संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले ६७ करोड ४५ लाख ७६ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ । सोमबार खाँदबारी नगरपालिकाको १६औँ नगरसभा बैठकमा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।उक्त नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम सभाले पास गरेको थियो । त्यसपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय–व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन् । समृद्ध नगर बनाउन खाँदबारी नगरपालिका लागिपरिरहेकोलगायत थुप्रै योजनाहरू अग
धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ६२ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पाँचौं अधिवेशनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित भएको हो ।पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन पूर्वाधार विकास र युवा स्वरोजगार कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।पालिकाले बजेट कार्यान्वयनका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने नगर प्रमुख ध्रुवराज रायले बताए । अधिवेशनमा प्रस्त
सुन्दरहरैँचा । राज्यले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिसकेको सहकारी क्षेत्रले नेपालमा गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवम्ं छरिएर रहेको पूँजीको उपयोग, लघुउद्यम विकास, आदि कार्यहरु गर्दै आम उपभोक्ताहरुमा वित्तीय साक्षरता प्रवद्र्धन गरी उनीहरुको सामाजिक साँस्कृतिक एवम् आर्थिक उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । “एकका लागि सबै र सबैका लागि एक” भन्ने दर्शनबाट ओतप्रोत भई सहकारी संस्थाहरु संसार भरी सञ्चालनमा छन् र नेपालमा पनि वि.सं. २०१३ सालमा बखान सहकारी संस्था, चितवनको स्थापना सँगै सहकारी अभियानको
ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ८१ लाख, ५ हजार ८ सय १७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) को अध्यक्षतामा बसेको १४ औं नगरसभामा आज ¬(सोमबार) उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट प्रस्तुत गरेका हुन ।सिद्धिचरण नगरपालिकाले आफ्नै स्रोत, संघ र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम समेत गरी करिब ६७ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो । विनियोजित बजेट मध्ये नगरपालिकाको आन्तरिक आय १ करोड ७५ लाख, मालपोत कार्यालयको घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट ६५ लाख, राजस्व बाँडफाँड संघिय सरकारबा
सुनसरी / इटहरी वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना खुलेको छ ।विद्यार्थीहरूको मन मुटुको माझ बस्न सफल भएको ज्योति माध्यमिकमा एक हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन् । ९ कक्षा देखि १२ कक्षा सम्म सिबिल इन्जिनियर समेत पढाइ हुन्छ भने ११ ,१२ मा विज्ञान विषय पढाइ हुदै आएको छ । हाल कक्षा ११ मा विज्ञान विषय भर्नाका निम्ति प्रि-रजिस्ट्रेसन फारम खुलाएको छ । बैशाख देखि विद्यालयमा बाल विकास देखि १२ सम्मका कक्षासम्म अङ्ग्रेजी नेपाली दुवै माध्यम बाट पढाइ भइरहेको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताउनु भयो । विद्यार्थीहरूको मनोरञ्जन सँगै बाह
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला नजिकबाट बूढी खोलाले मंगलबार दिउँसो बगाएका मध्ये एक जना युवतीको शव फेला परेको छ ।एक जना वृद्धासहित दुई जना अझैसम्म बेपत्ता छन् । एक जना युवतीलाई सकुशल उद्धार गरिएको थियो । मोरङ र सुनसरीको सिमना भएर बग्ने बूढी खोलाले बगाएर मृत्यु भएको अवस्थामा सुन्दरहरैँचा–५ की २२ वर्षीया फुदनी भनिने प्रेमकला चौधरीको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अविरल वर्षासँगै बूढी खोलामा आएको बाढीले ४ जना महिलालाई दिउँसो १२ः१० बजेतिर बगाएको थियो ।बगाएकामध्ये प्रेमकला मृत भेटिएकी हुन् । सुन्दरहरैँचा–४ बाट पश्चिमतर्
इटहरी | इटहरी उपमहानगरपालिकाले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार दिउँसो १ बजे नगरसभा बोलाइएको र पछि ५ बजेलाई सारिएपनि रातिमात्रै नगरसभा बैठक बस्दै बजेट प्रस्तुत गरिएको हो ।उपमेयर संगीता चौधरीले बजेट प्रस्तुत गर्नुपर्ने भएपनि नेकपा एमालेले इटहरीको नगरसभा बहिष्कार गरेको थियो । १ बजे बोलाएर ७ बजेसम्म बैठक सुरु नभएको र बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेले बैठक बहिष्कार गरेको जनाएको छ ।त्यससँगै इटहरी ६ वडाध्यक्ष दिवस पोखरेलले सोमबार रातको करिब १० बजे बजेट प्रस्तुत गरे । १०९ नगरसभा सदस्यमध्ये नगरप्रमुख पौडेलसहित २० जना सदस्यहरूको मात्रै उपस्थितिमा आयव्यय पेस गरि
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ । जस अन्तरगत गाउँपालिक
इटहरी / इटहरी उपमहानगरपालिकाको १५ औ नगरसभा ढिला सुरु हुने भए पछि नगर सभा सदस्यहरुले बिरोध जनाएका छन । इटहरीको लायन्स भवनमा इटहरी उपमहानगरपालीकाले १ बजे बस्ने भनी पत्राचार गर्यो । पुनः ५ बजे गर्ने भनेर सुचना निकालेर ७ बजेसम्म नगरसभा सदस्यहरुको हाजिरी गराएर बसेका थिए । ६ बजे सम्म कार्यपालीकाका कुनै पनि सदस्यहरु नगर सभा स्थानमा आएन्न । नगरका कर्मचारीले हाजिरी दर्ता गर्दै गर्दा नगरका कर्मचारी असोक कोइराला बाट नगर सभासदस्य दिपक घिमिरेले मान्युट खोस्न खोजेपछि कोइरालाले माइन्ट्युट आफ्नो कब्जामा लिएका थिए । नगर सभा १ बजे बस्ने भने पछि, इटहरी वडा न. १८ का जनप्रतिनिधि जसमिन चौधरीले आ
सुनसरी / सुनसरीको इनरूवा नगरपालिकाको १३ औं नगर सभा अधिवेशनबाट ७७ करोड ३५ लाख ९७ लाख बजेट पेश गरेको छ ।१३ औं नगर सभा अधिवेशनबाट "विकासका लागि प्राकृतिक स्रोत , नागरिकको समृद्ध इनरुवाको सोच " भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रमबाट नगरपालिकाले ७७ करोड ३५ लाख ९७ लाख बजेट पेश गरेको हो । संघीय समानिकरण अनुदान रु. १७ करोड २४ लाख, संघीय शसर्त अनुदान चालु रु. ३० करोड ५२ लाख, संघीय समपुरक अनुदान अनुदान रु. ६५ लाख, प्रदेश समानिकरण अनुदान रु.१ करोड १० लाख ६ हजार, प्रदेश समपुरक अनुदान रु. १ करोड ३० लाख, प्रदेश शसर्त अनुदान रु. २ करोड ३ लाख, संघीय राजश्व बाँडफाट रु. १२ करोड ९७ लाख, प्रदेश राजश्व बाँडफा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.