इटहरी / इटहरीको बेदान्त हस्पिटलले २४ घण्टै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा प्रदान सुरु गरिएको रहेको छ ।

आर्थिक बन्दीका कारण आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरेर २४ घण्टा नै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा सुरु गरिएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

विशेषज्ञ डाक्टरहरूद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट सिएआरएम प्रविधिमार्फत भाँचिएको हड्डीलाई सिधा गरेर, के वार वा प्लेटिङ्ग गरी अपरेसनसमेत गरिदैँ आएको उहाँले बताउनुभयो ।

अस्पतालमा पेट सम्बन्धी सर्जरी सेवाहरू एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठा, मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रूपमा प्रदान गरिदैँ आएको छ  ।IMG_20240314_124820IMG_20240314_130920Bedanta Hospital_1634109706_1680329246