All Posts By कोशी प्रेस

    Showing ९,४८१-९,४९० of १३,७४३ items.
  • इटहरीका एमाले जनप्रतिनिधिको आरोप, ‘शिक्षा ऐन र ओएनएममा कीर्ते गरियो’

    इटहरी । इटहरीका एमाले जनप्रतिनिधिहरुले मेयर हेमकर्ण पौडेलले रातारात कीर्ते गरेर ऐन फेरेको आरोप लगाएका छन् । शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस विषयमा आफूहरुले पनि छानविन गर्ने बताएका छन् । ऐनमा पोशाकसम्बन्धि निर्णय स्कुलले गर्ने व्यवस्था रहेकोमा मेयर पौडेलले उपमहानगरपालिकाले पोशाकको व्यवस्था गर्ने भनेर ऐन नै कीर्ते गरेको आरोप लगाए । उपमेयर संगीता चौधरीले मेयर पौडेलले आजसम्म एउटै पनि प्रमाणित ऐन आफूहरुलाई नदिएको बताइन् । उनले ऐन बनाउँदा प्रक्रियागत छलफलहरुको रेकर्डसमेत नरहने गरेको बताउँदै आफूहरु गम्भीर रहेको बताइन् ।त्यसैगरी नगरसभाबाट पारित ओएनएमको कर्मचारी दरबन्दी पनि आफूह

    • प्रकाशित मितिः चैत २, २०८०
    • २८१ पटक पढिएको
  • रामधुनी नगरपालिकामा निर्माणाधीन योजनाहरूको अनुगमन तीव्र

    रामधुनी/ रामधुनी नगरपालिकामा निर्माण भइरहेका योजनाहरूको अनुगमन तीव्र पारिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि अनुगमनलाइ तीव्र पारेको हो । नगर प्रमुख संखरलाल चौधरी उपमेयर तारा थापा लगायतको टिमले अनुगमन गरेको बडा न ३ का वडा अध्यक्ष बुधनारायण चौधरीले जानकारी दिनुभयो।उप प्रमुख थापाका अनुसार हालसम्म पूर्वाधार विकास अन्र्तगतका ८० प्रतिशत योजनाको अनुगमन गरिसकिएको छ। उपमेयर थापाको संयोजकत्वमा गठन भएको अनुगमन समितिले अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ।उपमेयर थापाका अनुसार नगरपालिकाको रामधुनी वडा १ को मुसहरि टोल हुदै इटहरी १७

    • प्रकाशित मितिः चैत २, २०८०
    • ३२१ पटक पढिएको
  • नोबेल अस्पतालमा कार्यरत नर्सको बिभत्स हत्या

    विराटनगर / विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा कार्यरत एक नर्सको हत्या भएको छ ।  सिरहा घर भएकी चन्द्रिका कुमारी दासको आफ्नै  डेरामा हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, उनको शव नोबेल अस्पतालदेखि केही उत्तरतर्फ डेरा बस्दै आएको घरको शौचालयमा फेला परेको हो । प्रारम्भिक रूपमा शवको प्रकृति हत्या जस्तै देखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्या गरेर फालिएको आशङ्का गर्दै अनुसन्धान अघि बढाएको जनाएको  छ ।  विराटनगर महानगरपालिका– ४ मा डेरा गरी बस्ने २३ वर्षीय दासको शव शौचालयमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुम

    • प्रकाशित मितिः चैत २, २०८०
    • २५१ पटक पढिएको
  • उदयपुरको मेनामैनीमा बोलेर दुर्घटना हुँदा इटहरीका एकसहित ८ जनाको मृत्यु, ९ घाइते

    उदयपुर / उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा इटहरीका एकसहित ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालकसहित ८ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा बोलेरो चालक हतुवागढी गाउँपालिका २ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनका ६ महिनाका छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँ

    • प्रकाशित मितिः चैत २, २०८०
    • २३१ पटक पढिएको
  • धरानमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजको २२ औ शाखा सञ्चालनमा

    धरान / धरानमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजको २२ औ शाखा सञ्चालनमा आएको छ ।उच्च शिक्षाका लागि विदेश जान चाहने बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले आफ्नो २२ औ शाखा धरानको पुतली लाइनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम् एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बास्डर पारस खड्काले उद्घाटन गरेका छन् ।उनले शैक्षिक परामर्श दिनका लागि एक्सपर्ट एकदमै विश्वासिलो भएको जिकिर गरेका छन् । उनले एक्सपर्टको ट्र्याक रेकर्ड राम्रो रहेको बताउँदै विगत ७ वर्ष देखि आफू जोडिएर काम गर्न पाउँदा निकै खुसी भएको बताए ।कार्यक्रममा धरान उप महानगरपालिका उ

