इटहरी \ असार १५ अर्थात २१ औं राष्ट्रिय धान दिवसको अवसरमा इटहरी १९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष लालबहादुर श्रेष्ठ , इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा धान रोपाइँ कार्यक्रम गरिएको हो । स्कुलले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान  सिकाएर परम्पराको जानकारी दिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीले बताउनुभयो । विद्यालयलाई वडा कार्यलयले आवश्यक सहयोग  गर्दै अएको र आगामी दिनमा पनि सहयोग गर्ने  उहाँको भनाइ छ ।

घोकन्ते विद्या मात्र नभएर सिर्जनात्मक शिक्षा , परम्परागत ज्ञान र व्यवहारीक शिक्षा पाएको विद्यार्थी सुम्निमा राईले बताउनुभयो । कक्षा कोठामा पढाइ सँगै विद्यालयले परम्परागत रितिरीवाज अनुसार धान रोप्न सिकाएको उहाँको भनाइ छ  ।

विद्यार्थीहरुले कक्षा कोठाभित्र कितावको ज्ञान मात्रै पाउने भएकोले व्यवहारिक शिक्षा प्राप्त होस भन्ने उदेश्यले हिलो खेतमा पुगेर धान रोपाइँ गरि दिवस मनाइएको विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले बताउनुभयो । पछिल्लो समयको बैज्ञानिक सिकाइ सँगसँगै प्रयोगात्मक ज्ञान प्रदान गरिएकोे उहाँको भनाइ छ ।IMG_20240629_124619

विगत तीन वर्ष देखि राष्ट्रिय धान दिवसमा खेतबारीमा धान रोपेर मनाउदै आएको विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । तलेजु संस्था नौमति पन्चे बाजा समुह इटहरी ४ का महिलाहरूले बेठि बजाए सँगै विद्यार्थीहरूले धान रोपेका थिए । कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक डिल्लीराम निरौलाले गर्नु भएको थियोे ।

सो धान रोपाइँ कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेशका निर्देशक कार्यालय प्रमुख गोविन्द तिम्सिना ,इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ ,फुजिसान सगरमाथा बोर्डिङ स्कुलका संरक्षण तेजबहादुर श्रेष्ठ ,विद्यालयका शिक्षक, शिक्षिका , विद्यार्थी ,अभिभाकको सहभागीतामा धान रोपिएको थियो ।IMG_20240629_124650