All Posts By कोशी प्रेस

    Showing ९,३२१-९,३३० of १३,७४३ items.
  • धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण

    धनकुटा / धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो ।छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।‘बजार क्षेत्रमा छाडा छोडिएका कुकुरहरू धेरै छन्, कुकुरको संख्या बढिरहेको छ । त्यस्ता कुकुरले मान्छेलाई समस्या बनाइरहेको गुनासो आउँने गर्छ,’ तामाङले भने, ‘पशुअधिकारका

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ३८४ पटक पढिएको
  • सुहाङलाई नेपाल खेलकुद महासंघको सहयोग

    दमक / इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई नेपाल खेलकुद महासंघले सहयोग गरेको छ ।नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा बसेको कोशि प्रदेश कमिटीको छैठौं विस्तारित बैठकले निर्णय गरेर निर्वाचनमा सहजता होस भनेर सहयोग गरिएको प्रदेश सचिव भिम लिवाङले बताउनुभयो ।नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको नेतृत्वमा केन्द्रीय सचिव बिप्लब घोस, कोशी प्रदेश अध्यक्ष राजकुमार थापा, एङगल गुरुङ, दिनेश सुवेदी, सिपि पौडेल, बिकल पौडेल लगायत टोलीले उम्मेदवार सुहाङलाई आर्थि

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • ६४२ पटक पढिएको
  • नेपाली ख्रीष्टियान नागरिक संघको आयोजनामा स्वास्थ्य शिविर, तीन सय बढीले लिए सेवा

    मोरङ / केराबारी गाउँपालिका-९ नम्बर वडाको प्रायोजन तथा नेपाली ख्रीष्टियान नागरिक संघको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा केराबारी-९, बेलचौरीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय बढी स्थानीयले सेवा लिएका छन् । स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, दन्तरोग, आँखा, नाक, कान, घाँटी विशेषज्ञ, बालरोग एवं शल्यक्रिया विशेषज्ञ डाक्टरहरुद्धारा भिडियो एक्सरे, इसिजिसहितको सेवा प्रदान गरिएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । दाहालका अनुसार अस्पतालसम्म

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५१६ पटक पढिएको
  • झापा गाउँपालिकाले ६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    झापा / झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिए।यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए। गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।कक्षा ११ र १२ अध्यापन ह

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ३०० पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घद्वारा बेलबारीमा खेल सामाग्री वितरण साथै खेलाडी सम्मान

     बेलबारीमा  "नयाँ वर्षको शुभकामना आदानप्रदान, खेल सामाग्री वितरण तथा खेलाडी सम्मान कार्यक्रम" सम्पन्न भएको छ ।नेपाल खेलकुद महासङ्घको बेलबारी नगर कमिटीको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको हो। नेपाल खेलकुद महासंघ केन्द्रिय स्थायी कमिटि सदस्य तथा प्रदेश स-इन्चार्ज रोहित कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल खेलकुद महासङ्घको बेलबारी नगर अध्यक्ष डम्बर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा बेलबारी नगरपालिका क्षेत्रको प्रतिनिधित्व गर्दै शहीद स्मारक ए डिभिजन लिग विजेता बनेर नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बेलबारी

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ४८४ पटक पढिएको
  • मोडर्न प्रिपरेटोरी विद्यालय ‘जहाँ हरेक विद्यार्थी रमाउँदै पढ्न सक्छन्

    इटहरी / वि.सं २०४९ सालदेखि इटहरीमा स्थापित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा हाल नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । इटहरी ६ मा रहेको यो विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ ।नयाँ शैक्षिक सत्र सुरु हुन लागेसँगै विद्यालयका आगामी योजना र लक्ष्य के छन् भन्ने सन्दर्भमा केन्द्रित रहेर विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :विद्यालयको संक्षिप्त परिचय दिनु पर्दा कसरी दिनुहुन्छ ?अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ५३५ पटक पढिएको
  • सुन्दरहरैँचामा कराहीले हानेर छोरीको दाँत भाँचिदिएपछी बाबु प्रहरी नियन्त्रणमा

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा तरकारी पकाउने कराहीले हानेर बाबुले आफ्नै छोरीको दाँत भाँचिदिएका छन् ।सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर कराहीले प्रहार गर्दा छोरी १८ वर्षीया नम्रता झाँगडको दाँत भाँचिएको हो । खाना पकाउनभन्दा नमानेपछि तेजबहादुरले कराहीले छोरीको मुखमा हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कराहीले लागेर नम्रताको अगाडिको दाँत भाँचिएको छ र गालासमेत सुन्निएको छ । घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । छोरीलाई कराहीले हान्ने बाबुलाई प्रहरीले नियन्त्रण

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • १९९ पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा

    इटहरी / इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ ।नियमित र गुणस्तरका आधारमा तथा विद्यार्थी कस्तो छ ? उसको रुची केमा बढी छ ? भन्ने विषयमा छलफल गरेर कक्षामा विद्यार्थीले बुझ्ने गरी पढाइने भएकाले यो विद्यालय सबैको रोजाइमा परेको हो ।संस्थागत विद्यालय (बोर्डिङ)मा मात्र राम्रो पढाइ हुन्छ भन्ने बुझाइका कारण अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । तर राष्ट्रिय मावि भने विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित उक्त सामुदायिक विद्यालयमा बोर्डिङ छाडेर भर्ना हुनेहरूको सङ

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ५३० पटक पढिएको
  • मंगलबार सार्बजनिक बिदा

    काठमाडौँ / सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ३०२ पटक पढिएको
  • तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

    तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । गए राति साढे ७ बजेतिर स्थानीय कालुबहादुर लिम्बूको ८ वर्षीय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते बालकको उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]