सुनसरी | संघीय तथा प्रदेश सरकारको समन्वयमा सुनसरी क्षेत्र नं. ४ का लागि चालु आर्थिक वर्षमा करिब ६७ करोड ८१ लखा रुपैयाँ बराबरको विकास बजेट स्वीकृत भएको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की र कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीको सक्रिय पहलमा शहरी विकास मन्त्रालयको ‘रातो किताब’ अन्तर्गत विभिन्न योजनाहरू बजेटमा समावेश गरिएका हुन्।
यी योजनाहरू अन्तर्गत पुल निर्माण, सडक स्तरोन्नति, सामुदायिक तथा शैक्षिक पूर्वाधार, धार्मिक–पर्यटन मार्ग तथा अन्य स्थानीय पूर्वाधारहरू समावेश छन्। बजेटको विवरण अनुसार जम्मा १७ वटा परियोजनाहरू सुचीकृत छन्, जसमा ठूला सडक योजनादेखि झोलुङ्गे पुलसम्मका कामहरू अटेका छन्।
मुख्य योजनाहरूमा समावेश रहेका प्रमुख विकास कार्यक्रमहरू यस्ता छन् : सुनसरी खोलामा हरिनगर–६ मा पुल निर्माण – रु. ४ करोड, भोक्राहा नरसिंह–१ मा बाउनी खोलामा पुल निर्माण – रु. ३ करोड, हरिनगर–१ मा सिँचाइका लागि सित भण्डार – रु. ७० लाख,रामेश्वर खत्वे घर हुँदै गोनी टोल–चिरौली चौक सडक स्तरोन्नति – रु. ९ लाख, श्री हरिनगर मावि (वडा ४) पूर्वाधार निर्माण – रु. ३ करोड, इनरुवा नपा–३ मा सभाहल निर्माण – रु. ३ करोड, हरिनगर प्रहरी चौकी–देवानगञ्ज–बन्देश्वर सडक स्तरोन्नति – रु. ३ करोड र रामधुनी क्षेत्र अन्तर्गत ४२ किलोमिटर कालोपत्रे सडक – रु. ३८ करोड ३७ लाख ९० हजार छुट्टाएका छन् ।
बराहक्षेत्रका लागि चुडामणी चौक देखि उराउ टोल, बिष्ट टोल, भगवती बिधालय, बिष्ट चौतारा, बरगाछी , अन्सारी टोल हुँदै मधुवन जोडेने सडक, बराहक्षेत्र-१०, सुनसरी ३ करोड, ड्रेन सहित सडक स्तरउन्नति, बाङ्गे बजार, बराहक्षेत्र-३, सुनसरी ३ करोड, सुर्य कुण्ड आधारभुत बिधालय भवन निर्माण, बराहक्षेत्र-१, सुनसरी ३ करोड, सनुसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ९ नहर चौक देखि उत्तर प्रकाशपुर बजार जुगे चोक छब्बीस पाइपहुँदै राजबास बजार कोशी बाँध क्षेत्रमा सडक स्तरउन्नति कार्य ३ करोड,चतरा लाल बस्ती सडक स्तरउन्नती, बराहक्षेत्र-१३ करोड, बराहक्षेत्र-७ बाङ्गे बजार देखि बस पार्क जोड्ने सडक स्तर उन्नती ३ करोड र बराहक्षेत्र खानेपानी टंकी निर्माण आयोजना पुनरबास बराहक्षेत्र-२ सुनसरी ५० लाख बजेट प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा गरिएको हो ।
स्थानीयस्तरमा सांसद कार्की र मन्सुरीको सक्रियताले विकासको गतिमा उल्लेखनीय ऊर्जा थपेको स्थानीयवासीहरू बताउँछन्। जनप्रतिनिधिहरूले दलगत दृष्टिकोणभन्दा माथि उठेर क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा काम गरेमा मात्र दिगो र प्रभावकारी विकास सम्भव हुने जनाएका छन्।
सांसद कार्कीले चुनौती र सीमाबीच पनि विकासका कामलाई निरन्तरता दिँदै आएको भन्दै स्थानीयहरू उनको पहलको खुलेर प्रशंसा गर्छन्। “हिरा जहाँ भए पनि चम्किन्छ”, भन्ने उदाहरण दिँदै उनीहरूले निष्पक्ष मूल्याङ्कनका आधारमा राम्रा कामको कदर गर्नुपर्ने धारणा राखेका छन्।
यी सबै योजनाहरू पूर्ण रूपमा कार्यान्वयन भएमा बस्तीहरू सुरक्षित हुने,यातायात सुलभ हुने,विद्यालय र सामुदायिक भवनहरू सुदृढ हुने,कृषक तथा साना उद्यमीहरूलाई बजारमा छिटो पहुँच पुग्ने, धार्मिक–पर्यटन मार्गले आर्थिक क्रियाकलापमा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले प्रतिनिधि ज्ञानेन्द्र कार्की र प्रदेशसभा सदस्य मन्सुरीको विकासप्रेमी पहलप्रति आभार प्रकट गरेका छन्। जनताले कामको मूल्यांकन दलगत चस्माभन्दा माथि उठेर गर्नुपर्ने आवश्यकता रहेको आवाज पनि उठ्न थालेको छ।
“हिरा जहाँ भए पनि चम्कन्छ,” भन्ने उदाहरण प्रस्तुत गर्दै स्थानीयहरूले निष्पक्ष मूल्याङ्कनका आधारमा नेताहरूको कामको कदर गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
कुल स्वीकृत बजेट करिब ६७ करोड ८१ लाख बढी रहेको छ। योजनाहरूको सफल कार्यान्वयनको लागि स्थानीय तहको सहकार्य र नागरिकको निगरानी पनि महत्त्वपूर्ण हुने जनप्रतिनिधिहरूको भनाइ छ।
सुनसरी–४ का जनप्रतिनिधिहरूको समन्वयले विकासको गतिलाई तीव्र बनाएको भन्दै स्थानीयहरूले कृतज्ञता व्यक्त गरेका छन्।
यस्तो छ आगामी वर्षको बजेट