इटहरी । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलामा पाँचथरकी पुष्पा शेर्मा पहिलो हुनुभएको छ । गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना र धरान–१८ को वडा कार्यालयको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार भएको प्रतियोगितामा लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पूरा गर्नुभएको थियो । शेर्माले ४५ मिनट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । पुरुषतर्फ ओशन राई दोस्रो र स्काई लिम्बु तेस्रो हुनुभयो । महिलातर्फ दिपा बस्नेत दोस्रो र इन्द्रकला नेम्वाङ निक्की तेस्रो हुनुभयो । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशस् २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेताले हङकङमा आयोजना हुने सन् २०२६ हुने गोर्खा ट्रेल रनमा भाग लिन पाउनेछ ।