All Posts By कोशी प्रेस

    Showing ९,०५१-९,०६० of १३,७४३ items.
  • ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस-एमालेबीच सहमति

    काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन्। लामो गृहकार्य र छलफलपश्चात सोमबार राति ओली र कांग्रेस शेरबहादुर देउवाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। पछिल्लो राजनीतिक घटनाबारे उनीहरुले राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थमन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ।  एमालेल

    • प्रकाशित मितिः असार १८, २०८१
    • २६५ पटक पढिएको
  • इटहरीका मेयरको आरोप एमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले भुक्तानी पाएनन्

    इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले जनप्रनिधिहरूको कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन् ।सोमबार (आज) राखेको कार्यपालिका बैठक बहिष्कार गरेपछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन् ।पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधिहरूले बस्न नमान्दा उपभोक्ताहरूको करोडौँ रुपैयाँ भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ ।कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरूले भुक्तानी पाउँछन्, तर कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको मेयर पौडेलले बताए ।गत असार १० गतेभित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यतामा पनि ए

    • प्रकाशित मितिः असार १७, २०८१
    • २५९ पटक पढिएको
  • भोजपुरको चरम्बी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

    भोजपुर / अरुण गाउँपालिका–४ चरम्बी, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । आइतबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।वडाले स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसँगै वडालाई औपचारीक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको वडाध्यक्ष जंग बहादुर राईले बताउनुभयो । उहाँका अनुसार, “वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरू पुरा गर्न वडा स्थित विद्यालय,

    • प्रकाशित मितिः असार १७, २०८१
    • ३५३ पटक पढिएको
  • एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित,कुन पदमा को निर्वाचित ? कसको कति मत ?

    इटहरी : नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेश बस्नेत निर्वाचित भएका छन् ।शनिबार इटहरीमा सम्पन्न नवौँ अधिवेशनमा बस्नेतले १९७ मत प्राप्त गर्दै विजयी भए । त्यसैगरी निकटतम् प्रतिस्पर्धी सुजन लामाले ७९ मत प्राप्त गरे भने उमेश पौडेलले ६२ मत प्राप्त गरे । युवाहरूले भने सुजन लामालाई अध्यक्षमा उम्मेदवारी उठाएका थिए । प्रदेश सांसद रेवतीरमण भण्डारी र एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम निकट मानिएका उनले दोस्रो मत प्राप्त गरे ।खासगरी कोशी प्रदेशमा विराटनगरपछि इटहरीलाई प्रत्येक राजनीतिक दलको निर्वाचनमा महत्वकासाथ हेरिदैँ आएको छ । एक महिनाअघि एमाले सुनसरीको निर्वाचनमा पनि दुई समूहबीच निर्वाचन भए

    • प्रकाशित मितिः असार १६, २०८१
    • ३०९ पटक पढिएको
  • रामधुनीमा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रम

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुनसरीको रामधुनी नगरपालिको स्थित झुम्कामा रहेको रेडक्रस भवनमा हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रममा रामधुनीका १ सय ५० बढी महिला तथा पुरूषहरूको नागरिकता सम्बन्धि अन्तरक्रिया गरिएको थियोे । नागरिकता सम्बन्धि समस्या भएका व्यक्तिले आफ्नो समस्या सुनाएका थिए । उनीहरूको प्रश्नको उत्तर जिल्ला प्रसाशन कार्यलय सुनसरीका प्रशासकिय अधिकृत केशव खतिवडाले दिनुभएको थियो । न्याय समितिका क्षेत्राअधिकार सँसँगै स्थानीयहरूलाई क्षमता अभिवृद्धि , कानुनी

    • प्रकाशित मितिः असार १६, २०८१
    • २५५ पटक पढिएको
  • अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

    भोजपुर / अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।वडाले स्थानीय शासन कार्यान्वयन निर्देशीका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसगैँ वडालाई औपचारीक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको वडाध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार, “वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरु पुरा गर्न वडा स्थीत विद्यालय, ब

    • प्रकाशित मितिः असार १६, २०८१
    • ४५४ पटक पढिएको
  • इटहरीको जुटविकास हुँदै तालतलैया जाने सडकमै रोपियो धान

    इटहरी : इटहरीमा सडकमै धान रोपिएको छ ।इटहरी ४ स्थित रेडक्रस चौक नजिकै सडकमा पानी जमेर ठूलो खाडल बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।बाक्लो संख्यामा भेला भएका स्थानीयले सम्बन्धित निकायमा सडक बनाइदिन पटकपटक आग्रह गरेपनि बेवास्ता गरेकाले सडकमै धान रोप्न बाध्य भएको स्थानीयबासीको भनाइ छ ।यो इटहरीको जुटविकास हुँदै तालतलैया जाने बाटो हो ।

    • प्रकाशित मितिः असार १६, २०८१
    • २७८ पटक पढिएको
  • इटहरी १९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थी यसरी मनाए राष्ट्रिय धान दिवस

    इटहरी \ असार १५ अर्थात २१ औं राष्ट्रिय धान दिवसको अवसरमा इटहरी १९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष लालबहादुर श्रेष्ठ , इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा धान रोपाइँ कार्यक्रम गरिएको हो । स्कुलले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान  सिकाएर परम्पराको जानकारी दिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीले बताउनुभयो । विद्यालयलाई वडा कार्यलयले आवश्यक सहयोग  गर्दै अएको र आगामी दिनमा पनि सहयोग

    • प्रकाशित मितिः असार १५, २०८१
    • ३२३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले २१ औं राष्ट्रिय धान दिवसको मनायो

    सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले २१ औं राष्ट्रिय धान दिवसको मनाएको छ । जलबायु मैत्री कृषि, धान उत्पादनमा वृद्दि भन्ने मुल नारालाई आत्मासात गर्दै सधैँ झै यो साल पनि धान दिवसको अवसरमा इटहरी ११ सिमरवना टोलमा धान रोपाई गरेको छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । इटहरीका २० ओटै वडा कुषिमा निर्भर भए पनि ११ नम्वर वडाको प्रगति सिल कृ

    • प्रकाशित मितिः असार १५, २०८१
    • २५९ पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिको आयोजनामा एक दिने प्रशिक्षण सम्पन्न

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर -२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिका अध्यक्ष उर्मिला वाग्ले तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संस्थाले १ सय बढी महिला तथा पुरूषहरूलाई कार्यसमितिको काम कर्तव्य अधिकार के हो भनेर प्रशिक्षण गराएको थियोे ।  इटहरीका संस्था तथा सामुदायिक विद्यालयका एसईईमा सर्वोकृष्ठ नम्बर ल्याएर पास गर्ने ९ जना विद्यार्थीलाई  प्रमाण पत्र वितरणमा गरिएको थियोे । सुजता घिमरे दाहालले प्रशिक्

    • प्रकाशित मितिः असार १५, २०८१
    • ४५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]