इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको मतदान सम्पन्न भएको छ । मङ्गलवार भएको निर्वाचनमा ७२० प्रतिनिधि मध्ये ६७८ मत खसेको हो ।४ सदस्यीय लेखा समिति सहित ४६ जिल्ला कमिटी सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । अन्य ८९ जना सदस्यको लागी भएको मतदान साँझ ६ बजे सकिएको हो ।अध्यक्षमा खेमराज पोखरेल र निलम खनाल बिच प्रतिस्पर्धा भएको छ । विधान विपरीत प्रतिनिधि छनौट भएको उजुरी परे पनि कुनै सुनुवाइ भएन ।आजै अध्यक्ष मण्डलको बैठक बस्ने र भोलि देखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि भिडियो एक्सरे मेसिन आज जेष्ठ ८ गते एक कार्यक्रम बीच एकडारा गा.पा.लाई हस्तान्तरण गरिएको छ ।उक्त भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता अन्त
इटहरी / सुनसरीको इटहरी उप महानगरपालिका २० नम्बर वडा कार्यालय तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र २० नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य केन्द्र इटहरी २० को समन्वयमा तरहराको वडा कार्यालय अगाडि छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय १० जना बढीले सेवा लिएका थिए । निःशुल्क डाक्टर सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका व्यक्तिहरूले सेवा लिएका थिए ।सम
सुनसरी / चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।प्रदेश शाखाले जेष्ठ ७ गते धरानमा अवस्थित सुनसरी उधोग बाणिज्य संघको सभाहलमा वार्षिकोत्सबको केक काट्दै ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुमित्रा राई (सन्जु)को सभापतित्वमा आयोजना भएको कार्यक्रम मार्फत ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट लामो समयदेखी कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारितालाई मुख्य बिट बनाएर कलम चलाईरहेका भीषण
बिर्तामोड । पूर्वमै पहिलो पटक ‘बा सँग बालबालिका’ कार्यक्रमको आयोजना गरिएको छ । झापा जिल्ला बाल सञ्चालले जेठ ८ गते बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको जनाएको छ ।आज कनकाई नगरपालिकास्थित सुरुङामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिइएको छ । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।नेकपा (एमाले) का अध्यक्ष एव्म पूर्वप्रधानमन्धी केपी शर्मा ओली र जिल्लाभरका बालबालिकाहरुको सहभागितामा बासँग बालबालिका कार्यक्रम सञ्चालन हुने मिश्रको भनाई छ । उनले जिल्लाभरका पालिकाहरुबाट ३०-३० जना बालिका र
इटहरी वडा नं १७ बस्ने सार्थक चौधरीलाई सहयोग हातहरु बाट सहयोग जुट्न थालेको छ ।४ वर्षे बालक चौधरी व्लड क्यान्सर बाट ग्रसित छन् । सार्थक चौधरी बचाउ अभियानका क्रममा हातेमालो मानव सेवा समुहद्वारा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । इटहरी उप महानगर पालिका इटहरी १७ को वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्यता तथा बिनोद घिमिरे अध्यक्षतामा भएको एक कार्यक्रममा सार्थक चौधरिको परिवारलाई रु १५७४४२/- ( एकलाख सन्ताउन्न हजार चार सय बयालिस रुपैया) रकम बराबरको लक्ष्मी बैक लि को चेक मार्फत हस्तान्तरण गरिएको छ । सहयोग चेक हस्तान्तरण कार्यक्रममा अतिथिहरु स्पाइनल इन्जुरी प्रदेश नम्बर १ का अध्यक्ष
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उहाँले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहर
इटहरी / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पाख्रेलले पार्टीको मिसन–८४ एमालेसँग देशको भविष्य बनाउने मार्गचित्र रहेको बताएका छन् ।नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटनसत्र पछिको प्रमुख अतिथीको मन्तव्य राख्दै एमालेले मिसन ८४ बाट प्राप्त जनादेशद्धारा देशको भविष्य बनाउने मार्ग स्वयम जनताले नै अधिकार सुम्पिने बताए ।उनले भने,‘नेकपा एमालेसँग ठोस कार्यक्रम देशको भविष्य वनाउने मार्ग चित्र स्पष्ट छ र देशव्यापी रुपमा भइरहेको जिल्ला अधिवेशन मिसन ८४ सँग गाँसिएर पार्टी एकता बलियो हुदै गएको छ ।नेता पोख्रेलले देशको भविष्य वनाउने मार्ग चित्र पार्टीसँग
भोजपुर / हङकङमा बसेर आख्यानमा कलम चलाउने कथाकार गुरुङको डायस्पोरिक कथा सँग्रह लाइ-सीमाथि भोजपुरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको हो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गरेका थिए भने सञ्चालन सचिव कवि कविता राईले गरेकी थिइन् । कार्यक्रममा कथाकृति लाइ-सी माथि उप-प्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरण बहादुर खत्री र कवि/गीतकार कमला प्रधानले कृतिमाथि परिचर्चा गरेका थिए । परिचर्चा कारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, दाजु गुरुङका कथामा लैङ्गिकता, दा
भोजपुर / ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र भोजपुरले नव निर्मित भवनबाट सेवा विस्तार गरेको छ । स्थानीय केदारनाथ श्रेष्ठ र कुमार तामाङ सग सशुल्क किनेको ८ आना जग्गामा करिब ५० लाख लागतमा नया भवन निमार्ण पश्चात औपचारिक कार्यक्रम गरी आज देखी गृह प्रवेश सँगै सेवा सञ्चालन गरेको हो । सोहि अवसरमा राजयोगलाई विभिन्न समयमा सहयोग गर्ने संविधान सभा सदस्य कुमारी लक्ष्मी राई,जगादाता केदारनाथ श्रेष्ठ, कुमार तामाङ र लीला श्रेष्ठलाई अभिनन्दन तथा सम्मा गरिएको छ । गृह प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले जिल्लामा ब्रह्माकुमारी राजयोगले सञ्चालन गरेको आधा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.