All Posts By कोशी प्रेस

    Showing ७,७०१-७,७१० of १३,७४३ items.
  • भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

    इटहरी। भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।  नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ  स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन्   । लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ   स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ  स्थापना गरिएको

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २९८ पटक पढिएको
  • हावाहुरीले इनरुवामा केरा खेतीमा ठूलो क्षति, करोडौंको नोक्सान

    इटहरी । दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ ।  आइतबार राति र सोमबार साझँको हावाहुरीले खेतमा लगाएको केराको बोट ढलेर क्षति भएको हो । हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएपछि किसान चिन्तित भएका छन् । भोक्राहा नरसिंह २ का केरा किसान जब्बार मियाँका अनुसार भोक्राहा र इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवामा १४ विघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेकोमा  हावाहुरीले हजारौं बोट ढलेर ठुलो क्षति भएको छ । फल्न सुरु गरेको र केही तयारी हुने अवस्थामा रहेको केरा हावाहुरीले लडाएकाले लगानी उठा

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २६१ पटक पढिएको
  • थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि निःशुल्क जग्गा प्राप्त

    इटहरी। बाढीले बगाएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको छ । थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । गाउँपालिकाको अनुरोधमा स्थानीय निमा सेर्पिनीले निःशुल्क जग्गा प्रदान गर्नुभएको हो । गत साउन ३१ गते गएको हिम पहिरोका कारण आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले स्वर्गीय श्रीमान् साङ्गेछोतर शेर्पाको सम्झनामा निःशुल्क जग्गा प्रदान गर्नुभएको खुम्बुपासाङल्हामु गाउँपालिका(४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • १७९ पटक पढिएको
  • महेन्द्रोदय माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    भोजपुर । भोजपुरको अरुण गाउँपालिको  महेन्द्रोदय  माध्यमिक विद्यालयको  ६८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरको छ ।अरूण गाउँपालिका वडा नम्बर -६ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र दाहालको अध्यक्षता तथा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आथित्यता कार्यक्रम गरिएको थियो । विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन, वार्षिकउत्सवको उपलक्ष्यमा भएका विद्यार्थी तथा अभिभावको विचमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता भएका लाई पुरस्कार तथा प्रमाण पत्र वितरण, भर्खरै सम्पन्न विद्यालयका शिक्षक हरुको वि

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ६७६ पटक पढिएको
  • सशस्त्र प्रहरीमा थारु तथा मुस्लिम भनेर स्पष्ट उल्लेख गरिनुपर्छ: पूर्वमन्त्री चौधरी

    सुबास घिमिरे। काठमाडौँ, १२ फागुन ।  प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले संविधानले दिएको संवैधानिक अधिकार कानुनले काट्न नमिल्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा  सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी छलफलमा भाग दिँदै सांसद चौधरीले त्यस्तो बताउनु भएको हो। विधेयकले थारु र मुस्लिमलाई वा भनेर उल्लेख गरी समावेशी व्यवस्थाको उल्लङ्घन गरेको बताउनु भएको छ । उँहाले भने, 'थारु समुदायलाई ५ प्रतिशत छुट्टाएको जुन सरासर गलत छ । विधेयमा भएको थारु वा मुस्लिम भनेर राखिएको व्यवस्था सरासर गलत छ । यसमा थारु तथा मुस्लिम भनेर

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १९८ पटक पढिएको
  • साहित्यकार झमक घिमिरे यस वर्षको कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित

    इटहरी । साहित्यकार झमक घिमिरे यस वर्षको कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित हुनुभएको छ। प्रदेश खबर डटकमबाट प्रदान गरिने अवार्ड आइतवार झमक निवास धनकुटा ६ कचिंडेमा वितरण गरिएको हो । प्रदेश खबर डटकमका सञ्चालक पवन अधिकारीले अवार्ड प्रदान गर्नुभएको हो । गत फागुन ७ गते उक्त अवार्ड प्रदान गरिने कार्यक्रम भएपनि घिमिरे उक्त कार्यक्रममा जान नसकेपछि आइतबार घरैमा पुगेर अवार्ड प्रदान गरिएको अधिकारीले बताउनु भयो । सो अवसरमा घिमिरेलाई २५ हजार नगद सहयोग गरिएको छ । अवार्ड वितरणमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले पुरस्कृत व्यक्तित

