All Posts By कोशी प्रेस

    Showing ६,५८१-६,५९० of १३,०२३ items.
  • सुनसरीको नडाहामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । पकलीबाट चतरातर्फ जाँदै गरेको प्र। १(०२(०४३ प ५३०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ७७ वर्षीया मनमाया गिरीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक मोरङको केराबारी नगरपालिका ५ का ३३ वर्षीय अनिल बिकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २५१ पटक पढिएको
  • इटहरी मेयर कप क्रिकेट प्रतियोगितामा इनरुवा र माई नगरपालिका विजयी

    इटहरी । सुनसरीको इनरुवा र इलामको माई नगरपालिकाले दोस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रवार सम्पन्न पहिलो खेलमा इनरुवाले मोरङको बेलबारी नगरपालिकामाथि ७३ रनको फराकिलो जित निकाल्दै विजयी भएको हो । इनरुवाले प्रस्तुत गरेको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको बेलबारी ७७ रनमा अलआउट भयो । बेलबारीका लागि निमेष चापागाईँले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले ३ छक्का र २ चौकाको मतमा ३१ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । इनरुवाका अभय मण्डलले ४ विकेट लिँदा मनिष मण्डल र सोनु मण्डलले २–२ विकेट लिए । यसअघि टस

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३३९ पटक पढिएको
  • बाढीले क्षति पुर्‍याएका खोलामा पुल बनाउन प्रतिबद्व रहेको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईको भनाइ

    इटहरी। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्व रहेको दोहोर्‍याउनु भएको छ । शनिबार बाढी प्रभावित जिल्ला पाँचथर आइपुग्नु भएका राईले फिदिम र फालेलुङलाई जोड्ने फेमे खोलामा तत्कालका लागि सङ्घीय सरकारले उपलब्ध गराउने बेलिब्रिज ल्याएर जोड्दै पक्की पुल निर्माणको प्रकृया अगाडि बढाउने बताउनुभयो ।  बाढीले क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि प्रदेशभरका लागि ४० करोड रुपियाँ स्रोत सुनिश्चित गरेको पनि राईको भनाइ थियो । पर्याप्त बजेटसँगै स्रोत सुनिश्चित नहुँदा पनि पुल निर्माण ढिलाई भए

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३३३ पटक पढिएको
  • कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल

    इटहरी । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ । मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो । सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समाव

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २६० पटक पढिएको
  • मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

    इटहरी । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको  मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उहाँकी  पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो । टुडु रतुवामाइ नगरको फोहोर व्यवस्थापन गर्ने ट्याक्टर को चालक रहेको  रतुवामाइ नगर प्रमुखको सचिवालयका प्रमुख  सचिव सुजित चौधरीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । आमबा

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २२७ पटक पढिएको
  • जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

    २२ चैत, काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २९४ पटक पढिएको
  • रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेशबिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३८२ पटक पढिएको
  • हरिनगर वडा ५ का पुर्व वडाअध्यक्ष सविब मियाँवाट आगलागी पिडितलाई राहत वितरण

    सुनसरी /सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा चैत्र महिनाकाे १८ गते ईस्लाम धर्मलम्बिहरुकाे महान पर्व ईदउल फित्र साेमवारकाे दिन करिब २:२५ मा भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि विभिन्न गैरसरकारी संघसंस्था,सरकारी निकाय सहित राहत वितरण गरेपनि आज हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुर साेही वडाका पुर्व वडाअध्यक्ष सविब मियाँ र उहाँकाे परिवारवाट राहत वितरण गरेकाे छ। राहत वितरणमा खाध्यन सामग्री,लत्ताकपडा,त्रिपाल,ग्यास,ग्यास चुलाे,कुकर,विभिन्न स्टिलकाे भाँडाकुँडा सहित वितरण गरिएकाे छ । आगलागीवाट पीडित परिवारलाई हौसला प्रदान हाेस,घाउँमा मलहम लगाउने

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३२३ पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा बत्ती जडान र हात्ती आक्रमणबाट ज्यान गुमाएकालाई राहत दिने

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न सुन्दरहरैंचाको जङ्गलतर्फको सिमानामा पूर्वदेखि पश्चिमसम्म सडक बत्ती जडान गर्ने भएको छ । लगभग २० किलोमिटर क्षेत्रमा बत्ती जडान हुने नगरपालिकाले जनाएको छ । सुन्दरहरैंचाको विपत् व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख केदारप्रसाद गुरागाईँले गर्नुभएको सो प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यसैगरी, हालसम्म हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुन्दरहरैंचाका ४ जनाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय पनि सो बैठकले गरेको छ ।वडाबाट सिफारिश भई आएका ४३ परिवारमा हात्तीले पुर्याएको क्ष

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४१० पटक पढिएको
  • खराब मौसमले लुक्लाको उडान दुई दिनदेखि ठप्प, पर्यटक अलपत्र

    इटहरी । पर्यटकीय सिजन सुरु भइरहेकोबेला दुई दिनदेखि लगातार मौसममा खराबी आएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएकोे छ । स्वदेशी तथा विदेशी पर्यटक र अन्य यात्रुहरु लिएर त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेका विभिन्न एयरलाइन्सका हवाइजहाज अवतरण गर्न नसकेपछि फाप्लु विमानस्थलमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । बिहीबारबाट मौसम प्रतिकुल बनेपछि हिमाली पर्यटनको केन्द्रका रुपमा रहेको खुम्बु क्षेत्रको भ्रमणका लागि आउने पर्यटक समस्यामा परेका छन् । लुक्लामा तारा, समिट र सीता एयरलाइन्सको करिब ३

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]