All Posts By कोशी प्रेस

    Showing ७,४७१-७,४८० of १३,७३९ items.
  • माई केयर मलेसियाको सहयोगमा दुहबी–९ मा १०० मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण

    दुहबी | नजिकिँदै गरेको मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा सुनसरीको दुहबी नगरपालिका –९ स्थित १ सय घर मुस्लिम परिवारलाई रमजान फुड प्याकेज वितरण गरिएको छ । माई केयर मलेसियाको तर्फबाट हेस्रा नेपाल संस्था तथा दुहबी नगरपालिका वडा नम्बर –९ को संयोजनमा आयोजित कार्यक्रममा गरिब तथा विपन्न मुस्लिम समुदायहरुलार्ई खाद्य सामग्री प्रदान गरिएको हो । उक्त राहत वितरण कार्यक्रम हेस्रा नेपाल संस्था, दुहबी–९ का वडा अध्यक्ष मेहदी हुसेनकोे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका संयोजक थानेश्वर ओझा, वडा सदस्य सतिकुमार चौधरी, स्थानीय अगुवा एवं समाजसेवीहरूको उपस्थितीमा  चामल, दाल, चिनी, तेल, मै

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ६१० पटक पढिएको
  • ढाकाको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु

    इटहरी । कोशी प्रदेशका महिलाहरुले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्नुभयो । सो क्रममा उहाले पोशाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरुले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताउनुभयो । उहाले आर्थिक र कानुनी रुपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले महिला उद्यमशिलता र स्थानीय उत्पादन प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्ले

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २८५ पटक पढिएको
  • गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको भनाइ

    इटहरी  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना भएको बताएका छन् । बिहीबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरसंवाद कार्यक्रममा विप्लवले गणतन्त्रमा आएर पनि  जनताका निराशा कायम रहेको बताए । समाज विकासको चरित्र हेर्दा जति हुनुपर्ने थियो हुन नसक्दा केही असन्तुष्टि उजागर भएको उनले बताए । उनले सम्पत्ति माथिको अधिकार अझै जनतामा नआएकाले नेपाली राजनीति जानेर वा नजानेर चरम अन्तरविरोधमा रहेको बताए । अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २६९ पटक पढिएको
  • मरिमराऊ भएका दमक ८ का घर घरमा सीसी क्यामेरा जडान, अवाञ्छित क्रियाकलापको निगरानी हुने

    इटहरी ।  दमक नगरपालिका ८ न। वडा कार्यालय दमकले वडा भित्र बसोबास गर्ने वडावासीका परिवार भित्रका सदस्यहरूको मृत्युपछि काजकिरियामा बसेका वेला निरन्तर भइरहेको चोरीको घटना नियन्त्रण गर्न ३ वटा घरमा सीसी क्यामेरा जडान गरी सकेको छ । दमक नगरपालिकाको ८न।वडा कार्यालयले वडा भित्रका विभिन्न टोलमा मरिमराऊ भएका टोल वासी परिवारहरूको घर(घरहरूमा सीसी क्यामेरा जडान गरेको हो ।  झापाको दमक ८न।वडाको शुभलक्ष्मी टोल विकास संस्थाकी सदस्य ९७ वर्षीया पवित्रा पराजुलीको निधन भएपछि गत फागुन २५ गते, बसन्त टोल विकास संस्थाको सदस्य७६ वर्षीय थिरनाथ दाहालको निधन भएपछि फागुन २७गते र सरस्वती मार्ग टोल विकास संस्थाका सद

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ४४० पटक पढिएको
  • वराहक्षेत्रमा भूमि समस्या समाधान आयोग सुनसरीका पदाधिकारीसँग छलफल

    इटहरी । अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गर्ने विषय, अवस्था र नगरपालिकाले गरेको कामको र योजनाको विषयमा वराहक्षेत्र नगरपालिकाले भूमि समस्या समाधान आयोग सुनसरीका पदाधिकारीसँग छलफल गरेको छ । बिहीबार नगर प्रमुख तथा नगर स्तरीय भूमिहीन तथा सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधान समन्वय समितिका संयोजक रमेश कार्कीको अध्यक्षता तथा भूमि समस्या समाधान आयोग सुनसरीका अध्यक्ष इन्द्र पोखरेलको प्रमुख अतिथ्यतामा अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने विषयमा छलफल भएको हो । छलफल कार्यक्रममा नगर उप(प्रमुख नन्दकुमारी सुनुवार, प्रम

