All Posts By कोशी प्रेस

    Showing ६,२३१-६,२४० of १२,९९९ items.
  • सुनसरीको इनरुवामा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

    इटहरी । सुनसरीको इनरुवामा पहिलो पटक “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नाराका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको छ । इनरूवा क्रिकेट क्लब एन्ड एकेडेमी इनरुवाको आयोजनामा इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो । पत्रकार सम्मेलन गरेर क्लबका अध्यक्ष सोनु मण्डलले नगरका १५ विद्यालयको सहभागीतामा सुनसरी बहुमुखी क्याम्पसको खेल मैदान इनरुवामा वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । मण्डलले दिनुभएको जानकारी अनुसार इनरुवा नगरपालिका सुनसरी जिल्लाको पुरानो आफ्नो छुट्टै पहिचान र इतिहास बोकेकोले युवा

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४०९ पटक पढिएको
  • १५ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण

    इटहरी। पाँच जना नेपालीसहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको सफल आरोहण गर्नुभएको छ । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट ट्रेक काठमाडौँले पाँच नेपाली सहित १० जनालाई सफल आरोहण गराएको हो । ट्रेकु का जेनेरल मेनेजर थानेश्वर गुरागाईका अनुसार मे १० अर्थात् २०८२ वैशाख २७ गते दिउँसो दुई बजेर १५ मिनटेमा १० आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको हो । सफल आरोहण गर्नेहरूमा कुसुवोका फ्लुतुरम इब्राहिमी, बेलायतमन एड्रियन माइकल हेस, ईरानका अलिरेजा बेहपुर र सेइदमिदरजा हासेमी, युनाइटेड अरब इमिरेट्सका सइद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३२० पटक पढिएको
  • धनकुटामा तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

    इटहरी । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विशेष योगदान पुर्‍याएकोमा तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आईतबार जिल्ला महासंघ धनकुटाको चौंथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो । सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका–९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समूह र चौविसे गाउँपालिका–३ र ४ मा स्थित भोटेपौवा चिसापानी सामुदायिक वन उपभोक्त समूह कुरुले तेनुपा रहेका छन् ।  सम्मानित हुने वन उपभोक्ता समूहका अध्यक्षहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४०१ पटक पढिएको
  • इलामको घुम्ती स्वास्थ्य शिविरमा ४२ परीक्षणमध्ये ९ महिलामा पाठेघर मुखको क्यान्सर पुष्टि

    इटहरी । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा नौ जनामा क्यान्सर पोजेटिभ देखिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुुलालले बताउनुभयो ।  नगरपालिकाले वडा –४ बाट शिविर सुुरु गरेको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुुरु गरिएको शिविरमा नागरिकको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना संकलन, मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि जैविक औषधी वितरण, अन्य बालीहरुसम्बन्धी परामर्श, प

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३९९ पटक पढिएको
  • भारत–पाकिस्तान तनावपछि नेपाल–भारत सीमामा उच्च सुरक्षा सतर्कता, संयुक्त गस्ती र निगरानी कडा

    इटहरी। भारत र पाकिस्तानबिच बढेको द्वन्द्वको असर पूर्वी नेपालको सीमानाकामा समेत देखिन थालेको छ । विशेष गरी कोशी प्रदेशका नेपाल–भारत सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको ठुला तथा साना नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग खुला सिमाना जोडिएको नाकामा विद्यमान सुरक्षा व्यवस्थामा व्यापक परिवर्तन र कडाइ गर्दै थप सुरक्षाकर्मी परिचालन गरी निगरानी सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस क्रममा सुनसरीको कोशी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका बस्तीको गस्तीमा नेपाली सुरक्षाकर्मी वृद्धि गरिएको सुनसरीका प्रमुख जिल्ल

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३२० पटक पढिएको
  • विद्यालयमा ‘ई लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

    इटहरी । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘ई लर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ ।  पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो ।  सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘ई लर्निङ कक्ष’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअ

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३१० पटक पढिएको
  • आठ वर्षपछि गति लियो उदयपुर–भोजपुर जोड्ने रानीटारको सुनकोशी मोटरेबल पक्की पुल

    इटहरी  । उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माण अलपत्र हुँदै आएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलको कामले अहिले गति लिएको हो ।  सम्झौता अनुसार पाँच वर्षअघि नै निर्माणको काम सम्पन्न हुनुपर्ने सो पुल निर्माणका क्रममा प्राविधिक समस्या आएपछि पहिलेको डिजाइन परिवर्तन गरेर नयाँ प्रविधिको डिजाइन स्वीकृत गर्ने क्रममा निकै समय लागेकाले निर्माण कार्य ढिलो भएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटार र भोजपुरको आमचो

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३९८ पटक पढिएको
  • श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

    इटहरी । झापामा श्रीमानले धारिलो हतियारले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।  गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • २८८ पटक पढिएको
  • अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार चयन

    इटहरी। अखिल नेपाल किसान महासङ्घ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार चयन हुनुभएको छ । ७ औँ जिल्ला अधिवेशनमार्फत  कमिटीको अध्यक्षमा सुनुवार सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मणिकुमार मगर, सचिवमा इन्द्र लेछर्वो, सहसचिवमा मधु इजम, कोषाध्यक्षमा हरिप्रसाद सिग्देलसहित १७ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । श्रमजीवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक सङ्गठित आवाज र नेतृत्वदायी सङ्गठनको रूपमा स्थापना भएको महासङ्घको सदस्यहरूमा केशवप्रसाद दाहाल, छिनाम दोर्जी तामाङ, विजय नेयोङ, लक्षमण लिम्बू, सुशिल एभेङ, यामकुमार लिम्बू, टङ्कप्रसाद लिम्बू र युगेन अन्छङबो चयन हुनु भएको नेकपा ९एमाले० ताप्ल

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ४१० पटक पढिएको
  • नेपाल खेलकुद महासंघ कोशीको ११औँ विस्तारित बैठक इटहरीमा सम्पन्न

    इटहरी, वैशाख २७ – नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको ११औँ विस्तारित बैठक आज सुनसरी इटहरीमा सम्पन्न भएको छ।बैठक महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।बैठकमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा प्रमुख वक्ताको रूपमा सहभागी हुनु भएको थियो। साथै कोशी प्रदेशबाट महासंघको केन्द्रीय, स्थायी र सचिवालय कमिटीमा आवद्ध उल्लेखनीय संख्यामा कमरेडहरूको उपस्थिति रहेको थियो।बैठकले अधिवेशन हुन समय पुगेका सम्पूर्ण जिल्ला कमिटीको अधिवेशन १२ गतेभित्रम

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ५९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]