भोजपुर । भोजपुरको अरुण गाउँपालिको महेन्द्रोदय माध्यमिक विद्यालयको ६८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरको छ ।
अरूण गाउँपालिका वडा नम्बर -६ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र दाहालको अध्यक्षता तथा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आथित्यता कार्यक्रम गरिएको थियो ।
विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन, वार्षिकउत्सवको उपलक्ष्यमा भएका विद्यार्थी तथा अभिभावको विचमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता भएका लाई पुरस्कार तथा प्रमाण पत्र वितरण, भर्खरै सम्पन्न विद्यालयका शिक्षक हरुको विचमा भएका हाजिरिजवाफ प्रतियोगीतामा विजेता बनेका शिक्षवछको सम्मानार्थ पुरस्कार तथा प्रमाण पत्र वितरण, उत्कृष्ट विद्यार्थीहरु लाइ पुरस्कार तथा प्रमाणपत्र वितरण र विद्यालयलाई आर्थीक तथा भौतिक सहयोग गर्नुहुने अभिभाकहरुलाइ प्रशंसा पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले आउँपालिकाले शिक्षा क्षेत्रको विकास नभई कुनै पनी क्षेत्रको विकास असम्भव रहेकोले शिक्षा क्षेत्रको विकाशका लागी शिक्षा शाखा, शिक्षा समिति, प्रधानारध्यापकहरू र शिक्षाविदहरुसँग समन्वय गरी आवश्यकीय सहयोगहरु गरिरहेको र आगामी दिनहरुमा पनि निरन्तरता दिइरहने बताउनु भयो ।
उहाँले भन्नुभयो हामी सँग धेरै विद्यार्थीहरुले १२ कक्षा पास गरेका छौ, टाढा गएर क्याम्पस पढ्ने, आर्थिक अवस्था छैन, धेरै छोरी बुहारीलाई भन्नुभयो १२ पास गर्ने वित्तिकै विबाह भयो, घर व्यवहारले गर्दा पढाइलाइ निरन्तरता दिन सकिएन, नजिकै क्याम्पस पढ्न पाए पढ्ने थियौ भनेर गुनासो गर्नुभयो ।
उहाँहरुको गुनासोलाई सम्वोधन गर्न पहल गर्यौ र प्याउलीमा अरुण वहुमुखी क्याम्पस संचालनका लागी सम्वन्धन प्राप्त गरेका छौं, शिक्षा शास्त्र संकाय तर्फ B.Ed. कक्षा संचालनको सम्वन्धन प्राप्त भइसकेको छ र व्यवस्थापन संकाय तर्फ B.B.S. को लागी पनि सम्पूर्ण तयारी भइसकेकोले आगामी वर्षदेखि प्याउलीमा स्नातक तहको कक्षा सन्चालन हुनेमा विश्वस्त रहन सबैमा आग्रह गर्नुभयो ।
उहाले थप्नुभयो पढ्न र ज्ञान आर्जन गर्न कहिल्यै बुढो हुड्दैन, पहिले १२ कक्षा पास, आइ.एपास गर्नु भएको होला, प्रमाणपत्रहरू छरपस्टहोलान, कतिले काम छैन भनि राखेको ठाउँ समेत विसिसक्नु भएको होला तर अब तपाइका प्रमाणपत्रहरू खोज्नुहोस, तयारी गर्नुहोस, घरमा सल्लाह गर्न थालनुहोस, आगामी वर्ष प्याउलीको क्याम्पसमा भर्ना गर्नुपर्छ पढ्न थाल्नुपर्छ अहिले १२ पढ्दै गरेका विद्यार्थी हरु पनि राम्रोसँग पढ्नुहोस पास गर्नुहोस तपाई हरुलाइ प्याउली क्याम्पसमा स्वागत गर्न आतुर छौं ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष गणेश कुमार राई, विद्यालय सल्लाहाकार समितिका सदस्य तथा नेपाली काँग्रेसका नेता श्रीकुमार राई, शिक्षाविद कालमान राई लगायतका व्यक्तिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए। सम्पन्न यस कार्यक्रमले विद्यालयको प्रगति र भविष्यका योजनाहरूको सन्देश प्रवाह गरेको छ।


