इटहरी स् ठूलो परिमाणमा नेपाली र भारतीय रुपैयाँसहित झापाको बाह्रदशीका एक व्यक्ति भारतमा पक्राउ परेका छन्। भारतको दिघलबैंक क्षेत्रमा सीमा सुरक्षा बल ९एसएसबी० ले बाह्रदशी गाउँपालिका– ३ राजगढका ४४ वर्षीय वारिख शेखलाई पक्राउ गरेको हो।
मे १ प ८०१२ नम्बरको होन्डा साइन मोटरसाइकलमा भारतबाट नेपाल फर्कने क्रममा एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएका थिए। उनको साथबाट २ लाख ५ हजार ५ भारतीय रुपैयाँ र ७९ हजार नेपाली रुपैयाँ बरामद भएको भारतीय प्रहरीले जनाएको छ। रामद रकम र मोटरसाइकलसहित पक्राउ परेका शेखलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय ठाकुरगन्जमा बुझाइएको छ।
घटनाको रोचक पक्ष के छ भने, उनी यसअघि पनि भारतीय रुपैयाँसहित पक्राउ परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। गत असोज १३ गते सोही सीमा क्षेत्रमा बाह्रदशी–३ राजगढका ४४ वर्षीय मोहम्मद जालिमलाई २ लाख १ हजार २०० भारतीय रुपैयाँसहित एसएसबीले पक्राउ गरेको समाचार सार्वजनिक भएको थियो। एक महिनाभित्रै सोही क्षेत्रका व्यक्तिसँग ठूलो परिमाणमा भारतीय मुद्रा बरामद भएपछि सीमापार रकम ओसारपसारको विषय थप चासोको विषय बनेको छ।

