All Posts By कोशी प्रेस

    Showing ९,७८१-९,७९० of १३,७४३ items.
  • उर्लाबारी नगरपालिका विपन्नको घर निर्माणमा जुट्यो

    मोरङ  / उर्लाबारी नगरपालिकाले पहिलो चरणमा १५ जना अशक्त अवस्थाका विपन्न परिवारको घर बनाइदिने गृहकार्य गरेको छ । यसको तयारीस्वरुप सोमबार नगर प्रमुख गंगाप्रसाद खरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला ,अधिकृत मुरारी घिमिरेलगायतको टोलीले उर्लाबारी-४ विशाल टोलका दुष्टिविहिन हेम बयलकोटीको हाल बसोबास रहेको घरको निरीक्षण गरेको छ ।  अगरबत्ति, धुपलगायतका सामग्री डुलाउदै बेचेर जीविकोपार्जन गर्दै आएका बयलकोटी श्रीमतीसहित घामपानी नछेलिने बाँसको टाँटीको घरमा बस्दै आएका छन् । मौसमअनुसार पानी, हावाहुरी खपेरै उनको परिवारले दु:खजिलो गरी छाप्रामा गुजारा चलाउँदै आएका छन् । 

    • प्रकाशित मितिः पुस २४, २०८०
    • १०७ पटक पढिएको
  • कोशीको सभामुख लिने राप्रपाको निर्णय

    विराटनगर / कोशी प्रदेशसको सभामुख लिने राप्रपाले निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।सत्तारुढ गठबन्धनले यसअघि नै सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो । गठबन्धनको निर्णयपछि राप्रपाले सभामुख लिने निर्णय गरेको हो । निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । निर्वाचन तालिकाको टुङ्गो लगाउन कार्यवस्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।सभामुखको निर्वाचनका लागि नेपाली कांग्रेस संसदीय दल र नेकपा एमाले संसदीय दलको बैठक पनि बसि

    • प्रकाशित मितिः पुस २४, २०८०
    • १६३ पटक पढिएको
  • केराबारीको डाँगी बहुद्देशीय सहकारी संस्थाको अध्यक्षमा पुन: चन्द्रबहादुर कार्की चयन

    मोरङ / मोरङको केराबारी गाउँपालिका वडा नम्बर - ७ मा रहेको डाँगी बहुद्देशीय सहकारी संस्थाको ३६ औँ साधारण सभाले चन्द्रबहादुर कार्कीलाई पुनः अध्यक्षमा चयन भएका छन् ।साधारण सभाले कार्कीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कृष्णमाया गुरागाँई(पौडेल) चयन हुँदा सचिवमा साबित्रा तिम्सिना(घिमिरे) , सहसचिवमा डुगेन्द्र न्यौपाने , कोषाध्यक्षमा पुण्डरी सुबेदी चयन भएका हुन् ।यस्तै संस्थाको सदस्यहरुमा दलबहादुर थापा, शंकर सुबेदी, नारायण गिरी, जमुनादेबी कार्की(भण्डारी), कमलशोभा राई र मिनप्रसाद घिमिरे चयन भएका छन् ।यसैगरी लेखा सुपरिबेक्षण समितिको संयोजक अग्निप्रसाद घिमिरे र सदस्य

    • प्रकाशित मितिः पुस २३, २०८०
    • १४७ पटक पढिएको
  • सुन्दरहरैँचा वडा नं. ८ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ ले वर्षौदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई निस्सा वितरण गरेको छ  । आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका छन्  । वडा नं. ८ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका मध्ये ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले बताए ।लालपुर्जाको प्रक्रिया सुरु भएकाल

    • प्रकाशित मितिः पुस २२, २०८०
    • १३१ पटक पढिएको
  • नगर स्तरीय कोपोमिस पुनर्ताजकी तालिम सम्पन्न

    सहकारी सम्वन्धी व्यवस्थापकीय सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले बर्दिवासमा नगर स्तरीय कोपोमिस पुनर्ताजकी तालिम सम्पन्न भएको छ।     बर्दिवास नगरपालिकाको आयोजना तथा ग्रामिण विप्रेषण आयोजनाको प्राविधिक सहयोगमा नगरक्षेत्रमा रहेका सहकारीहरुलाई प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित दुई दिने तालिम सम्पन्न भएको हो । तालिम सहकारीहरुले डाटा कसरी राख्ने ,कसरी पालिकाहरुलाई पठाउने लगायतका सहकारी सम्वन्धी व्यवस्थापकिय पक्षहरुका विषयमा सुमन पौडेलले सहजिकरण गरेका थिए ।बर्दिवास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरण

