All Posts By कोशी प्रेस

    Showing ७,५३१-७,५४० of १३,७३९ items.
  • हासपोसा एकेडेमीमा उल्लासपूर्ण रूपमा होली पर्व सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर १ स्थित आपगाछीमा  रहेको हाँसपोसा एकेडेमी अङ्ग्रेजी बोर्डिङ स्कुलले आज आफ्ना विद्यार्थीहरूसँग उल्लासपूर्ण रूपमा होली पर्व मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका सदस्यहरूले एकआपसमा रंग साटासाट गर्दै सामूहिक रूपमा होली खेले।विद्यालयका लागि आजको दिन विद्यार्थीहरूको लागि खुसी र उमङ्गको अवसर बनेको थियो। रंग, संगीत र उत्साहको वातावरणले विद्यालयलाई चिरपरिचित सांस्कृतिक स्थलका रूपमा प्रस्तुत गर्‍यो। विद्यार्थीहरूले विभिन्न रङ्गहरूका साथ होली खेल्दै आपसी भाइचारा र सद्भावको सन्देश फैलाए।कार्यक्रमको दौरान विद्यार्थीहरूले विभिन्न

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४४६ पटक पढिएको
  • रक्षामन्त्री राईको पहलमा सल्लेरीमा सडक ट्रयाक खोलिँदै

    इटहरी । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीस्थित नेपाली सेनाले भोगचलन गर्दै आएको सार्वजनिक क्षेत्रबाट सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ । रक्षामन्त्री मानवीर राईको पहलमा सो सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको हो । विगत लामो समयदेखि नेपाली सेनाले उपभोग गर्दै आएको सो क्षेत्रमा रक्षा मन्त्री एवं सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मानवीर राईको पहलमा सो बाटो सञ्चालनका लागि सहमति भएको हो । मन्त्री राईले पटकपटक नेपाली सेनाका प्रधानसेनापति तथा अन्य सम्बन्धित क्षेत्रमा संवाद गर्दै स्थानीयको आवश्यकतालाई मध्यनजर गरी तत्कालै बाटो खोल्न प्रयास गर्नुभएको थियो । हाललाई एम्बुलेन्स, जिप, मोटरसाइक

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ५४० पटक पढिएको
  • दोस्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख १२ देखी हुने

    इटहरी । पानबारी फुटबल क्लबको आयोजनामा दोस्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख १२ देखी हुने भएको छ । प्रतियोगिता वैशाख १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू निश्चित भैसकेका छैनन् । क्लबका अध्यक्ष कृष्णकुमार राई ९भुपाल०ले प्रतियोगितामा ‘ए’ र ‘बि’ डिभिजनका राष्ट्रिय फुटबल टिमलाई आमन्त्रण गरिएको बताए । उनले भने ‘छिमेकी राष्ट्र भुटानको फुटबल क्लब आउन सक्ने भएकोले प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको बन्न सक्ने सम्भावना छ ।’ प्रतियोगिता धरान(६ स्थित बाजिपाक फुटबल ग्राउन्डमा हुनेछ । प्रतियोगिताको विजेता टिमलाई २ लाख २२ हजार २२२ रुपैयाँ सहित रनिङ क

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ३६६ पटक पढिएको
  • प्रगतिशील लेखक सङ्घ संखुवासभाको नयाँ कार्यसमिति चयन

    इटहरी । प्रगतिशील लेखक सङ्घ संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति सचिव सनम थापा, सहसचिव कवि राम गुरुङ, कोषाध्यक्षमा तारा घिमिरे, सदस्यहरूमा साहित्यकार कृष्ण चापागाईँ, गीताञ्जली कटुवाल र पार्वती नेपाली चयन भएको निर्वाचन समिति संयोजक मानसिंह पोखरेलले जनाएका छन् । सङ्घको प्रथम बैठकले लक्ष्मी ढुङ्गाना, प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला र कृष्णबहादुर चापागाईँलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक, भौगोलिक आधारमा थप सदस्यहरू मनोनयन गरिने छ । अधिवेशनमा सङ्घको कोशी प्रदेश अध्यक्ष तीला ल

