पथरी शनिश्चरे / मोरङको पथरीशनिश्चरे १० को सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा  लिम्बु समुदायको ऐतिहासिक, मौलिक तथा सांस्कृतिक कार्यक्रमहरू भएका छन्  । मंगलबार चासोक तङ्नाम तथा उधौली पर्व ( येले तङ्वे ५०८३) को अवसरमा  सिरिजंङ्गा स्मृति धार्मिक वन समूह तथा किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरेको आयोजनामा ति कार्यक्रमहरू सम्पन्न भएका हुन्।
सोहि क्रममा आयोजित कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले हाम्रो देशमा सबै जातजातिको एकताभित्र विविधता , विविधतामा एकता सहित सहिष्णुता रहेकाले यसलाई अक्षुण्ण राख्नु हामी सबैको मुख्य दायित्व र कर्तव्य रहेको उल्लेख गर्नु भयो । उहाँले आगामी दिनहरुमा पनि यस्तै धार्मिक सहिष्णुता सहितको सामाजिक एकता निरन्तर रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।                 IMG_20231226_162207

 तुम्वापोले  किरात समुदायको आ आफ्ना भाषा, संस्कृति, लिपि, धर्म संस्कार र परम्पराहरू रहेकाले नगरपालिकाले सबैको समान संरक्षण र प्रवद्र्धनका लागि प्राथमिकता दिदैं अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो। 
सिरीजंगा स्मृति धार्मिक वन समूहका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रवक्ता समेत रहेका  वडाध्यक्ष नवीन जंग कार्की, वडाध्यक्ष नैना साम्पाङ राई, वडा अध्यक्ष विजय लिम्बु, वडाध्यक्ष भीम कुमार राई, किरात राई यायोक्खा केन्द्रीय उप महासचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठ, लगायतको उपस्थिति  थियो। किरात याक्थुङ चुम्लुङ नगरअध्यक्ष विक्रम लिम्बुले संचालन गर्नुभएको उक्त कार्यक्रममा लिम्बु समुदायको ऐतिहासिक मौलिक भाले जुधाईं खेल , केलाङ , हाक्पारे, छेलो ,लङ्जम्प, भलिबल,आदि खेलहरूका विजयी  खेलाडी तथा टिमहरुलाई पुरस्कृत गरिएको थियो। सोहि क्रममा ८ वटा लिम्बु समुदायका केलाङ नृत्यहरू प्रस्तुत भएका थिए।
IMG_20231226_165458
                          त्यस्तै, बेलबारीस्थित उदय क्लबले उर्लावारीको सालबारी भलिबल टिमलाई पराजित गर्दै सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि उचालेको छ। प्रतियोगिताका विजेता र  उपविजेता टिमलाई क्रमशः ६० हजार  र ४० हजार नगद रुपैयाँ सहित मेडल , ट्रफी, समेत प्रदान गरिएको थियो। सो प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० टिमले सहभागिता जनाएका थिए। हिजो साँझमा भोईस अफ नेपाल फस्ट रनरअप सविना योङ्गहाङ, गायिका दिपा सुहाङ, स्थानीय गायक नन्दु गुरुङ, पुष्प राई, लगायतले आ-आफ्नो बेजोड  सांगीतिक प्रस्तुतिहरू दिएका थिए।
IMG_20231226_163038