काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट साढे १९ किलो अवैध सुन बरामद भएको छ । फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो । यो सबै सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ । प्रहरी र विमानस्थल भन्सारले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन् ।
इटहरी, ८ पुस । एकम्बा साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाकाे कार्यालयमा इटहरी उपमहानगरपालिका उप प्रमुख संगीता चौधरी को प्रमुख आतिथ्यमा भएको साधारण सभामा सहकारीमा वर्षभरी भएका आयव्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्चसहितका वार्षिक प्रतिवेदन पारित गरिएको छ । सहकारीले गर्दा महिला हरुलाई आफ्नो आयआर्जनका बाटो खुल्नुका साथै महिलाहरूलाई आत्मनिर्भर बनाएकोले सहकारी लाइ अझ मजबुत बनाउदै लानुपर्ने प्रमुख आतिथि चौधरीले बताइन् ।सहकारीको बलियो आधार बचत भएकाले संस्थाको कोषमा बचत रकम बढाउने, नीतिगत कार्ययोजना, कर्मचारी तालिम,
इटहरी / इटहरी उप–महानगरपालिका वडा नम्बर १ को आयोजनामा गृहणी, किसोरी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन वडाका १५० जनालाई तालिम दिइएको हो । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।प्रसिक्षक सुनिता तिवारी हुमागाइले सेनटरी प्याडको महत्व, प्याड बनाउने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।&nb
बिराटनगर। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले “युवासँग-महालक्ष्मी लाईफ” को सफलता पछि “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन गरेका थिए । कार्यक्रममा देशभरीबाट शाखा/उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उदघाटन मन्तव्य दिदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछ
इटहरी । सुनसरीको इटहरीमा रहेको चारपाते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं साधारणसभाले दुर्गा खड्का आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा होनाथ रिजाल र सदस्यहरुमा सञ्जीव कुमार यादव , राजन भट्टराई , शशी राजभण्डारी ,ललित चौधरी ,पवनकुमार साह ,संगिता गिरी र रोनिता श्रेष्ठलाई चयन गरेको हो । त्यसै गरी तुलसी प्रसाद आचार्यको संयोजकत्वमा सुरजकुमार साह र दयाकुमारी भट्ट सदस्य रहने गरी सर्वसम्मत रुपमा लेखा समिति साधारणसभाले चयन गरेको छ ।साधारणसभाको खुल्ला सत्र इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलक
इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो।नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ।
विराटनगर : विराटनगरमा विराट एक्स्पोको उद्घाटन गरिएको छ ।उद्योग संगठन मोरङले विराटनगरस्थित डिग्री क्याम्पस प्राङ्गणमा आयोजना गरेको एक्स्पोको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित हुने बताइन् ।नेपाल र विदेशी राष्ट्रबीच पारस्परिक सम्बन्ध स्थापित हुने भएकाले देशको अर्थतन्त्र स्तरोन्नतिमा टेवा पुग्ने उनले बताइन् ।“समग्र देशको अर्थतन्त्र उकास्नका निम्ति यस्ता किसिमका कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” उनले भनिन्, “विराटनगर औद्योगिक क्षेत्रको ऎतिहासिक ठाउँ ह
इटहरी । शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधरणसभा इटहरीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षता तथा प्रदेश १ का भुमी व्यवस्था सहकारी तथा गरीवी नीवारण मन्त्रालयका सचीव कृष्ण सापकोटाको प्रमुख आतीथ्यमा आयोजित कार्यक्रमका बिच अध्यक्ष दीपक पोखरेलले र्वािषक प्रतीवेदन प्रस्तुत गरेका थिए । कुल १७ सय ६० सेयर सदस्य संख्या रहेको संस्थाको सेयर पुजी ३ करोड ४६ लाख ३१ ह्जार ३ सय रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधरणसभामै अवस
इटहरी : प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि सहिद भएका व्यक्तिका परिवारलाई राहत दिने भएको छ ।प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई सरकारले एक लाख रूपैयाँ दिन लागेको हो ।चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ ।सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।प्रदेश १ का सबै जिल्
चतरा : धार्मिक पर्यटकीय नगरीको रूपमा रहेको वराहक्षेत्रको पर्यटन प्रवर्द्धनलाई योजना बनाएर विकास गरिने भएको छ । वराहक्षेत्र नगरपालिका धार्मिक, ऐतिहासिक एवम् पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित संसारको चारधाम मध्ये एक धामको रूपमा रहेको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धामको पर्यटन प्रवर्द्धनको लागि नगरपालिकाले योजना बनाए काम गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । मङ्गलवार सङ्घीय सरकार अन्तर्गत सहरी विकास र अन्तर्राष्ट्रिय सहयोगी संस्था एसियाली विकास बैकका प्रतिनिधि र नगरपालिकाका प्राविधिक सहित वराहक्षेत्र धाम पुगेका नगर प्रमुख का
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.