All Posts By कोशी प्रेस

    Showing ७,५२१-७,५३० of १३,७३९ items.
  • पाँचथर गोल्डकप उपाधिका लागि नमोबुद्ध र मच्छिन्द्र भिड्दै

    इटहरी । पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमो बुद्ध यूथ क्लब सप्तरीबिच हुँदै छ । शुक्रवार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकहरूले उपाधि कब्जा गर्ने दाबी गरेका छन् । जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । मच्छिन्द्रसँग अनुभव र स्टार खेलाडीको टिम रहेको छ । मच्छिन्द्र फुटबल क्लबलाई अनुभवी खेलाडीहरूको बलियो समर्थन छ । घरेलु खेलाडीहरूमा पूर्व राष्ट्रिय टिमका स्टार नवयुग श्रेष्ठ, जया गुरुङ, विशाल घलान जस्ता उत्कृष्ट खेलाडी छन् भने विदेशी खेलाडी स्टेफन र इब्राहिम टिमको बलियो पक्ष हुन् ।

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४१६ पटक पढिएको
  • किवानिस क्लब अफ तरहराले निःसहाय बाल आश्रममा बालबालिकासँग होली मनायो

    इटहरी | रंगहरूको पर्व होली केवल रमाइलोको लागि मात्र सीमित नभई सामाजिक सद्भाव, माया र सहयोगको प्रतीक पनि हो। यही भावनालाई आत्मसात गर्दै किवानिस क्लब अफ तरहराले इटहरीस्थित निःसहाय बाल आश्रमका बालबालिकाहरूसँग होली मनाएको छ।बालबालिकासँग होली खेल्दै क्लबका सदस्यहरूले उनीहरूलाई विभिन्न आवश्यक सामग्री सहयोग गरेका छन्। खाद्यान्नका साथै ल्याक्टोजिन, डायपर, तथा अन्य अत्यावश्यक सामग्रीहरू आश्रमलाई प्रदान गरिएको थियो। यसका साथै, क्लबका सल्लाहकार दुर्गा गिरीले व्यक्तिगत रूपमा रु. १०,००० नगद सहयोग समेत आश्रमलाई हस्तान्तरण गरेका छन्। क्लबका कार्यक्रम संयोजक मदन बस्नेतले यो सहयोग आश्रमका बालबालिकाहरूको दैनिक

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४८८ पटक पढिएको
  • सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

    इटहरी । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।  जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी

    • प्रकाशित मितिः चैत १, २०८१
    • ४१९ पटक पढिएको
  • धनकुटामा श्रीमान् मृत भेटिएपछि श्रीमती सहित पाँच जना पक्राउ

    इटहरी । धनकुटा जिल्लाको छत्तर जोरपाटी गाउँपालिका–२, फलैचास्थित गुरुङ टोलमा एक युवक मृत फेला परेका छन्।  मृतक ३८ वर्षीय खेम बहादुर दर्लामी मगर रहेको प्रहरीले जनाएको छ। मृतककै घरनजिकै मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए। स्थानीयले खबर गरे लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार मृतकको शरीरमा विभिन्न भागमा चोटपटक र नीलडामहरू देखिएको छ। प्रहरीले अनुसन्धानका श्रीमती सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ। पक्राउ पर्नेहरू

    • प्रकाशित मितिः चैत १, २०८१
    • ३४१ पटक पढिएको
  • छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरालाई

    इटहरी । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि।सि।एस। मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो । पहिलो सेमिफाइनल खेलमा आयोजक बि।सि।एस।सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि।सि।एस। ‘बि’ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बि।सि।एस। आयोजकसँग उपाधि भिडन्त पक्का गरेको हो । उपाधिसँगै मानाभराले नगद एक लाख एक हजार रुपियाँसहित

    • प्रकाशित मितिः चैत १, २०८१
    • ४११ पटक पढिएको
  • उदयपुरको त्रियुगा नगरपालिका द्धारा मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धनु कार्यक्रम सञ्चालनमा

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिकाले “मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभएको हो ।  यसै क्रममा वडा नं ३ मोतीगडाको स्वास्थ्य चौकीमा आयोजित जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवा सिविरको उद्घाटन गर्नुहुँदै नगर प्रमुख बस्नेतले राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रूपमा रहनुभएका ज्येष्ठ नागरिकहरू सामान्य स्वास्थ्योपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्येश्यले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । नगरपालिकाका

