मोरङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी मंसिर १६ गते हुने उपचुनावमा कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।आज मोरङको ग्रामथानमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सिंगो पार्टी शक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा चुनावमा परिचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले एमालेले मिसन ८४ को लक्ष्य तय भइसकेको भन्दै यो लक्ष्यलाई पुरा गर्न पछिल्लो समय पार्टीले पार्टी शुद्धिकरण र सुदृढिकरणको अभियान तीव्र गतिमा अघि बढाएको बताउनुभयो ।उहाँले अहिले मुखैमा आ
काठमाण्डौ । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई प्रहरीले फेरि पोखरा लगेको छ । गएको मङ्गलवार लामिछानेलाई पोखराबाट रुपन्देही लगेकोमा रुपन्देहीमा बयान सकिएपछि फेरि पोखरा नै लगेको प्रहरीले जनाएको छ । रुपन्देहीमा बिहीबार बेलुका ८ बजे बयान सकिएको थियो । लामिछानेसँग रुपन्देही प्रहरीले तीन दिनमा साढे २३ घन्टा बयान लिइएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही लगेको थियो ।
बराहक्षेत्र / बराहक्षेत्र -१० वडा कार्यलयको आयोजनामा प्रकासपुर स्वास्थ चौकी मा र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा द्वारा डिग्निटि किट्स सामाग्री बितरण गरेको छ । बराहक्षेत्र १० नम्बर वडा कार्यलयको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा रबिन कुमार घिमिरे को संयोजनमा बराहक्षेत्र नगरपालिका भरी गर्ववति र सुत्केरी लाई डिगिनिटि किट बितरण कार्यक्रम गरे सँगै आज बराहक्षेत्र १० वडामा गरिएको हो । UNFPA को सहयोगमा नेपाल रेडक्रस सुनसरी जिल्ला द्वारा बराहक्षेत्र नगरपालिकाको संयोजनमा साथै वडा-१० को आयोजनामा आज यो कार्यक्रम गरिएको थियो । साथै प्रकाशपुर स्वास्थ चौकीको ब्
काठमाडौं । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औं बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा राष्ट्रिय गौरवका आयोजना र आयोजनाहरुका विद्यमान समस्या, तिनका कारण र समाधानका उपायबारे छलफल गर्न विभिन्न १५ कार्यसूची राखिएका छन् । ती कार्यसूचीमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैँक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालि
इटहरी। बिहीबारदेखि सुरु भएको नेकपा एमाले इलामको ११औं अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला अध्यक्षका लागि वर्तमान अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल र नरेन्द्रनाथ भट्टराईको उम्मेदवारी परेको हो । बराल यसअघि कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने पार्टीको जिल्ला सचिव भइसकेका बराल आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमै रामबहादुर रानासँग पराजित हुनुभएको थियो । अध्यक्ष पदका अर्का उम्मेदवार नरेन्द्रनाथ भट्टराई अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य र लामो समयदेखि एमाले जिल्लाको राजनीतिमा सक्रिय हुनुहुन्छ । विगतमा पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टरा
इटहरी । सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझोराले आफ्नो वडाका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ । गढी गाउँपालिका ५ नम्बर वडा कार्यालयले बालबालिकालाई शैक्षिक सामग्री र टि सर्ट हस्तान्तरण गरिएको हो । गढी ५ को श्री जनता आधारभुत विधालय, सरस्वती आधारभूत विधालय, गंगा आधारभुत विधालय, श्री आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री र टि सर्ट हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अथिति गढीका उपाध्यक्ष अनिता कुमारी साह, वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदार, वडा सदस्यहरु श्याम कुमार यादव, साम्रि गुरुङ, राधा ऋषिद
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सह(महामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलाबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रिय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् । अनुशासन समितिमा बिहिबार संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका
दार्चुला । दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ । हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। ल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर शुक्रबार बिहान स्वदेश फर्किनुभएको छ । राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाअध्यक्ष, उपसभामुख लगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभयो । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गएको कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो । कात्तिक २६ देखि शुरु भएको कोप–२९ सम्मेलन आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ ।
इटहरी । गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने क्रम पूर्वी नेपालमा चलिरहेको छ । विशेष गरी भारतीय सीमावर्ती नाका तथा खुला सीमा क्षेत्रबाट भइरहेको तस्करीका घटनामा संलग्न सङ्गठित तस्कर तथा व्यवसायीको समन्वय र संरक्षण गर्दै उनीहरूबाट अवैध रूपमा रकम असुल गर्ने उद्देश्यले घुमुवा प्रहरी परिचालन भइरहेका हुन् । गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको हेडक्वाटरले सादा पोसाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपले बन्देज गरेको छ । सीमावर्ती नाका काँकडभिट्टालगायत आसपासका क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर सामान तस्करी हुन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.