All Posts By कोशी प्रेस

    Showing ७,६३१-७,६४० of १३,७४३ items.
  • सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका आगलागी पीडित परिवारलाई राहत वितरण

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(६ हमुनाम चौकमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ । आईतवार साँझ लागेको आगोले चार परिवारको पाँच वटा घर जलेर नष्ट भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद सहितको टोलीले तत्काल एक महिना पुग्ने खाध्यान, त्रिपाल, कपडा र भाडाकुडा राहत उपलब्ध गराएको हो । स्थानीय शिक्षक प्रदिप मेहताले दिनुभएको जानकारी अनुसार भोक्राहा नर्सिङ ६ स्थित उराँव टोलमा आगलगी हुदाँ बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सवो उराव लगायतको चार परिवारको घर पूर्णरुपमा जलेर नष्ट भएकाले गाउँपालिकाले राहत उपलब्ध गराएको छ । 

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • २७९ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज निर्माण सुरु

    इटहरी  । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज अर्थात् मोटर गुड्ने पुल निर्माणको काम सुरु भएको छ । भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडक सञ्जालका रुपमा रहेको तमोर कोरिडोर जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको हो । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको सुकेपानीस्थित तमोर नदीमा शनिबारदेखि बेलिब्रिज निर्माणको काम सुरु भएको हो । तमोर कोरिडोर ९सुभाङखोला–दोभान–ओलाङ्चुङगोला० सडक योजनाका अनुसार बेलिब्रिज निर्माणको जिम्मा पाएको निर्माण कम्पनी शक्तिकुण्ड सुष्मा जेभीले काम सुरु गरेको हो । सडक योजनाका प्रमुख सिंहबहादुर बिष्टका अनुसार तमोर कोरिडोर सडकको इलाडाँडा–स

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ४४३ पटक पढिएको
  • प्रथम कोशी प्रदेश खेलकुद महोत्सव ः प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

    इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको टोलीले जितेको छ । विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथरको टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक–एक गोल थप्दै झापाको जित सुनिश्चित गर्नु भएको थियो । प्रतियोगिताको फाईनल खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी मन

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ३२८ पटक पढिएको
  • सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

    इटहरी । सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।  बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो । घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहे

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • १८८ पटक पढिएको
  • उदयपुर चौदण्डीगढीका ३ उर्लाबारीका २ र भद्रपुरका १ युवा लागुऔषध सहित पक्राउ

    इटहरी । उदयपुरको चौदण्डीगढी नपा(७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय निशान मगरलाई प्रहरीले आइतबार लागुऔषध सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूबाट ट्रामाडोल १२०, स्पास्पेन १०० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । मोरङ उर्लाबारी(७ का २१ वर्षीय विजय शर्मा, २० वर्षीय पुजन गिरी र १८ वर्षीय सुजन सिवालाई झापाको अस्थायी प्रहरी पोस्ट ताराबारीको गस्ति टोलीले लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट ट्रामाडोल ७३ चक्की, स्पास्पेन ८० चक्की बरामद गरेको

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • १६५ पटक पढिएको
  • माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु, २१ किलोमिटर बाटो बनाइने

    इटहरी ।  भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिनुभयो । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो ।  आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ३३० पटक पढिएको
  • भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

    इटहरी ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताउनुभयो । अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ११९ पटक पढिएको
  • मुकेश मेमोरियललाई सहिद कप भलिबलको उपाधि

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ । कुञ्जारी स्पोर्टिङ क्लब सिकैँचालाई सोझो सेटमा हराउँदै आम्बेगुदिनले उपाधि जितेको हो । आम्बेगुदिनले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ को अङ्कसहित जित निकालेको हो । उपाधि जितसँगै आम्बेगुदिनले १० हजार ५०० रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको कुञ्जारीले पाँच हजार रुपियाँ र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । सहिद सप्ताहको अवसरमा नेकपा ९माओवादी केन्द्र० वडा कमिटी सिकैँचाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजेता र उपविजेत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • २५१ पटक पढिएको
  • बराह सहकारी काण्ड, १० अर्बभन्दा बढी हिनामिना, २६२ जनाविरुद्ध मुद्दा दर्ता

    इटहरी। बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुईसय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । बराह सहकारीले सर्वसाधारणको १० अर्ब ७३ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीलाई पनि प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दायर गरेको इलाका प्रहरी कार्यालय सुनसरीको प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मुद्दा दायर भएकोहरुमध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको मागदाबी गरिएको छ । दुईसय १० ज

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • २३० पटक पढिएको
  • सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित

    इटहरी । सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो । समूहको १३ सदस्यीय कार्य समितिको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिवमा बालकुमारी थापा, कोषाध्यक्षमा षष्टिका राई, सदस्यहरूमा उपासि ताजपुरिया, पञ्चमाया तामाङ्, तुलसा पैडेल, सृजना खुलाल, बिनु कार्की, धनकुमारी राई रहनुभएको छ । संविधानसभा सदस्य लीला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास, पत्रकार रमेशचन्द्र अधिकारी, स

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • १९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]