विराटनगर / कोशी प्रदेशसको सभामुख लिने राप्रपाले निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनले यसअघि नै सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो । गठबन्धनको निर्णयपछि राप्रपाले सभामुख लिने निर्णय गरेको हो । निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । 

निर्वाचन तालिकाको टुङ्गो लगाउन कार्यवस्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।सभामुखको निर्वाचनका लागि नेपाली कांग्रेस संसदीय दल र नेकपा एमाले संसदीय दलको बैठक पनि बसिरहेको छ । 

नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले बताए ।  एमालेले पनि सभामुख र अन्य विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।