    • प्रकाशित मितिः चैत २, २०८०
    • १९९ पटक पढिएको
  • धरान- चक्रघट्टि सडक खण्डमा दुर्घटना

    बराहक्षेत्र / सुनसरीको धरानदेखि चक्रघट्टि आउदै गरेको यात्रुवाहक बस नहाह - धरान सडक खण्ड अन्तर्गत तीन ढुवाङ्गे भन्ने ठाउमा दुर्घटना भएको छ । चैत १ गते करिब १२ बजेको भएको  दुर्घटनामा घाइते भएका यात्रुहरुलाई प्रहरी, नगर प्रमुख रमेश कार्की साथै स्थानीयवासीले उपचारको व्यवस्थापन र सहजिकरण गर्नु भएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन् ।

    • प्रकाशित मितिः चैत १, २०८०
    • २१० पटक पढिएको
  • समाचार सङ्कलनको क्रममा रहेका पत्रकार बहाब माथि दुर्व्यवहार,महासङ्घ र चौतारीद्वारा दोषीलाई कारबाहीको माग

    इटहरी । समाचार सङ्कलनको क्रममा इटहरी उप महानगरपालिका परिसरमा पुगेका पत्रकार कृष्ण बहावको मोबाइल खोस्दै नगर प्रहरीले दुर्व्यवहार गरेका छन् । सिटी सफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा इटहरी उप महानगरका नगर प्रहरीले शिला पत्र डटकममा कार्यरत पत्रकार बहाबको क्यामरा खोस्दै दुर्व्यवहार गरेका हुन् । बहावले पत्रकार भनेर परिचय पत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले हातपात समेत गरेको पत्रकार बहावले बताए । उनले हिजो मात्रै शिला पत्र डटकममा अदालतको मुद्दा जित्न बनाइयो किर्ते कानुन इटहरीको शिक्षा ऐनमा पालिकाबाटै चलखेल भन्ने समाचार लेखेका थिए । यसैबिच पत्रकार बहाव माथि भएको दुर

    • प्रकाशित मितिः चैत १, २०८०
    • ३१८ पटक पढिएको
  • उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

    उदयपुर / भोजपुरको घोडेटारबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी तुहारापुल भन्दा दुई किलोमिटर माथि दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार कच्ची सडकमा अग्लो भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको हो ।मृतकहरुको पहिचान खुल्न बाँकी छ। घटनास्थलबाट प्रहरीले उद्दार गरेका ७ जनालाई उपचारका लागि धरानतर्फ पठाउने तयारी भईरहेको छ । सप्तकोशी नदीमा जेट बोट सञ्चालन गर्दै आएका राजेन्द्र कार्कीका अनुसार चुहारा पुलतर्फ घाईतेलाई लिन अहिले जेट बोट पठाइएको छ ।डिआईजी खापुङका अनुसार भोजपुरको हसनपुर प्रहरी चौकीको ट

    • प्रकाशित मितिः चैत १, २०८०
    • ४३८ पटक पढिएको
  • बेदान्त हस्पिटलमा २४ घण्टा नै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा

    इटहरी / इटहरीको बेदान्त हस्पिटलले २४ घण्टै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा प्रदान सुरु गरिएको रहेको छ ।आर्थिक बन्दीका कारण आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरेर २४ घण्टा नै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा सुरु गरिएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।विशेषज्ञ डाक्टरहरूद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट सिएआरएम प्रविधिमार्फत भाँचिएको हड्डीलाई सिधा गरेर, के वार वा प्लेटिङ्ग गरी अपरेसनसमेत गरिदैँ आएको उहाँले बताउनुभयो ।अस्पतालमा पेट सम्बन्धी सर्जरी सेवाहरू एपेन्डिक्स, हाइड्रोशील,

    • प्रकाशित मितिः चैत १, २०८०
    • ८७१ पटक पढिएको
  • रोट्रयाक्ट क्लब द्वारा राधाकृष्ण शिव मन्दिर परिसर सरसफाई

    इटहरी/ रोट्रयाक्ट क्लब अफ इटहरी द्वारा राधाकृष्ण मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।राधाकृष्ण शिव मन्दिर क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिर परिसरमा Nation wide cleaning campaign 2024 अन्तर्गत सरसफाई संगै डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।रोट्रयाक्ट क्लब अफ इटहरी र रोट्रयाक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रम रोट्रयाक्ट क्लब अफ इटहरीका प्रेसिडेन्ट मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा अतिथिहरु राधाकृष्ण शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिस्व रिजाल, KIEC इटहरीका संचालक उमेस भण्डारी, स्थानीय समाजसेवी बुद्धिजीवी साथै रोट्रयाक्ट

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • ७९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]