इटहरी | इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुमन बाबु बस्नेतले सभापति पदमा उम्मेदवारी दिने भएका छन्।

नेपाल विद्यार्थी संघले बस्नेतलाई क्याम्पसमा विद्यार्थी हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूका समस्या समाधानका लागि योग्य उम्मेदवारका रूपमा अगाडि सारेको हो। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षाको पहुँच, क्याम्पस भौतिक पूर्वाधार सुधार तथा छात्रवृत्ति व्यवस्थापनलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।

स्ववियु निर्वाचनलाई लक्षित गर्दै क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्नो रणनीतिमा जुटिरहेका छन्। प्रतिस्पर्धी समूहहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता बस्नेतले जनाएका छन्।

विद्यार्थीहरूका अधिकार र शैक्षिक सुधारका मुद्दालाई केन्द्रमा राख्दै निर्वाचनमा होमिएका सुमन बाबु बस्नेतलाई धेरैले सक्षम उम्मेदवारका रूपमा लिएका छन्। आगामी निर्वाचनमा विद्यार्थीहरूले योग्य नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।