All Posts By कोशी प्रेस

    Showing ७,५११-७,५२० of १३,७३९ items.
  • ताप्लेजुङका विद्यालयमा स्थायी नियुक्तिका लागि एकसय चार जना शिक्षक सिफारिस

    इटहरी । ताप्लेजुङका विद्यालयमा स्थायी नियुक्तिका लागि एकसय चार जना शिक्षक सिफारिस भएका छन्। शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन्। ताप्लेजुङका विभिन्न विद्यालयमा रिक्त रहेका तथा अस्थायी रुपमा कार्यरत शिक्षक भएका ठाउँमा स्थायी नियुक्तिका लागि उक्त सङ्ख्यामा प्राथमिक तहका शिक्षक सिफारिस भएका हुन्। शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षकलाई रिक्त दरबन्दी तथा अस्थायी शिक्षक कार्यरत भएको ठाउँमा खटाउन लागिएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ। शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख युगमणि सबेहाङका अनुसार प्राथम

    • प्रकाशित मितिः चैत २, २०८१
    • २९४ पटक पढिएको
  • नेपाल नेत्रज्योति सङ्घ खोटाङ द्धारा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने

    इटहरी ।  नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३६० पटक पढिएको
  • दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमसम्म तारतम्य मिल्ने र यसले विकासलाई सही ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनले गर्दा विकास निर्माण नीति बनाएर नै गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माणले विपत्ति निम्त्याएको बताए। विपत्ति

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३२९ पटक पढिएको
  • सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

    इटहरी । इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३७७ पटक पढिएको
  • लिम्बु र शेर्मालाई गोर्खा ट्रेल ब्लेजर रन उपाधि

    इटहरी । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलामा पाँचथरकी पुष्पा शेर्मा पहिलो हुनुभएको छ । गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना र धरान–१८ को वडा कार्यालयको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार भएको प्रतियोगितामा लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पूरा गर्नुभएको थियो । शेर्माले ४५ मिनट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । पुरुषतर्फ ओशन राई दोस्रो र स्काई लिम्बु तेस्रो हुनुभयो । महिलातर्फ दिपा बस्नेत दोस्रो र इन्द्रकला नेम्वाङ निक्की तेस्रो हुनुभयो । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशस् २० हजार, १० हजार र पाँच ह

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४८४ पटक पढिएको
  • केबलकार विवाद आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाइयो

    इटहरी । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय सङ्घर्ष समिति ताप्लेजुङका प्रतिनिधिलाई तत्काल वार्तामा आउन आग्रह गरिएको छ। केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्राल

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४०६ पटक पढिएको
  • साहित्यका माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा साहित्य महोत्सव सुरु

    इटहरी । साहित्यका माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा साहित्य महोत्सव सुरु भएको छ । महोत्सवमा नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ र बङ्गलादेशका साहित्यकार तथा कलाकर्मी सहभागी भएका छन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न चरणमा विभिन्न विषयमा बहस गर्न थालिएको छ । पहिलो दिन भारतको भारतको जेएनयुका चेयर प्रोफेसर प्रा।आनन्दकुमारको ‘कि नोट स्पिच’ रहेको थियो । सोही दिन ‘गाउँको सौन्दर्य’, ‘कला र अध्यात्म’, ‘विभेद विरुद्धका आलापहरू’, ‘कविताको पहिचान’, ‘मुन्धुम र पर्यावरण’, ‘सामाजिक सञ्जाल र मुल्य सङ

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३८५ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वाका सातमध्ये छ वटा वडा पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो। सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोपलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। यस्तै वडा ५ लिम्बुदिन र वडा ६ मेहेले र वडा ७ सुरुम्खिमलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरी सकिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो। शाखाका प्रमुख शाहका अनुसार बाँकी रहेको वडा नं ४ साब्लाखुलाई आउँदो सोमबार पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३४१ पटक पढिएको
  • सगरमाथामा बाटो बनाउने टोली आधार शिविरतर्फ

    इटहरी । सर्वोच्च शिखर सगरमथाको ‘स्प्रिङ’ सिजन २०२५ को आरोहण समय नजिकिँदै गर्दा आरोहण मार्ग निर्माणका लागि आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ । बाटो निर्माणका लागि नाम्चेबाट आइसफल डाक्टरसहितको टोली गएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० नाम्चकी सूचना अधिकारी याङ्जिडोमा शेर्पाले जानकारी दिनुभयो । टोलीमा आधार शिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा तथा आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गर्नुभएको दुई वटा टोलीमा आठ जना ‘आइसफल डाक्टर’ रहेका छन् । टोलीमा दावानुरु शेर्पा, नीमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा छन् 

    • प्रकाशित मितिः चैत २, २०८१
    • २३९ पटक पढिएको
  • निजामति कर्मचारी सङ्गठनको प्रथम पालिका अधिवेशनबाट सीता लिम्बू अध्यक्षमा चयन

    इटहरी । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित नेपाल निजामति कर्मचारी सङ्गठनको प्रथम पालिका अधिवेशनबाट सीता लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको प्रथम पालिका अधिवेशनले लिम्बू अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा विजयकुमार शाह, सचिव नरबहादुर बोहोरा र कोषाध्यक्षमा सुदीप भट्टराई चयन हुनुभएको छ । यस्तै, सदस्यमा अर्जुन अधिकारी, सुरेन्द्रकुमार गुप्ता, सुनिता यक्सो, राधिका लिम्बू, सजन आचार्य, शिवराज कोइराला, सजना लिम्बू, शर्मिला हेम्ब्या र रोशन पौडेल रहनुभएको छ । नेकपा एमाले कोशी प्रदेश समितिका सदस्य राजकुमार चुडाल, नेपाल निजामति कर्मचारी सङ्गठन ताप्लेजुङ

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]