इटहरी । झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्। माझीलाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ र माझीलाई पथरी शनिश्चरे नगरपालिका १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए। बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ । गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर
मेष वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जान
इटहरी । कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसंग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ । शुक्रबार विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसंग तत्काल सम्वाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो । बैठकले ताप्लेजुङको पाथिभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरुको कार्यान्वयनको अवस्थालाई हेरेर ब
इटहरी । पथरी शनिश्चरे वडा नं २ को पथरी नगर अस्पताल संचालक समितिको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ । शुक्रबार बिहान पथरी जेसीजले आफ्नो जेसीज सप्ताह अन्तर्गत उक्त अस्पतालको परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो भने लायन्स क्लव अफ क्रिएटिभ लेडीज , लायन्स क्लव अफ पथरी शनिश्चरे तथा हस्पिटल मार्ग उपभोक्ता समुह, स्थानीय सर्वधारण सहितको सामुहिक सहभागितामा उक्त अस्पताल परिसरमा जथाभावी रूपमा फालिएको प्लास्टिकजन्य तथा अन्य फोहरमैलालाई सरसफाई गरिएको हो । सोहि क्रममा अस्पताल आसपासमा रोपिएका बिरुवाहरुलाई गोडमेल गरी गोबर मल समेत लगाईएको थियो । उक्त अवसरमा पथरी शनिश
पथरी / बिर्तामाेड झापामा प्रधान कार्यालय रहेकाे सहारा नेपाल साकाेसले मंसिर १४ गते पथरी शनिस्चरे नगरपालिका सभा हलमा कार्यपालिका सदस्य र सराेकारवाला हरु संग बिद्युतीय चुल्हाे प्रबर्द्धन बारे एक दिवसिय कार्यशाला गाेस्ठी सम्पन्न गरेकाे छ । ३१ जनाकाे सहभागिता रहेकाे कार्यक्रममा सहारा नेपालका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाकाे अध्यक्षता तथा पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । नगर उप प्रमुख देबिमाया काफ्ले बिसेस अतिथि रहनु भएकाे कार्यक्रममा सहाराका संचालक सदस्य बिन्दु श्रेस्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बन समितिका प्रतिनिधिहरु, रेडक्रसका
इटहरी /सुनसरी। इटहरी उप महानगरपालिका वडा नं ५ मा रहेको नवदुर्गा मन्दिरलाई इटहरी उप महानगरपालिका वडा नं ७ का वडा सदस्य दिपक घिमिरेले आर्थिक सहयोग गरेका छन्। आज बिहान मन्दिर परिसरमा नवदुर्गा मन्दिर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भूपाल भट्टराई, उपाध्यक्ष राजेन्द्र घिमिरे, कोषाध्यक्ष डिल्लीराम गुरागाईँ, सदस्य निश्चल घिमिरे तथा स्थानीय समाजसेवी युवा विनय निरौलाको उपस्थितिमा सहयोग रकम रु १५ हजार ५ सय ५५ हस्तान्तरण गरिएको हो। स्व. पिता बलराम घिमिरे तथा माता मनमाया घिमिरेको स्मृतिमा उनका कान्छा छोरा ले उप्त रकम सहयोग स्वरूप मन्दिर समितिलाई हस्तान्तरण गरेका हुन्। मन्दिर सु
इटहरी । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्यांकीमा जम्मा गरिएको छ । उक्त संस्थाको १२ लाख र विद्यालयको एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो । उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेको छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खा
इटहरी । हल्दीबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनका अनुसार, स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । पालिकाबाहिर जानुपरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । निःशुल्क प्र
इटहरी । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य सूचीमा राखेर वर्गीकरण गरेको छ । जिल्ला सुरक्षा समितिले ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकोमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मत
मोरङ / स्थान विशेषका समस्याहरुको पहिचान गरि तदअनुरुप रणनिति तयार गरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले बताउनु भयाे । खुल्ला सिमाका कारण हुने भन्सार छलि, चोरी, अवैध सामान ओसारपसार, लागुऔषध रोक्न तथा नियन्त्रण गर्नका लागि मोरङ प्रहरीले आक्रामक रुपमा काम गरीरहेको मोरङ प्रहरी प्रमुख एसपी चिमरीयाले बताउनु भयो । बकानुन भन्दा बाहीर कोही पनि नभएकाले कानुनको कार्यन्यन गराउन मोरङ प्रहरी सक्रिय पूर्वक लागिरहेको बताउदै चालु आर्थिक वर्षको हालसम्म १ सय ५२ जना फरार प्रतिवादी पक्राउ गरिसकिएको १ सय ५२ जनामध्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.