इटहरी /  इटहरी–५ स्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा मिसू प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए ल्याउँदै विद्यालयमै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। स्कुलका ३१ जना सहभागी विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उच्च नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।

IMG-20250628-WA0002

विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसू प्रधान एक अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्। उनले शैक्षिक सफलता मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएकी हुन्।

यसअघि प्रधानले फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ६० हजार रुपैयाँ नगद पुरस्कार र एक थान मेडल जितेकी थिइन्।

IMG-20250628-WA0001

विद्यालयका अनुसार मकालु इङ्लिस बोर्डिङ स्कुलले बिगत १४ वर्षदेखि कक्षा १० सम्मका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। विद्यालयले प्रत्येक शैक्षिक सत्रको सुरुवातदेखि नै शैक्षिक र परियोजनामूलक गतिविधिमा जोड दिँदै विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, गायन, नेतृत्व विकास तथा व्यवहारिक ज्ञान प्रदान गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विद्यालय प्रशासनले मिसू प्रधानको सफलतालाई सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको बताएको छ।

Screenshot_2025_0628_070634