सुन्दरहरैँचा  राज्यले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिसकेको सहकारी क्षेत्रले नेपालमा गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवम्ं छरिएर रहेको पूँजीको उपयोग, लघुउद्यम विकास, आदि कार्यहरु गर्दै आम उपभोक्ताहरुमा वित्तीय साक्षरता प्रवद्र्धन गरी उनीहरुको सामाजिक साँस्कृतिक एवम् आर्थिक उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

               “एकका लागि सबै र सबैका लागि एक” भन्ने दर्शनबाट ओतप्रोत भई सहकारी संस्थाहरु संसार भरी सञ्चालनमा छन् र नेपालमा पनि वि.सं. २०१३ सालमा बखान सहकारी संस्था, चितवनको स्थापना सँगै सहकारी अभियानको श्री गणेँश भएको हो र हालसम्म सहकारी क्षेत्रमा निकै उल्लेखनीय बिकास भईसकेको छ ।

IMG_20240622_115116

करीव ६४ बर्ष लामो ईतिहास बोकेको सहकारी क्षेत्रले नेपालमा धेरै उतारचढावहरु भोगिसकेको छ र बेलाबखतको शासकीय व्यवस्था परिवर्तन सँगै सहकारी क्षेत्र एवम् अभियानमा समयानूकुल परिवर्तन हुँदै आएको छ । शासकीय व्यवस्था अनुरुपका कानूनी प्रबन्धहरु, सूचना प्रविधिको चरम विकासक्रम सँगै सूचना प्रविधि मैत्री संरचनार व्यवस्थाहरु राज्यले गर्दै आएको छ । मुलुकमा संघीयताको बीजारोपण भएपश्चात शासकीय शक्ति र अधिकार तीन तहको सरकारहरु (संघ, प्रदेश र स्थानीय) बीच बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने ,सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रवन्ध गर्ने अधिकारहरु पनि ३ तहकै सरकारबीच छरिएका छन्।

IMG_20240623_135420

                वि.सं. २०७४ देखी आजका मिति सम्म  सुन्दरहरैँचा नगरपालिका भित्र स्थानीय निकायको नियमन क्षेत्राधिकार भित्रका ७८ सहकारी संघ संस्थाहरुको आर्थिक कारोवारको व्यवस्थित तथा नियमानुसार लेखाङ्कन गरी खाता प्रणालीलाई व्यवस्थित आवश्यकता महसुस गरी सहकारी संस्थालाई सबल, सक्षम र सुशासनयुक्त बनाउन गरीएको पहिलो चरणको सहकारी तालिममा सुन्दरहरैँचा नगरपालिका भित्र रहेका १६ वटा सहकारी संस्थाहरु बाट ४१ जनाको सहभागितामा सुरु गरीएको प्रमुख आतिथी सुन्दरहरैँचा नगरपालिका उप प्रमख अकलि चौधरीले बताउनुभयो ।

IMG_20240623_135321

सुन्दरहरैँचा साबिक दुलारीमा नगरपालिकामा सहकारी शाखा प्रमुख बिनोद न्यौपाने कार्यपालिका सदस्य दुर्गा पोख्रेल साथै जनप्रतिनिधिहरु राजकुमारी विश्वकर्मा, शान्ति चौधरी, गणेश गुरागाईं लगायतको दैनिक उपस्थितिमा सहकारी क्षेत्रमा काम गरिरहनु भएका अनुभव प्राप्त प्रशिक्षक सुमन पौडेल, सुमन सुबेदीले प्रशिक्षण गर्नु भएको थियो । 

IMG_20240623_134846

कार्यक्रम २०८१ असार ५ गते देखि ९ गते सम्म ५ दिन दैनिक दिनको ११ बजे देखि ३स्३० बजे सम्म सन्चालन भएको थियो । सुन्दरहरैँचा नगरपालिका उप प्रमख अकलि चौधरीको प्रमुख आतिथ्यता साथै सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कैलास बस्नेत, कार्यपालिका सदस्य दुर्गा पोख्रेल र आनन्द लिंखा साथै जनप्रतिनिधिहरु राजकुमारी विश्वकर्मा, शान्ति चौधरी, गणेश गुरागाईं लगायतको उपास्थितिमा तालिम सम्पन्न भएको पे्रस नेटवर्क मेनेज्मेन्ट प्रा.लि. का ब्यवस्थापक सबिना गड्तौलाले बताउनुभयो ।