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ३१० पटक पढिएको
  • विराट गोल्डकपको उपाधि थ्री स्टारलाई, चर्च ब्वाइज पराजित

    इटहरी । दुई पल्टको च्याम्पियन थ्री स्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले गोल गरे । थ्री स्टारले दोस्रो गोल ६३ औ मिनेटमा ग¥यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • २७९ पटक पढिएको
  • पहाडी तथा हिमाली जिल्लामा बिहीबार हर्षोल्लहासका साथ होली पर्व मनाइयो

    इटहरी । पहाडी तथा हिमाली जिल्लामा बिहीबार फागु पूर्णिमा अर्थात होली मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ । होलीको दिनमा विशेष रुपमा बालबालिका देखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाएर, नाच गान गरेर र मिठो परिकार बनाइ खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । रङको पर्व भनिने होली धनकुटामा पनि एक आपसमा रङ लगाएर मनाइएको छ । होली पर्वको अवसरमा बालबालिका देखि यूवा पुस्ताले एक अर्का माथि विभिन्न प्रकारका रङहरु लगाइ शुभकामना साटासाट गरी होली मनाएका हुन् । धनकुटाका विभिन्न चोकमा होली विशेष कार्यक्रमहरु आयोजना भएका थिए । धनकुटाको एभोकार्डो पार्कमा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • २७५ पटक पढिएको
  • दोस्रो सेमी फाइनलमा चर्चब्वाइज र नमोबुद्ध भिड्दै

    इटहरी । पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज चर्च ब्वाइज काठमाडौं र नमोबुद्ध युथ क्लब सप्तरीबिच प्रतिस्पर्धा हुँदैछ । दुबै टोली उपाधि यात्रालाई एक कदम अघि बढाउने लक्ष्यसहित मैदानमा उत्रने छन् । चर्च ब्वाइज काठमाडौं लिग लिडरका रूपमा अनुभवसम्पन्न बलियो टोली हो । टोलीसँग विदेशी खेलाडी तल्ला र फोफोना रहेका छन् । राज भुसाल र अभिषेक महतोजस्ता दक्ष घरेलु खेलाडीहरूले टोलीलाई मजबुत बनाएका छन् । मैदानको अनुभव र खेल नियन्त्रण गर्ने क्षमताका कारण चर्च ब्वाइजलाई फाइनलको प्रमुख दावेदारको रुपमा हेरिएको छ । यता, नमोबुद्ध युथ क्लब पनि कमजोर छैन । टोलीसँग विदेशी खेलाडी एलेक्स विलियम

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४३६ पटक पढिएको
  • झापा जलथल जङ्गलमा सडेगलेको अवस्थामा हात्ती फेला

    इटहरी । झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो । जङ्गलमा मृत हात्तीलाई अन्य ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् । बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताउनुभयो । हात्तीको दाराको टुप्पो

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ३७६ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

    इटहरी | जनता बहुमुखी क्याम्पस इटहरीमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।निर्वाचन समितिले मङ्गलवार सूचना जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।निर्वाचन संयोजक सञ्जीवकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा आगामी सूचना नआएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नहुने जनाइएको छ।जनता बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीले निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै निर्वाचन समितिको कार्यालयमा

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ७३२ पटक पढिएको
  • रुखको हाँगाले लागेर एक जनाको मृत्यु

    इटहरी। सुुकेको रुख काट्ने क्रममा इलामको देउमाइ नगरपालिका–५ मा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय २८ वर्षीय प्रेम लिम्बूू रहेका छन् । स्थानीय चन्द्रबहादुर कार्कीको बारीमा रहेको सुुकेको रुख ढाल्ने क्रममा उक्त रुखको हाँगाले लाग्दा लिम्बूूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी मानबहादुर राईले बताउनुुभयो । डिएसपी राईका अनुुसार अहिले घटना स्थलमा प्रहरी टोली पुुगि सकेको छ । मृतक लिम्बूूले भने विगत देखिनै रुख काट्ने काम गर्दै आउनुुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ३३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]