All Posts By कोशी प्रेस

    Showing ७,५९१-७,६०० of १३,७४२ items.
  • कटहरीमा रेलमार्ग निर्माणको बाटो खुल्यो, मुआब्जा विवाद अन्त्य

    इटहरी । भारतको बथनाहा रेलवे स्टेसनबाट मोरङको कटहरी ९महेशपुर० सम्मको रेलमार्गमध्ये नेपालतर्फको निर्माण तयारी थालिएको छ । बथनाहादेखि कटहरीसम्मको १८।६ किलोमिटर रेलमार्गको नेपालतर्फ जग्गा मुआब्जासम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर रिट खारेज भएपछि रेलमार्ग निर्माण कार्य आरम्भ हुने भएको हो ।  कटहरी गाउँपालिकाका २२ जना स्थानीयले मुआब्जा निर्धारणमा असन्तुष्टि व्यक्त गर्दै पुनरवलोकनको मागसहित सर्वोच्चमा दायर गरेको रिट खारेज भएको हो । भारतले निर्माण गर्ने बथनाहा–कटहरी रेलवेका लागि जम्मा २१ बिघा क्षेत्रफल जग्गाको मुआब्जा विवाद टुङ्गिएपछि यसको जानकारी रेलवे विभागले भारतीय पक्षलाई पनि गराएको छ । रे

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ३३८ पटक पढिएको
  • पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

    इटहरी। छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा  पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफ

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • १३७ पटक पढिएको
  • रतुवा खोलामा पुल बनेपछि विराटनगर–गौरीगन्ज यात्रा सहज, ४६ किमि दूरी घट्यो

    इटहरी । विराटनगरबाट–रङ्गेली हुँदै झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा पुल बनेपछि ४६ किलोमिटर सडक छोट्टिएको छ । यसअघि झापाको गौरीगन्जबाट मोरङको आम्बारी बजार आउन दमक हुँदै उर्लाबारी आएर दक्षिण लाग्नु पथ्र्यो । रतुवामा पुल निर्माण भएपछि उक्त बाटो सात किलोमिटर यात्रा तय गरेपछि पार गर्न सकिन्छ । मोरङको आम्बारीबाट महादेवा हुँदै झापाको खजुरगाछी–गौरीगन्ज पुग्न विराटनगर हाटखोलाबाट बस छुट्न थालेका छन् । रङ्गेली, डाइनिया आम्बारी हुँदै झापाको गौरीगन्जसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा आएपछि दक्षिणी मोरङका ग्रामीण बजारसँग झापाका बजारको सिधा सम्पर्क स्थापित भएको छ ।  विराटन

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • १७९ पटक पढिएको
  • सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु

    इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ । बिहीबार सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले शिलान्यास गरेसँगै कालोपत्रेको काम सुरु भएको हो । सडक डिभिजन हर्कपुर ओखलढुङ्गाको लागत र सोलुदूधकुण्ड नगरपालिकाको पहलमा निर्माण सुरु भएको उक्त सडकको लागत भ्याटसहित एक करोड ८१ लाख चार हजार ७५० रुपियाँ छ । भुजेल निर्माण सेवा ओखलढुङ्गाले निर्माणको जिम्मा पाएको सडकको कालोपत्रेको काम गएको माघबाट सुरु गरी आगामी असार २० गतेभित्र सम्पन्न गरिने सझौता पत्रमा उल्लेख छ । सडकको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रम

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • २८७ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो । किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका किसानलाई हाल परिचयपत्र वितरण गर्दै आएको सिदिङ्वा गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । कृषि विकास शाखा प्रमुख विकास थेबेका अनुसार किसान सूचीकृत भई परिचयपत्र छपाई अर्थात बनेर आएका किसानलाई धमाधम परिचयपत्र वितरण गर्न थालिएको हो । गाउँपालिकाका सबै वडामा गरी हालसम्म किसान सूचीकरण प्रणालीमा एक हजार ८५० घर परिवार सूचीकृत भइसकेका छन् । सूचीकृत भएकामध्ये एक हजार ३०० किसान परिवारको परिचयपत्र छपाई भएर आए

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ११७ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा नेपाल विद्यार्थी संघबाट सुमन बाबु बस्नेत सभापति पदका उम्मेदवार

    इटहरी | इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुमन बाबु बस्नेतले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।नेपाल विद्यार्थी संघले बस्नेतलाई क्याम्पसमा विद्यार्थी हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूका समस्या समाधानका लागि योग्य उम्मेदवारका रूपमा अगाडि सारेको हो। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षाको पहुँच, क्याम्पस भौतिक पूर्वाधार सुधार तथा छात्रवृत्ति व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।स्ववियु निर्वाचनलाई लक्षित गर्दै क्याम्पसमा विभिन्न विद्यार

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ६६२ पटक पढिएको
  • ‘हेलो सरकार पोर्टल’ सञ्चालनसम्बन्धी गोष्ठी

    इटहरी । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फसचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पहुँचविहीन नागरिकको समस्या तत्काल सम्बोधन भएमा राष्ट्रसेवक कर्मचारीप्रति नागरिकको धारणामा पनि परिवर्तन आउने विचार राख्दै कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको होलो मुख्यमन्त्री ९सिएम० कार्य

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २४२ पटक पढिएको
  • धरानमा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा बरामद

    इटहरी। धरान उपमहानगरपालिकामा तीन राउण्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान धरान–२० चिमफुले खोलाबाट गाँजा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले भरिया आउँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्न खोज्दा भरिया भारी छोडेर भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरी धनकुटाका ४३ वर्षीय हरिकुमार राई र ९ वटा बोरामा प्लास्टिकसहित दुई सय ३० केजी र प्लाष्टिक बाहेक दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएको इ

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • ३८० पटक पढिएको
  • चित्रकलामार्फत पर्यटन प्रवर्धन

    इटहरी । पर्यटन प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन् तर पछिल्लो समय चित्रकला पनि प्रवर्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार साथै विभिन्न सङ्घ संस्थाले नेपालका प्रसिद्ध पर्यटकीय स्थललाई क्यानभासमा उतार्दै विश्वभर फैलाउने अभियान सुरु गरेका छन् । नेपालका चर्चित चित्रकार तथा मूर्तिकार धनु याक्खाको समूह ओखलढुङ्गा आइपुगेको थियो । उहाँसँग लिथुआनियाका चित्रकार मारियस र नेपालकै चर्चित चित्रकार विवेक मुकारुङ हुनुहुन्थ्यो । ओखलढुङ्गाको ठाँडे, जन्तरधाप र सोलुखुम्बुको पत्तालेबाट देखिने हिमशृङ्खलाको मनोरम दृश्य प्रत्यक्ष रूपमा चित्र बनाउनका लागि उहाँहरू यहाँ आउनुभएको थियो । जह

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • २३८ पटक पढिएको
  • धाप्लाङघाटमा पक्की पुल निर्माण तीव्र गतिमा, निर्माण कार्यमा सुधार

    इटहरी । सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम अन्योलग्रस्त भएको थियो । खोटाङबाट निर्वाचित प्रदेश सभा सदस्य एवं वर्तमान कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई तथा उदयपुर–१ का सङ्घीय सांसद डा। नारायण खड्काको निरन्तर प्रयासपछि निर्माण कम्पनीले पुल निर्माणको कामलाई अगाडि बढाएको हो । यो पुलले खोटाङको वराहा पोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्छ ।   पुल निर्माणको ठेक्का पाएको निर्माण कम्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • १७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]