All Posts By कोशी प्रेस

    Showing ८,०६१-८,०७० of १३,७४३ items.
  • सुनसरीका २०० परिवारलाई न्यानो कपडा वितरण

    सुबास घिमिरे/इटहरी / सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ अन्तर्गत औरवानी पश्चिम टोल र गढी टोलका २०० विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरिएको छ।पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि मेट लाइफ इन्सुरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले आयोजना गरेको हो भने कार्यक्रमको संयोजन फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गरेको थियो ।कार्यक्रममा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री माननीय भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो. अतिथिहरूमा गढी गाउँपालिका अध्यक्ष आस नारा

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ५५५ पटक पढिएको
  • मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत् जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २६० पटक पढिएको
  • धरानबाट लागूऔषध सहित एक जना पक्राउ

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय १८ वर्षीय किसान तामाङलाई निषेधित औषधी ट्रामाडोल ४२३० क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन ३२३० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १८३ पटक पढिएको
  • ‘गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला प्राथमिकताका साथ अघि बढाउन आवश्यक’

    इटहरी। नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिनुहुँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । शनिबार बिहान रङ्गशालाको अनुगमन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवम् शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २७६ पटक पढिएको
  • प्रकृतिसँग माफी माग्दै पाँचथरमा ‘लक्ष्य हवन’ र पूजा सुरु

    इटहरी । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति गरेको छ । खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोज

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २४० पटक पढिएको
  • भोजपुरको भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नबर ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय धेरै घरमा पिउने पानी वितरण गरेको छ । वडाले अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । यसले स्थानीयको वर्षौँदेखि पानीको समस्या समाधान भएको छ । 

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १७८ पटक पढिएको
  • उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो

    इटहरी । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथांका सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए। शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ३३० पटक पढिएको
  • बच्चासहित आएको माउ हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक जनाको मृत्यु

    इटहरी । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । सुन्दरहरैंचा नगरपालिका(८ का ७१ वर्षका हरि प्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केही महिना यतादेखी सुन्दरहरैंचाका उत्तरी क्षेत्रमा हात्ती आउने गरेका छन् । गएराति १ बज्न लाग्दा घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बच्चासहित आएको माउ हात्तीले घिमिरेमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यान गएको थियो । घिमिरेको शव पोष्टमार्टमका ल

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १५३ पटक पढिएको
  • धरानमा बिहानै खुकुरी प्रहार, घाइते युवक चिन्ताजनक अवस्थामा

    इटहरी । धरानमा शनिवार बिहानै २ बजेर ४० मिनेटको समयमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा पुर्‍याइएको छ । इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो । घाइते राईको अवस्था जटिल रहेकोले बिपी प्रतिष्ठानबाट विराट नर्सिङ लगिएको डिएसपी प्रकाश जवेगुले बताए । घटना लगत्तै धरानमा पटक(पटक हुने खुकुरी आतङ्कले असुरक्षा बढेको भन्दै स्थानियबासीहरुले सामाजिक सञ्जालहरूमा चिन्ता जनाएका छन् । डिएसपी जवेगुले आक्रमण गर्नेको पहिचान भए पनि उनीहरूको तीव्र अनुसन्धान भई खोजीक

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १५२ पटक पढिएको
  • तमोर कोरिडोरमा सुधार नेपाली गाडी पहिलो पटक टिपतालाको सिमानासम्म

    इटहरी। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेका छन् । हाल कच्ची सडक भए पनि तमोर कोरिडोर मर्मत गरिएसँगै टिपतालासम्म सवारीसाधन पुग्न थालेका हुन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि ओलाङचुङ्गोला हुँदै द्विदेशीय सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेको हो । वर्षायाममा बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको तमोर कोरिडोर मर्मत गरिएपछि सवारीसाधन सञ्चालनमा ल्याउन सम्भव भएको हो । अहिले यात्रुवाहक जिप, ट्याक्टरलगायतका साधन टिपतालासम्म पुग्न थालेका हुन् । हिजोआज टिपताला क्षेत्रको भ्रमणमा जानेहरू सवारीसाधन चढेरै सिमानासम्म पुग्न थालेका ओलाङचुङ्गोलाका स्थ

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]