नजिकै रहेको प्रहरी चौकीबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्छ । प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम सुनुवारको टोली गस्तीमा रहेको बेला सीमा स्तम्भ बगाएको जानकारी प्राप्त भएको हो । डीएसपी बस्नेतका अनुसार निरन्तर वर्षाका कारण माथिल्लो भेगमा बाढीको
सुनसरी | संघीय तथा प्रदेश सरकारको समन्वयमा सुनसरी क्षेत्र नं. ४ का लागि चालु आर्थिक वर्षमा करिब ६७ करोड ८१ लखा रुपैयाँ बराबरको विकास बजेट स्वीकृत भएको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की र कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीको सक्रिय पहलमा शहरी विकास मन्त्रालयको ‘रातो किताब’ अन्तर्गत विभिन्न योजनाहरू बजेटमा समावेश गरिएका हुन्।यी योजनाहरू अन्तर्गत पुल निर्माण, सडक स्तरोन्नति, सामुदायिक तथा शैक्षिक पूर्वाधार, धार्मिक–पर्यटन मार्ग तथा अन्य स्थानीय पूर्वाधारहरू समावेश छन्। बजेटको विवरण अनुसार जम्मा १७ वटा परियोजनाहरू सुचीकृत छन्, जसमा ठूला सडक योजनादेखि झोलुङ्गे पुलसम्मका कामहरू
इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। स्थानीय जनता तथा सेवाग्राहीको सहभागितामा गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई आयोजना गरेको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय जनता तथा सेवाग्राहीले उठाएका सवाल तथा प्रश्नको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा। चित्रकुमार माबो लिम्बू, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे लगायतले जवाफ दिनुभएको छ। यस्तै जिम्मेवार व्यक्ति तथा निकायप्रति लक्षित सवालको सम्बन्धित पक्षबाट जवाफ साथै सहजीकरण भएको छ। कार्यक्र
इटहरी । पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिवन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ । फिदिम–२ स्थित एक घरमा प्रतिवन्धित लागु औषधको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा छापा मार्दा ३ ग्राम ५ सय १० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिनुभयो । अनुसन्धानमा प्रभाव पर्ने भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरेको घिमिरेको भनाइ छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.