इटहरी । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि।सि।एस। मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो । पहिलो सेमिफाइनल खेलमा आयोजक बि।सि।एस।सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि।सि।एस। ‘बि’ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बि।सि।एस। आयोजकसँग उपाधि भिडन्त पक्का गरेको हो । उपाधिसँगै मानाभराले नगद एक लाख एक हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको आयोजकले नगद ६० हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको बि।सि।एस। मेमोरियल क्लबका अध्यक्ष रूपहाङ साउदेनले बताउनुभयो । गत फागुन २५ गतेदेखि बि।सि।एस। मेमोरियल युवा क्लबको आयोजनामा खले सुरु भएको थियो । खेल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनकको बि।सि।एस। खेलमैदामा सञ्चालन गरिएको थियो । खेलको उद्घाटन फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिले गर्नुभएको थियो भने समापन कार्यक्रम कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सि। हाङ्गामको प्रमुख आतिथ्यतामा भएको हो ।  वि।सं। २०६५ सालमा स्थापना भएको बि।सि।एस। मेमोरियल क्लब तीन सहिदको नामबाट राखिएको क्लबका अध्यक्ष रूपहाङ लिम्बूको भनाइ छ । उहाँका अनुसार १० वर्षे जनयुद्धमा फक्ताङलुङ गाउँपालिका वडा नं। १ सावादिनका तीन जना सुदिप साउदेन ९विश्वास०, चन्द्र शेर्पा र सूर्य साउदेन ९सन्दीप०सहिद भएको थिए ।