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ४४४ पटक पढिएको
  • सहिद भीमनारायणको सपना पुरा हुनुपर्ने परिवारजनको भनाइ

    इटहरी । सहिद भीमनारायण श्रेष्ठको सपना पुरा गर्न सबैले ध्यान दिनुपर्ने परिवारजनले बताएका छन् । छैटौ धनकुटेली समागमले सहिद भीमनारायण श्रेष्ठ पत्नी लक्ष्मीदेवि श्रेष्ठलाई अभिनन्दन गरेको कार्यक्रममा परिवारले सहिद भीमनारायण मात्रै होइन सबै सहिदको सपना पुरा हुनुपर्ने बताएका हुन् । भीमनारायणका पुत्रहरु मनोज नारायण श्रेष्ठ र मनोहर नारायण श्रेष्ठले सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान गठन गरेर केही काम हुँदा भीमनारायण श्रेष्ठ प्रति सम्मान भएको अनुभुति भएको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना र मानव अधिकारको संरक्षणका लागि आफ्नो जीवन समर्पण गर्ने सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदे

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • २२२ पटक पढिएको
  • सुक्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

    इटहरी । सुक्खा पहिरो खसेपछि कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ । बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग–डाँडा खण्डमा ढुङ्गासहितको पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । सदरमुकाम खाँदबारीबाट १ सय ९ किलोमिटरको दूरीमा रहेको ठाउँमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला–खाँदबारी आउने तथा खाँदबारीबाट गएका गाडी पनि बाटोमै रोकिएका छन् । पहिरोले झन्डै ३० मिटर सडक पुरिएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ३०० पटक पढिएको
  • इटहरीको जनता स्कुलमा सिट सङ्ख्याभन्दा दोब्बर बढी आवेदन

    इटहरी । इटहरीस्थित जनता स्कुलको यस वर्षको भर्नामा समेत अभिभावकहरूको उत्साहजनक चासो देखिएको छ । सरस्वती पूजाकै दिन ३५० वटा आवेदन आएकोमा निरन्तर आवेदन दिने विद्यार्थीहरू बढिरहेको प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष सेक्टर १ मा १८५ र सेक्टर २ मा २४० जना विद्यार्थी भर्ना लिन लागिएको छ । जसअनुसार सेक्टर १ मा नर्सरीमा २५ जना र कक्षा ६, ७, ८ र ९ मा ४०–४० जनाका दरले भर्ना लिन लागिएको छ भने सेक्टर २ मा कक्षा ४ देखि ९ सम्म ४०(४० जनाका दरले विद्यार्थी भर्ना लिन लागिएको हो । दुवै सेक्टरमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ४३२ पटक पढिएको
  • मकालु हिमाल आरोहणको ७० औँ वर्षमा दक्षिण एशियाली श्रष्टाहरुको भेला हुँदै

    इटहरी । मकालु हिमाल आरोहण खुला गरिएको ७०औँ वर्ष पुरा भएकोमा हिमाल नजिक संखुवासभाको मकालु गाउँपालिकाको नुममा दक्षिण एशियाली साहित्यिक, सांस्कृतिक श्रष्टाहरुको भेला हुने भएको छ । नेपाल स्थित मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिम चुचुरा हो । मकालुको उचाइ ८४६३ मिटर छ । हिमालकै नाममा गाउँ विकास समिति छ । मकालु शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा नुम बजारमा ४ दिने साहित्यिक(सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो । महोत्सवमा भारत, बङ्गलादेश र भुटानका श्रष्टाहरू सहभागी हुने छन् । फागुन १४ देखी १७ गते सम्म हुने महोत्सवको तयारी भइरहेको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले ब

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]