    • प्रकाशित मितिः पुस २२, २०८०
    • १७३ पटक पढिएको
  • सुन्दरहरैँचाको मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न

    सुन्दरहरैँचा/ माेरङकाे सुन्दरहरैँचा १२ स्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लि. काे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए ।सहकारीकाे साधारण सभामा प्रगति एवम् प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरिएकाे थियाे । साधारणसभामा कार्यसमितिकाे तर्फबाट अध्यक्षकाे प्रतिवेदन कार्यवाहक अध्यक्ष रूपेश श्रेष्ठले  प्रस्तुत गरेका थिए । काेषाध्यक्ष कुमार गुरूङले संस्थाकाे वित्तीय अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिकाे तर्फबाट संयाेजक नरबहादुर राईले प्रस्

    • प्रकाशित मितिः पुस २२, २०८०
    • १२० पटक पढिएको
  • सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी / सिमरवना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।इटहरी रहेर सञ्चालन हुदै आएको सिमरवना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।साधारणसभा इटहरीको सत्संग भवनमा गरिएको थियोे ।जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीकी सचिव गोमा गिरिको प्रमुख आतिथ्यमा संस्थाको खुलासत्र सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गिरिले सहकारीहरुले खराब ऋणलाई घटाउन विशेष पहल गर्नुपर्ने बताएकी थिइन् ।कार्यक्रममा अध्यक्ष प्रकाशचन्द्र बस्नेतले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा समिति संयोजक सालिग्राम काफ्लेले लेखा प्रतिवेदन पेश गरेका थिए ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • ३०३ पटक पढिएको
  • हिन्दु सन्तहरूले हिन्दु धर्म रक्षाका लागि इटहरीमा बृहत् जनसभा

    इटहरी / इटहरीमा हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गरेका छन् ।आइतबार इटहरीमा नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गरेका छन् ।नेपालका अग्रज साधुसन्तहरूका अनुसार उनीहरू अहिलेका राजनीतिक दल र नेताहरूको हिन्दु–सनातनविरोधी व्यवहारबाट क्षुब्ध छन् । अब सनातनविरोधी दल र नेताहरूका विरुद्ध कठोर कदम नचाले देश, धर्म, संस्कृति केही बाँकी रहँदैन ।राष्ट्रिय सन्त महासभामातहतको सनातन हिन्दुराष्ट्र अभियान नेपालद्वारा आयोजित जनजागरण सन्तसभामा बोल्ने सबै वक्ताहरूले आमसभा, धर्ना, सडक प्रदर्शन, बल प्रयोग, सत्याग्रह आदि जे गर्नुपर्छ गर्ने तर

    • प्रकाशित मितिः पुस २२, २०८०
    • ११० पटक पढिएको
  • टेवा बचत तथा सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी / इटहरीमा विगत १३ वर्ष देखि सञ्चालनमा रहेको टेवा बचत तथा  ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न  भएको छ ।शनिबार इटहरी म्याट्रिक्सको हलमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष इश्वरी प्रसाद पराजुलीले समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९÷८० को शेयर पुर्जी १ करोड ६० लाख  २६ हजार ६ सय रहेको छ  भने यस वर्षका संस्थाको कुल ऋण लगानी ३३ करोड ३१ लाख २ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको जम्मा कुल बचत नाफा  १ करोड  ४१ लाख ८ सय ८९  रहेको छ । संस्थाको कुल सम्पती ६ करोड ४

    • प्रकाशित मितिः पुस २१, २०८०
    • १२८ पटक पढिएको
  • मेघा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी / इटहरीको वडा नम्बर ६ मा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार इटहरीको लायन्स क्लबको भवनमा भएको साधारण सभामा संस्थाका अध्यक्ष बलराम भण्डारीले समितिको बार्षिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/ ८० को शेयर पुर्जी १ करोड २१ लाख ९१ हजार ८ सय ३ रहेको छ ।  चालू आर्थिक वर्ष भित्र संस्थाको शयर पुजी १ करोड ४८ लाख ६८ हजार ९ सय पुर्याउने लक्ष्य लिएको छ ।हाल सम्म संस्थामा जम्मा सेयर सदस्य संख्या ९ सय ९५ जना रहेका छन् । आर्थिक वर्ष भित्र शेयर सदस्य संख्या १५ सय पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भण्डारीले बताए ।आर्थिक

    • प्रकाशित मितिः पुस २१, २०८०
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]