    • प्रकाशित मितिः चैत १, २०८१
    • ४२५ पटक पढिएको
  • डिभिजन वन कार्यालय उदयपुर द्धारा वन डढेलो नियन्त्रणका लागि सुरक्षा निकायलाई विशेष सामग्री हस्तान्तरण

    इटहरी । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।  कार्यालयले जिल्ला वन कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सम्बन्धि विभिन्न सामग्री हस्तान्तरण गरेको हो । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउ पुर्‍याउने उद्देश्यले सुरक्षाकर्मीलाई विभिन्न उपकरणहरू हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो । उहाँले अग्नी नियन्त्रण सामग्रीको प्रयोगले वन डढेलो नियन्त्र

    • प्रकाशित मितिः चैत १, २०८१
    • ३६७ पटक पढिएको
  • धनकुटामा सप्ताहव्यापी क्यान्सर सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल अर्वुद रोग निवारण संस्था धनकुटा शाखाको आयोजनामा धनकुटा जिल्लाभर सञ्चालित सप्ताहव्यापी क्यान्सर सचेतना तथा परामर्श कार्यक्रम एक समारोहबिच सम्पन्न भएको छ। फागुन २४ गतेदेखि सुरु भएको उक्त अभियान शुकबार सम्पन्न भएको हो । उक्त सम्पन्न अभियानमा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी, वडाका जनप्रतिनिधिहरू, आमा समूह, टोल सुधार समिति तथा विभिन्न समुदायका सदस्यहरूले लाभ लिनुभएको थियो । अभियानमा धूम्रपान, सुर्तिजन्य पदार्थका असर तथा क्यान्सर रोगसम्बन्धी विस्तृत जानकारी गराइएको थियो । यसका साथै क्यान्सर पराजित महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा समेत प्रद

    • प्रकाशित मितिः चैत १, २०८१
    • ३०९ पटक पढिएको
  • सुनसरीका युवकद्वारा झापामा आत्मदाहको प्रयास, प्रेमिका भागेर जोगिइन्

    झापाको कनकाई नगरपालिकामा एक युवकले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। सुनसरी इनरुवा-९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहीबार दिउँसो १२:२५ बजे कनकाई सामुदायिक वन नजिक आत्मदाह गर्न खोजेका हुन्।स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनलाई उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड लगियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ।चौधरी पछिल्ला केही दिनदेखि बिर्तामोड-४ स्थित सोफा हाउसमा काम गर्दै आएका थिए। घटनाका बेला उनी प्रेमिकासँग सडकमा हिँड्दै गर्दा विवाद भएको थियो। विवादकै क्रममा उनले प्रेमिका र आफूलाई पेट्रोल छर्केका थिए। प्रेमिका भाग्न सफल भएकी थिइन् भने चौधरीले शरीरमा

    • प्रकाशित मितिः चैत १, २०८१
    • ३१४ पटक पढिएको
  • "तस्वीर" कविता

    म हेरिरहन्छु यो तस्वीरऔधी मन पर्छ यी  तस्वीर म आफैलाई !!आफैले वर्णन गर्न अप्ठेरोप्रशंसा गर्न पटक्कै नमिल्ने सायद कवि भएर सुन्दरता खोज्नु पर्ला त्यो तस्वीरमा कहिले काँही यस्तो लाग्छ यही तस्विरमा ....किन अल्मलिन्छु ?किन घरी घरी सुन्दर लाग्छ ? किन के के नमिलेको घृणा जाग्छ ?फेरि प्रेम पनि उम्रन्छ यही तस्वीरमा  ।तर एउटै तस्विरमा कहिलेसम्म म आफै अलमलिनु ? तर फेरि आफैलाई मन पर्छ यो तस्वीर यो तस्वीरमा हराउनुको रहस्य बारम्बार घोत्लिनुको मतलवत्यो तस्वीरमा खोज्नुको सहानुभूति त्यही तस्वीरलाई मानक मानेर छुट्याइने गुणदोष अनि तस्वीरकै बहानामा बनाउन खोजिए

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ५४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]