बराहक्षेत्र / बराहक्षेत्र -१० वडा कार्यलयको आयोजनामा प्रकासपुर स्वास्थ चौकी मा र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा द्वारा डिग्निटि किट्स सामाग्री बितरण गरेको छ ।
बराहक्षेत्र १० नम्बर वडा कार्यलयको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा रबिन कुमार घिमिरे को संयोजनमा बराहक्षेत्र नगरपालिका भरी गर्ववति र सुत्केरी लाई डिगिनिटि किट बितरण कार्यक्रम गरे सँगै आज बराहक्षेत्र १० वडामा गरिएको हो । UNFPA को सहयोगमा नेपाल रेडक्रस सुनसरी जिल्ला द्वारा बराहक्षेत्र नगरपालिकाको संयोजनमा साथै वडा-१० को आयोजनामा आज यो कार्यक्रम गरिएको थियो ।
साथै प्रकाशपुर स्वास्थ चौकीको ब्यवस्थापकमा रहेकोे थियो । महिला गर्ववति सुत्केरीलाई सहयोग हुने सामाग्री बितरण बाट वडा भरिका सम्पुर्ण १ बर्ष भित्रको सुत्केरी महिला र सम्पुर्ण गर्ववति महिलालाई गर्ववति महिला र सुत्केरीलाई डिग्निटी किट्स वितरणले गर्भवती र सुत्केरी महिलाहरुलाई विशेष सहयोग पुग्ने विश्वास गरिएको छ भनी बराहक्षेत्र -१० का वडा अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । 
बराहक्षेत्र नगरपालिका १० वटा वडा भरी करिब ८ सय भन्दा बढी बितरण भएको र अझ बराहक्षेत्र -११ वडामा बाकी रहेकोे रबिन कुमार घिमिरे ले बताउनु भयो । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ल शाखाको कर्मचारिको उपस्थित रहेकोे थियो । भने
बराहक्षेत्र १० को वडा अध्यक्ष तेज बहादुर गुरुङ लगाएत वडा सदस्य हरु स्वास्थ चौकी प्रकासपुरको इन्चार्ज ललित रौनियार लगाएत स्वस्थ चौकीका अन्य पद अधिकार हरुको उपस्तिथि रहेकोे थियो ।


