इटहरी । ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग बढेसँगै अर्गानिक उत्पादनमा जोड दिन थालेको किसानले बताएका छन् । जनप्रतिनिधिको भूमिकामा समेत रहनुभएका याम्फुदिनका किसान सन्तोष राईले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेको बताउनुभयो । राई जिल्ला समन्वय समिति ताप्लेजुङको सदस्य हुनुहुन्छ । विगत २०६५ सालदेखि व्यावसायिक चिया खेती सुरु गर्नुभएका राईले अर्गानिक चिया उत्पादन गर्दै आउनुभएको छ । उहाँले सुरुदेखि नै अर्गानिक चिया हातेपत्ती उत्पादन गर्दै आउनुभ
काठमाडौं, । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबीच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु-१. पर्यटन क्षेत्रमा सहयोग सम्बन्धी सम्झौता२. सांस्कृतिक सहयोग सम्बन्धी सम्झौतानिजी क्षेत्रसम्बन्धी भएका सहमति-१. नेपाल उद्योग वाणिज्य महासंघ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड२. नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्धन समिति एवम् थाइल
इटहरी । ताप्लेजुङ जिल्लामा परीक्षण गर्न नसकिने मानव जैविक नमूना संकलन गरेर कुरियर सेवामार्फत कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाई परीक्षण सुरु गरिएको छ। ताप्लेजुङबाट पहिलो पटक यस्तो नमूना कुरियरमार्फत प्रयोगशालामा पठाएर परीक्षण थालिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले बताए। ताप्लेजुङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले यस्ता नमूना संकलन गरेर प्रयोगशालासम्म पठाउने जिम्मा नेपाल क्यान मुभलाई दिएका छन्। प्रभावकारी प्याकेजिङ र ढुवानीपछि ताप्लेजुङबाट पहिलो पटक संकलित मानव जैविक नमूना परीक्षणका लागि कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पुगेको कार्कीले जानकारी
इटहरी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ। गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो। सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना गर्ने निर्यण गरिएको सभापोखरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिए। त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्न
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । पकलीबाट चतरातर्फ जाँदै गरेको प्र। १(०२(०४३ प ५३०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ७७ वर्षीया मनमाया गिरीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक मोरङको केराबारी नगरपालिका ५ का ३३ वर्षीय अनिल बिकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
इटहरी । सुनसरीको इनरुवा र इलामको माई नगरपालिकाले दोस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रवार सम्पन्न पहिलो खेलमा इनरुवाले मोरङको बेलबारी नगरपालिकामाथि ७३ रनको फराकिलो जित निकाल्दै विजयी भएको हो । इनरुवाले प्रस्तुत गरेको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको बेलबारी ७७ रनमा अलआउट भयो । बेलबारीका लागि निमेष चापागाईँले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले ३ छक्का र २ चौकाको मतमा ३१ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । इनरुवाका अभय मण्डलले ४ विकेट लिँदा मनिष मण्डल र सोनु मण्डलले २–२ विकेट लिए । यसअघि टस
इटहरी। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्व रहेको दोहोर्याउनु भएको छ । शनिबार बाढी प्रभावित जिल्ला पाँचथर आइपुग्नु भएका राईले फिदिम र फालेलुङलाई जोड्ने फेमे खोलामा तत्कालका लागि सङ्घीय सरकारले उपलब्ध गराउने बेलिब्रिज ल्याएर जोड्दै पक्की पुल निर्माणको प्रकृया अगाडि बढाउने बताउनुभयो । बाढीले क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि प्रदेशभरका लागि ४० करोड रुपियाँ स्रोत सुनिश्चित गरेको पनि राईको भनाइ थियो । पर्याप्त बजेटसँगै स्रोत सुनिश्चित नहुँदा पनि पुल निर्माण ढिलाई भए
इटहरी । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ । मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो । सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समाव
इटहरी । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उहाँकी पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो । टुडु रतुवामाइ नगरको फोहोर व्यवस्थापन गर्ने ट्याक्टर को चालक रहेको रतुवामाइ नगर प्रमुखको सचिवालयका प्रमुख सचिव सुजित चौधरीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । आमबा
२२ चैत, काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.