इटहरी । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले रु २० लाख सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकु
इटहरी । ताप्लेजुङको सुकेटारमा छैटौँ वज्रगुरु मन्त्रजप पूजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि आयोजना गरिएको तीनदिने धार्मिक पूजा वज्रगुरु मन्त्रजप शनिबारदेखि सुरु भएको हो । पूजा बौद्ध धर्म संस्कारमा आधारित रहेको छ, गरिँदै आएको छ । भारतका प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा बृहत् धार्मिक पूजा वज्रगुरु मन्त्रजप सुरु भएको वज्रगुरु मन्त्रजप मूल आयोजक समितिका सचिव पासाङरिता शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार प्रमुख लामा रिन्पोछेसहित अन्य लामाले पूजामा प्रवचन गर्दै आउनुभएको छ । सोमबारसम्म सञ्चालन हुने मन्त्रजपमा प्रमुख लामा रिन्पोछेबाट विषेश
इटहरी । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिनुभयो । “रामनव
कानेपोखरी | मोरङको कानेपोखरीमा भूमि समस्या समाधान आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ । शनिबार पालिकाको समस्या ग्रस्त क्षेत्र अन्तर्गत रहेको कानेपोखरी ७ प्रोगेसिप टोलमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुभारम्भ भएको हो ।कानेपोखरी गाउँपालिकाको ४ वटा वडामा एकैसाथ जग्गा नापजाचँका काम अगाडि बढाइने कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले जानकारी दिनुभयो । यस अघि वडा नं. ६ र वडा नं. ४ मा जग्गानापजाँचको काम सञ्चालनमा रहॅदै आएकोमा थप कामलाई तिव्रता दिन पालिकाले भूमि समस्या समाधान आयोगसॅग समन्वय गरेर थप कर्मचारीको व्यवस्था गरे
इटहरी — वैदेशिक रोजगारमा गएका नेपालीहरूको हक र अधिकारका लागि स्थापना गरिएको सुनसरी वैदेशिक रोजगार हक हित संघको आयोजनामा एक विशेष सरसफाइ अभियान तथा डस्टबिन वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना भएको संघले इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाइ गरी ५० थान डस्टबिन राखेर वातावरण स्वच्छ र स्वस्थ बनाउन योगदान पुर्याएको हो।यो कार्यक्रम संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। २०७२ सालमा स्थापना भई निरन्तर सामाजिक गतिविधिमा संलग्न रहँदै आएको यस संघले विभिन्न समयमा मानवअधिकार, आपतकालीन सहयोग, जनचेतना अभिवृद्धि तथा सा
सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । आयाेजकले पत्रकार सम्मेलन गरि बैशाख ६ र ७ गते पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने जानकारी गराएको छ । ‘उच्च शिक्षामा दिगोपन: स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हाे । उच्च शिक्षाको स्थायित्वमा छलफल गर्नुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग बढाउन सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी
इटहरी : सुनसरीको बराहक्षेत्रमा एक युवकमाथि गोली प्रहार भएको छ । शनिबार (आज) सुनसरीको बराहक्षेत्र १ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन् ।घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी घाइते भएका छन् । प्रहरीकाअनुसार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेपनि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।घटनाको प्रकृति हेर्दा जंगली जनावरलाई हानेको गोली निरजलाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।
काठमाडौं, २३ चैत । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिए । नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।महासचिवमा वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा - १० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित “हाम्रो सुकुना राम्रो सुकुना” शीर्षकको एक म्युजिक भिडियो निर्माण गरेका छन्।कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी एन्जल मिश्रको अगुवाइमा निर्माण गरिएको यो भिडियोलाई विद्यालय प्रशासनले पूर्ण सहयोग प्रदान गरेको छ। म्युजिक भिडियोमा विद्यालयकै विद्यार्थीहरू कलाकारको रूपमा प्रस्तुत भएका छन्। भिडियोको लेखन तथा निर्देशन मिश्रले नै गरेका हुन्।उक्त भिडियोमार्फत विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीक
काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किए लगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.