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३९३ पटक पढिएको
  • खोटाङको मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा फेला

    इटहरी ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् । नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका छन् । रेडपाण्डालाई दुई हज

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३१४ पटक पढिएको
  • मोरङका तीनवटै आंगिकसहित पाँच क्याम्पसमा क्रान्तिकारीको जित

    इटहरी । त्रिभूवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी ११ मध्ये १० क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम सार्वजनिक भएको छ।दशमध्ये पाँच क्याम्पसमा अखिल क्रान्तिकारीले अध्यक्ष पदमा विजय प्राप्त गरेको छ। मोरङमा रहेका तीन वटा आंगिक क्याम्पस र ७ वटा सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० निकट अनेरास्ववियु क्रान्तिकारीले तीनवटै आंगिक क्याम्पसमा अध्यक्ष जितेको छ । निर्वाचन सम्पन्न भएका सात सम्बन्धन प्राप्त क्याम्पसमध्ये दुई वटामा क्रान्तिकारीले अध्यक्ष जितेको छ।क्रान्तिकारीले स्नातकोत्तर क्याम्पस विराटनगर, मोरङ नर्सिङ क्याम्पस विराटन

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २४२ पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक क्षेत्र संकटमा,विद्युत् कटौतीले उत्पादन प्रभावित हुने खतरा

    इटहरी । भारतले साँझ ६ देखि बिहान ६ बजेसम्मका लागि विद्युत् कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग पर्ने देखिएको छ । उद्योगीले भारतले विद्युत् कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले गत पुसदेखि दैनिक चारदेखि छ घण्टासम्म विद्युत् कटौती हुँदै आएको औद्योगिक क्षेत्रमा रातभर आपूर्ति बन्द हुने कुराले उद्योगीलाई समस्यामा पार्ने बताउनुभयो । उद्योग सङ्गठनले विद्युत् आपूर्ति सहज बनाइदिनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षणसमेत गराइसकेको अध्यक्ष सुरानाल

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ४१७ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घामा चौँरी तथा याक प्रदर्शन, संरक्षण, प्रवर्द्धन र पर्यटन विकासको पहल

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ यम्फुदिन स्थित नयाँ झोरेनीमा चौँरी तथा याक प्रदर्शन हुने भएको छ । तीन हजार ३०७ मिटर उचाइमा रहेको नयाँ झोरेनीमा आगामी वैशाख १४ र १५ गते चौँरी तथा याक प्रदर्शन हुने भएको हो । सिरिजङ्घा महोत्सव २०८२ को अवसरमा चौँरी तथा याक प्रदर्शन गर्न लागिएको सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डा चित्र माबोले बताउनुभयो । उहाँका अनुसार लोप हुन लागेको याक र चौँरीलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । हिमाली क्षेत्रको आर्थिक समृद्धि मुख्य आधारको रूपमा लिइएको चौँरी तथा याक पालन व्यवसाय, हालको अवस्थामा दिन प्रति दिन निरन्तर रूपमा लोप हुँदै गएको हुनाले

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २९८ पटक पढिएको
  • कोशीटप्पुका अर्ना संकटमा, वंशाणुगत क्षयीकरणको खतरा

    इटहरी  । अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाको वंशाणुगत क्षयीकरण हुँदै गएको छ । खुला चरिचरनका कारण आरक्षमा छाडा छोडिएका भैँसी, राँगासँग अर्नाको संसर्ग बढेका कारण दुर्लभ जीवका रूपमा रहेको अर्नाको ‘ब्याक क्रस्ड’ बढ्दै जाँदा वंशाणुगत क्षयीकरण हुँदै गएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत रामदेव चौधरीका अनुसार १५–१६ सयको सङ्ख्यामा छाडा छोडिएका गाईभैँसी र अर्नाको  चरन क्षेत्र एउटै हुँदा उनीहरूबाट जन्मिएका ब्याक क्रस्ड बढ्दै गएका छन् । यसरी छाडिएका भैँसी, राँगा र अर्नाबिचको संसर्गबाट जन्मेका अर्नाले गर्दा वास्तविक अर्नाको संरक्षणमा चुनौती थप

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३१२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]