सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा १० स्थित बाघझोडा सिमसारमा नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेशले आफ्नो संस्थाको वार्षिक कार्यक्रम अनुरूप प्रदेश स्तरीय भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ। करिब ६५ जना इन्जिनियर र मूल्यांकनकर्ताहरूको सहभागितामा बाघझोडा पर्यटकीय स्थलमा भेला आयोजना भएको थियो। भेलामा ई. कुमार तिम्सिना, ई. भविन खड्का, ई. सरोज भट्टराई, ई. तुलाराम भण्डारी, ई. विवेक श्रेष्ठ, ई. सचिन बरालले मन्तव्य राखेका थिए।व्यक्ताहरूले देशको अर्थतन्त्रको चलायमानका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, फाइनान्स सहकारीको वर्तमान नीति, कार्यक्रम र स्पष्ट नीतिको
इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइएको छ ।गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका छन् । कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । इटहरी उपमहानगरपालिका र इटहरी २० नम्बर वडा कार्यलय मार्फत गुम्बालाई २ लाख आर्थिक सहयोग गर्ने प्रदिवद्दता रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।कार्यक्रममा गुरुङ समुदायको सांस्
काठमाडौं / गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्व
भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित भएका छन्।निकटतम प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले ६६४ मत प्राप्त गर्दा ३३ मतान्तरले विजयी पौडेलले ६९७ मत प्राप्त गरेका थिए । समितिको उपाध्यक्षमा कुमारी बस्नेत, सचिव पदमा देवनारायण चौधरी, कोषाध्यक्षमा नीरकुमार कार्की र सहसचिवमा नरेशकुमार राई विजयी बनेका छन् ।कुल मतदाता ३ हजार ९ सय ६२ मध्ये २ हजार २ सय १५ मत खसेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मण चौधरीले जानकारी दिए । बदर मत ९८ रहेको थियो ।
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् । मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताए । यस विषयमा प्रधान
इटहरी । प्रहरी प्रदेश अस्पतालको उद्घाटन तथा सञ्चालनको वातावरण बनाइदिन भन्दै सुनसरीका काँग्रेस नेताहरू काठमाडौँ प्रधानमन्त्री देखी पार्टीका शीर्ष नेताहरूको ढोका ढोका धाइरहेका छन् । प्रहरी अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरूको लाखौँ रकम खर्च भइसकेको अवस्थामा पुनः अस्पताल अन्यत्र सार्ने प्रयास भएको भन्दै काँग्रेस नेताहरूले प्रधानमन्त्री सम्मलाई भेटेर अस्पतालको स्थायित्वको माग गरेका हुन । लामो समयको प्रयास पछि प्राप्त भएको अस्पताल गुम्न नदिन र अन्यत्र सार्न नदिन तथा इनरुवामा नै स्थापित गरिदिन भन्दै प्रधानमन्त्री, मन्त्री देखी पार्टीका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराइरहेका छन्
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकाले विद्यालयमा पत्रु खाना विक्री वितरण गर्ने, प्रचार गर्ने र उपभोग गर्नेलाई कारबाही गर्ने भएको छ। एक सूचना जारी गर्दै बिक्री वितरण, सेवन प्रयोग नगर्न आग्रह गरेको हो ।बुुढीगंगा जनस्वास्थ्य बोर्डको २०८० मङ्सिर २५ गते बसेको बैठकले निषेधित क्षेत्रमा पत्रु खाना जंकफुडको बिक्री वितरण प्रचार गरेको पाइएमा कारबाही हुने निर्णय गरेको हो । जंकफुडको विक्री वितरण गर्ने व्यक्ति वा संस्था वा दुबैलाई तोकिए बमोजिमको कारबाही हुने पालिकाले जनाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी न्यौपानेले हस्ताक्षर गरेको सूचनामा जनस्वास्थ्य ऐन २०८० को दफा १७को उपद
सुनसरी । इटहरी उपमहानगरपालिकाले पहिलो अन्तर नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा धरान उपमहानगरलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । उपाधिसँगै इटहरीले नगद १ लाख रुपैयाँ जितेको छ । उपबिजाते धरानले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल नभए पनि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा घरेलु टिम इटहरीको तर्फबाट सन्तोष दाहाल, सुमित चौधरी, हरि कार्की र योगेन्द्र कार्कीले गोल गर्दा कप्तान प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो ।ध
इटहरी । चर्चित गीतकार, मुक्तककार एवम् कवि दिनेश थपलियाको नवीनतम कविता संग्रह म गाउँ फर्किन्छुको लोकार्पण कार्यक्रम इटहरीको दुर्गा पाटी प्यालेसमा सम्पन्न गरेको छ ।अच्छा राई रसिक साहित्य प्रतिष्ठानको आयोनामा कार्यक्रम साहित्यकार कवि दिनेश थपलियाको कृति लोकार्पण सम्पन्न भएको हो । १३८ पेजको रहेको साझा प्रकासनले प्रकासन गरेको कुलसदप जंगबहादुर गुरुङको आवरणकला रहेको म गाउँ फर्किन्छु कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने , विशेष अतिथि इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल एवम् अतिथिहरुबाट सामुहिक रुपमा लोकापर्ण गरिएको थियो । पुस्तक
पथरी शनिश्चरे / मोरङको पथरीशनिश्चरे १० को सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा लिम्बु समुदायको ऐतिहासिक, मौलिक तथा सांस्कृतिक कार्यक्रमहरू भएका छन् । मंगलबार चासोक तङ्नाम तथा उधौली पर्व ( येले तङ्वे ५०८३) को अवसरमा सिरिजंङ्गा स्मृति धार्मिक वन समूह तथा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरेको आयोजनामा ति कार्यक्रमहरू सम्पन्न भएका हुन्।सोहि क्रममा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले हाम्रो देशमा सबै जातजातिको एकताभित्र विविधता , विविधतामा एकता सहित सहिष्णुता रहेकाले यसलाई अक्षुण्ण राख्नु हामी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.