All Posts By कोशी प्रेस

    Showing ७,६२१-७,६३० of १३,७४३ items.
  • मिक्लाजुङ गाउँपालिका द्धारा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

    इटहरी । मिक्लाजुङ गाउँपालिकाले गाउँपालिका क्षेत्रका दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ ।  मंगलबार आयोजित कार्यक्रममा ३६ सिट क्षमताका दुई थान बस हस्तान्तरण गरिएको हो। स्कुल बस प्राप्त गर्ने विद्यालयहरूमा वडा नं. ३ स्थित कालिका सामुदायिक विद्यालय र वडा नं. ७ स्थित भगवती माध्यमिक विद्यालय रहेका छन् । गाउँपालिका अध्यक्ष बविकुमार राईका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीहरू विद्यालय पुग्न लामो दूरी पार गर्नुपर्ने भएकाले सहज आवागमनका लागि बस प्रदान गरिएको हो । विद्यालयहरूको अनुरोधलाई प्राथमिकता दिँदै बस हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कालिका सामुदायिक विद्यालयका प्रधानाध्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • १६४ पटक पढिएको
  • मिक्लाजुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजनामा तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा  सोमबार मधुमल्ला अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सञ्चालन भएको शिविरमा ३ सय ४६ जनाले स्वास्थ्य सेवा लिएका थिए भने ६३ जनालाई थप उपचारका लागि नोबेल हस्पिटल, विराटनगर रिफर गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य प्रमुख चिन्तामणि पोखरेलले अधिकांश रिफर गरिएका बिरामीहरू नाक, कान, घाँटी तथा आँखा रोगका बिरामी भएको बताउनुभयो । स्वास्थ्य शिविरमा स्त्रीरोग, जनरल मेडिसिन, नाक–कान–घाँटी, हाडजोर्नी, नसारोग, आँखा जाँच, बालरोग, रेडियोलोजी, क्या

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २०२ पटक पढिएको
  • विद्यार्थीमा भाइरल इन्फ्लुएन्जा ‘ए’ पुष्टि

    इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको भाइरल इन्फ्लुएन्जा ‘ए’ रोग भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्यापछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएपछि सो रोग पुष्टि भएको हो  । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार १० जनाको स्वाव परीक्षण प्रतिवेदन प्राप्त भएकोमा ७ जनामा भाइरल इन्फ्लुएन्जा  ‘ए’ भएको पुष्टि भएको छ । स्वाव सङ्कलन गरिएकोमध्ये परीक्षण गरिएका १० जनामा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • १५९ पटक पढिएको
  • एसईईका लागि ताप्लेजुङमा १७ परीक्षा केन्द्र निर्धारण

    इटहरी  । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा एसईईका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो। जसमा भानु जनमाध्यमिक विद्यालय, सिंवा मावि लिङ्खिम परीक्षा, युवा वर्ष माध्यमिक विद्यालय दोखु, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ, जनता माध्यमिक विद्यालय हाङदेवा, मोती माध्यमिक विद्यालय खोक्लीङ, त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिनाम माध्यमिक विद्यालय सिनामलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख युगमणि सवेन्हाङले बताउनुभयो । उहाँका अनुसार थेचम्बु माध्यमिक विद्या

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २११ पटक पढिएको
  • भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

    इटहरी ।  किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे ९डल्ले० खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो । बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने लक्ष

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ११५ पटक पढिएको
  • सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलाममा आधा दर्जन घर जोखिममा

    इटहरी  । निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्योदय नगरपालिका–५ को सिमाना भएर बग्ने सिद्धिखोलामा निर्माणाधीन १० मेघावाट क्षमताको विद्युत् योजनाको पाइप लाइन विस्तारका व्रmममा रोङ–६ का आधा दर्जन घर जोखिममा परेका हुन् । आयोजनाका कारण स्थानीय विव्रmम राई, गणेश राई, मैतसिङ राईको घर पहिरोको जोखिममा परेका छन् । आयोजना निर्माणका कारण यी घरभन्दा तलका घर पहिरोको जोखिममा परेको भन्दै स्थानीयवासी त्रसित बनेको स्थानीय गोविन्द्र पौडेलले जानकारी दिनुभयो । स्थानीय विव्रmम राईले आयोजनाका कारण घर जोखिममा पर्दा आफूहरूको

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ११९ पटक पढिएको
  • माझी समुदायद्वारा सप्तकोसी नदीमा परम्परागत लदी पूजा सम्पन्न

    इटहरी। माझी समुदायले सप्तकोसी नदीमा सामूहिक रूपमा लदी पूजा मनाएका छन्। सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मङ्गलबार मनाउने लदी अर्थात् पानीको पूजा सप्तकोसी नदीमा भेला भएका माझी समुदायले सामुहिक रूपमा मनाएका छन् । माझीहरूले जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिने परम्परा अनुसारै सप्तकोसी नदीको शिशौली घाट किनारमा ढुङ्गाको देउता, बास, सिमली गाडेर डुङ्गा, माछा मार्ने जाल, फुरुंगोलाई पूजा गरेका छन् । सुनसरीको वराहक्षेत्र ७ र २ को सीमानामा रहेको सप्तकोसी नदीको शिशौली घाटमा भेला भएका माझीहरूले लदीमा पञ्चवली दिएर सामुहिक रूपमा कोसीको

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • १४५ पटक पढिएको
  • झुम्काको युनिक एकेडेमी स्कुलको २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती समारोह सम्पन्न

    सुनसरी | सुनसरीको झुम्कामा रहेको युनिक एकेडेमी स्कुलको २५ औं वार्षिकोत्सब एवम् रजत जयन्ती समारोह सम्पन्न  भएको छ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुखको आथित्यता तथा युनिक एकेडेमी स्कुलका प्रिन्सिपल उमेश थापाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।सो अवसरमा विद्यालयको विकास, शैक्षिक गुणस्तर वृद्धि, तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा सल्लाहकारदिल कुमार बन, प्याब्सन केन्द्रिय कार्यसमितिका पूर्व उपाध्यक्ष तथा प्राज्ञिक सल्लाहकार शंकर थापा,पूर्व प्याब्सन कोशी प्रदेश सदस्य तथा सुनसरी जिल्ला क

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ८२३ पटक पढिएको
  • विराट गोल्डकप : आयोजकसँग कोलकाता स्तब्ध

    विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ ।विराटनगरमा सोमबारदेखि सुरू भएको गोल्डकपको पहिलो खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा पाहुना टोलीमाथि आयोजकले संघर्षपूर्ण जित निकालेको छ ।आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।खेलको ३४ मिनेटमा कोलकाताले

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २८२ पटक पढिएको
  • इटहरीमा कोशी मिनी यन्त्र ३.० समापन

    इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा समापन भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित २ दिने कोशी यन्त्र ३.० कार्यक्रम फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा सपन्न भएको हो । कार्यक्रमको अध्यक्षता रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारले गर्नुभएकोे भने प्रमुख अतिथिका रूपमा पुर्वा अञ्चल विश्व विधालयका रजिस्टार निल मनि पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रमका विचमा नेपालकै पहिलो रोबोट साइबरडगको

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • २९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]