पथरी / बिर्तामाेड झापामा प्रधान कार्यालय रहेकाे सहारा नेपाल साकाेसले मंसिर १४ गते पथरी शनिस्चरे नगरपालिका सभा हलमा कार्यपालिका सदस्य र सराेकारवाला हरु संग बिद्युतीय चुल्हाे प्रबर्द्धन बारे एक दिवसिय कार्यशाला गाेस्ठी सम्पन्न गरेकाे छ ।
३१ जनाकाे सहभागिता रहेकाे कार्यक्रममा सहारा नेपालका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाकाे अध्यक्षता तथा पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

नगर उप प्रमुख देबिमाया काफ्ले बिसेस अतिथि रहनु भएकाे कार्यक्रममा सहाराका संचालक सदस्य बिन्दु श्रेस्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बन समितिका प्रतिनिधिहरु, रेडक्रसका प्रतिनिधि,बिद्युत प्राधिकरणका प्रतिनिधि,सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ , लघुउद्यम बिकास अधिकृत नबिन लामिछाने, ,प्राेग्राम अफिसर ऋसिराज खनाल, पथरि सेवाकेन्द्र संचालन समिति संयाेजक अशाेक अाचार्यकाे सहभागिता रहेकाे थियाे ।

पथरि सेवाकेन्द्र प्रमुख चन्द्रकला खातिकाे संचालन र संचालक सदस्य बिन्दु श्रेस्ठले स्वागत मन्तब्य तथा अाैचित्य बारे प्रकाश पार्नु भएकाे कार्यक्रममा प्रमुख अतिथि बाट ब्यानर बाचन गरि उदघाटन गरिएकाे थियाे । कार्यक्रम संयाेजक नबिन लामिछानेले उर्जा प्रबर्धन र संस्थाकाे प्रगति बारे प्रस्तुतिकरण सगै सहाराले लन्च गरेकाे हरित उर्जा कर्जा अन्तर्गत ईन्डक्सन चुल्हाे काे अावस्यकता ,प्रभावकारिता र महत्व बारे प्रस्ट पार्नु भएकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा उठेका सवाल र जिज्ञासा बारे संस्थाका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाले सहजिकरण गर्नु भएकाे थियाे ।
१ लाख ८५ हजार शेयर सदस्य,१ अर्ब ६७ कराेड शेयर पुजि रहेकाे सहाराकाे वासलात १७ अर्ब माथि रहेकाेले सदस्य संख्या र काराेबारकाे अाधारमा देशकै ठुला सहकारि मध्ये १ नम्बरमा रहेकाे छ । काेशि प्रदेश का ११ जिल्लाकाे अनुमति प्राप्त सहारा नेपाल सहकारिले हाल ६ जिल्लामा ८० सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेकाे छ ।


